म्यागीमा भन्दा वाईवाईमा बढी विष !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म्यागीमा भन्दा वाईवाईमा बढी विष ! काठमाडौँ, ७ असार । नेपालमा सर्वाधिक लोकप्रिय मानिएको वाईवाई चाउचाउ भारतमा प्रतिबन्ध लगाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित म्यागी चाउचाउमाथि प्रतिबन्ध लगाइएको केही दिनमै भारतमा वाईवाई चाउचाउमाथि प्रतिबन्ध लगाइएको हो । नेपाली ब्रान्ड (उत्पादन) मानिने वाईवाई चाउचाउमा म्यागी चाउचाउमा भन्दा पनि धेरै अखाद्य तत्व रहेको पुष्टि भारतको तामिलनाडुस्थित खाद्य प्रयोगशालाले गरेको अनुसन्धानबाट भएको थियो । तामिलनाडुको खाद्य प्रयोगशालाले गरेको अनुसन्धानअनुसार वाईवाई चाउचाउमा म्यागी चाउचाउमा भन्दा ७.४३ गुणा बढी लिड (शिशा) रहेको भेटिएको छ । लिडको मात्रा सबै चाउचाउमा हुने गर्दछ, तर २.५ पीपीएमभन्दा बढी लिड भएको चाउचाउ मानव स्वास्थ्यका लागि विषादीसरह मानिन्छ । म्यागी चाउचाउमा लिडको मात्रा ३.५ पीपीएम रहेको भेटिएको छ भने वाईवाई चाउचाउमा २५.४५ पीपीएम रहेको भेटिएको छ । लिडको मात्रा २.५ प्रतिशतभन्दा बढी भएको खाद्यवस्तु सेवन गर्दा शरीरमा अक्सिडेन्टको मात्रा बढ्न गई क्यान्सरले आक्रमण गर्ने, हड्डी कमजोर हुने, मुटुका भल्भहरू साँघुरिँदै जाने, मस्तिष्कमा रक्त प्रवाह गर्ने नलीहरू सुनिने, मुत्रासयमा मासु पलाउने, फिस्टुला र पायल्सको समस्या बढ्नेलगायतका रोगहरू देखा पर्दछन् । साथै, गर्भवती तथा प्रजनन् उमेरका महिलाहरूमा यस्तो लिडले सबैभन्दा ठूलो समस्या निम्त्याउने चिकित्सकहरूले जनाएका छन् । म्यागी र वाईवाई चाउचाउको प्रयोग बढेसँगै दक्षिणी भारतमा पाठेघर खस्ने, महिनावारी गडबड हुने, गर्भपतन हुने, सुस्तमनस्थितिको बच्चा जन्मने, महिनाबारी भएका बेलामा पेट दुख्ने, योनिबाट सेतो पानी बगिरहने लगायतका समस्या बढी देखिएपछि यसबारे अनुसन्धान सुरु भएको हो । एकाएक यस्ता विरामी बढेपछि हरेक खाद्य सामग्रीको परीक्षण सुरु गरिएको थियो । विशेषगरी जंक फुडहरूले यस्तो समस्या निम्त्याउने चिकित्सकहरूले बताउँदै आएका थिए, तर सर्वाधिक प्रयोग गरिने म्यागी चाउचाउको परीक्षण भने धेरै पछि गरियो । म्यागी चाउचाउमा अखाद्य तत्वको मात्रा भेटिएपछि तत्काल प्रतिबन्ध लगाएर वाईवाई चाउचाउको पनि परीक्षण गर्दा झन् कहालीलाग्दो परिणाम देखियो । वरिष्ठ खाद्य प्रमोद कोइरालाका अनुसार चाउचाउमा पाइने लिडले सबैभन्दा छिटो असर पु¥याउने भनेको स्नायु प्रणालीलाई हो । हेर्दा आकर्षक र स्वादिलो बनाउन चाउचाउमा २० प्रकारका रसायनहरू प्रयोग गरिन्छ, ती सबै रसायनहरू अखाद्य हुन् । म्यागी चाउचाउमा समेत प्रयोग नगरिएको अखाद्य रसायन मोनोसोडियम ग्लुकोमेट वाईवाई चाउचाउमा समावेश गरिएको भेटिएको छ । मोनोसोडियम ग्लुकोमेट रसायनले टाउको दुख्ने, आँखा कमजोर हुने, श्रवण शक्ति नै गुम्ने, जिब्रोले स्वाद पाउन छाड्नेलगायतका समस्या उत्पन्न हुन्छ । यसैगरी, आकर्षक देखाउन सिन्थेटिक ९एक प्रकारको प्लास्टिक० समेत वाईवाई चाउचाउमा प्रयोग गर्ने गरिएको फेला परेको छ । जसले बच्चाहरूलाई बढी असर पु¥याउने विज्ञहरूले जनाएका छन् । जसका कारण बच्चालाई एलर्जी हुने, त्यही चाउचाउबाहेक अरु खानेकुरा नरुच्ने, स्मरण शक्ति कमजोर हुने, पढाइमा ध्यान नजाने, छिटो रिसाउने, एकलै बस्ने, एकोहोरो हुनेलगायतका समस्या देखा पर्दछन् । यसैगरी, वाईवाई र म्यागीमा बीएचए र बीएचटी जस्ता डरलाग्दा रसायनसमेत भेटिएको छ । यी चाउचाउमा प्रयोग हुने तेलमा यस्ता डरलाग्दा रसायनहरू फेला परेका हुन् । यी रसायनहरूलाई क्यान्सरको स्रोत नै मानिन्छ । यसैगरी, म्यागी र वाईवाईमा स्वाद बढाउनका लागि अजिनोमोटो नामक रसायन पनि अत्यधिक मात्रमा प्रयोग गरिएको पाइएको छ । नुन नमिसिँदासम्म अजिनोमेटो रसायन खासै हानिकारक मानिँदैन, तर यो रसायनमा नुन मिसिनासाथ तेजाब जस्तै अर्को रसायन बन्छ । जसले आन्द्रा र पेटमा प्वाल पार्छ । अपच हुने, कब्जियत बढ्ने, स्वास फेर्ने गाह्रो हुँदै जाँदा दमको रोग उत्पन्न हुनेलगायतका समस्या उत्पन्न हुन्छन् । खानेकुराका नाममा विषादी बिक्री वितरण भएर देशभरका अस्पताल भरिएपछि भारतले म्यागी र वाईवाई चाउचाउलाई प्रतिबन्ध मात्रै लगाइएको छैन, बजारमा खोजीखोजी नष्ट गर्न थालिएको छ । तर नेपालमा भने म्यागी चाउचाउलाई प्रतिबन्ध लगाइए पनि वाईवाई चाउचाउलाई प्रतिबन्ध लगाइएको छैन । म्यागी चाउचाउ विश्वका एक सय ३० देशमा बिक्री हुने गरेको छ । ती सबै देशमा यसको उत्पादक नेस्ले कम्पनीले महँगो अस्पतालसमेत खोलेर ठूलै व्यापार गर्दै आएको छ । तर वाईवाई चाउचाउ उत्पादन गरेर विष बेच्ने गरेका विनोद चौधरीले काठमाडौंमा नर्भिक अस्पतालबाहेक अन्य देशमा अस्पताल खोलेर स्वास्थ्यको व्यापार गरेको पुष्टि हुनसकेको छैन ।   -तरुण खबर डटकमबाट प्रकाशित मिति: सोमवार, असार ७, २०७२ समय: १४:३२:४७ - See more at: http://www.nepalese.org/articl...

cybernepali · Jun 22, 2015 7:56 PM · 12,047 views

4 Replies

यो मुजी wai wai लै कसले करबाहि गर्न सक्छ र, बिनोद को हात मा सबै चोर नेता हरु छ

Nepali_FBI · Jun 22, 2015 8:19 PM

करबाहि गर्न Nepal janu paryo Amurica basera kaha करबाहि hunchha

itroll · Jun 22, 2015 8:32 PM

wai wai pani uhi ho, maggi pani uhi ho. Sabai autai dyang ka mula hun.

JanneManche · Jun 22, 2015 11:28 PM

विशेषगरी जंक फुडहरूले यस्तो समस्या निम्त्याउने चिकित्सकहरूले बताउँदै आएका थिए !   यसको पुस्टि पशुपति छेत्र र स्वयम्भु नाथका बादर हरुलाई हेरेर भन्न सक्नु हुन्छ  | आजकल बच्चा हरुले जंक फुड धेरै खाने र बोके हिड्ने भएकाले यी बादर हरुले पनि यिनै जंक फुड खोसेर खाने हुनाले उनि हरुले खास पौस्तिक तत्वको अभाबले र जंक फुडमा भएका रसायनले एस्तो भएको हो ?    यदि नेपालले म्यागी चाउ चाउ बन्द नगरेको भए : भारतले खोजि कार्य गर्ने थिएन र कति लिड मिस्रित थियो थाहा हुने थिएन , नेपालले कहिलै सोध कार्य गर्ने थिएन , हामि लिड खाएका खाऐ हुन्थयौ , नेपालका सोध कार्य गर्ने हरु वाई वाईबाट हप्ता लिने मा पर्छन तेसैले कति लिड को मात्रा थियो हार्मिलाई थाहा हुँदैन थियो | वाई वाई को बजार भारतमा निकै ठुलो छ र भारतीय बजार गुमाउन चाहदैन यही कारणले मात्र सुधार हुन सक्ने आशा गरौ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!??????????? ती सबै देशमा यसको उत्पादक नेस्ले कम्पनीले महँगो अस्पतालसमेत खोलेर ठूलै व्यापार गर्दै आएको छ । तर वाईवाई चाउचाउ उत्पादन गरेर विष बेच्ने गरेका विनोद चौधरीले काठमाडौंमा नर्भिक अस्पतालबाहेक अन्य देशमा अस्पताल खोलेर स्वास्थ्यको व्यापार गरेको पुष्टि हुनसकेको छैन ।  बोक्सी पनि आँफै धामी पनि आँफै : एकातिर बाट बिरामी बनायो अर्को तिर बाट उपचार गरी दुबै हातमा लड्डु भनौ वा चित पनि मेरै पट पनि मेरै |  Last edited: 23-Jun-15 10:34 AM

magorkhe1 · Jun 23, 2015 10:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all