गलत भूकम्प शिक्षाले' डेढ सय बालबालिका चेपिए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गलत भूकम्प शिक्षाले' डेढ सय बालबालिका चेपिए 19 Jun 2015 | 06:39am शुक्रबार ४ असार, २०७२ निराजन पौडेल 1 2 3 4 5 (0 votes) भूकम्पले क्षतिग्रस्त रसुवा, डाडागाउँस्थित पञ्चलिंगे प्राविको भग्नावशेष पन्छाउँदै विद्यार्थी र अभिभावक। तस्बिरः निराजन पौडेल रसुवा-भूकम्प आउँदा के गर्ने?  ‘ड्रप, कभर एन्ड होल्ड!' अर्थात् शरीर गुँडुल्की बनाएर टाउको लुकाउने, खाटमुनि लुक्ने वा झ्याल–ढोकामा बस्ने। हत्तपत्त कतै नभाग्ने!'  नेपाल रेडक्रस सोसाइटीले नुवाकोट र रसुवाका स्कुल–स्कुलमा सञ्चालन गरेको भूकम्पबाट बच्ने उपायसम्बन्धी तालिममा प्रशिक्षक रहेका लहरेपौवा–६ का जनक लामिछानेले यसै भनेर सिकाएँथे। वैशाख १२ गते पनि भुईं हल्लन थाल्नासाथ घरबाहिरै रहेका उनी चिच्याए, ‘ए... भूकम्प आयो, भित्र छिर।' यति भन्दै उनी आफू पनि घरभित्र गए र खाटमुनि छिरे। विडम्बना! भूकम्पले घर भत्किँदा खाटमुनि नै थिचिएर उनको मृत्यु भयो। प्रशिक्षक लामिछाने मात्र होइन, दुई जिल्लामा भूकम्पसम्बन्धी तालिम लिएका १ सय ४१ बालबालिकाको भूकम्प आउँदा घरभित्रै रहेकाले चेपिएर निधन भएको प्रारिम्भक तथ्यांक आएको छ। उनीहरु सबैले हालै मात्र यस्तो तालिम लिएको स्थानीय शिक्षक बताउँछन्।  ‘घरबाहिर आँगनमा बसिरहेको मान्छे भूकम्प आएपछि सबैलाई भित्र आउन भन्दै भित्र पस्यो,' लामिछानेका एक छिमेकीले नागरिकसँग भनिन्, ‘सबैलाई घरभित्र छिर्नुहोस्, खाटमुनि लुक्नुपर्छ भन्यो, आफैं घरले थिचिएर गयो।' रसुवा, लहरेपौवा–२ का सुदीप न्यौपाने पनि वैशाख १२ को भूकम्प आउँदा बाहिर काम गर्दै थिए। अचानक भूकम्प आयो। कक्षा ९ मा अध्ययनरत उनले तालिमको पाठ सम्भि्कए र घरभित्र राखिएको खाटमुनि छिरे। घरले थिचेर उनको पनि ज्यान गयो। खुला ठाउँमा जानुसाटो घरभित्र छिर्दा न्यौपानेको ज्यान गएको भलायोडाँडा माविका शिक्षक उमानाथ आचाय बताउँछन्।  ‘भूकम्पबाट बच्न सुरक्षित स्थान पहिचान गरेर खुला ठाउँमा बस्नुपर्ने देखियो,' उनले भने, ‘उल्टो सन्देशले धेरै विद्यार्थीको ज्यान गयो।' रेडक्रसले विद्यालयमा प्रशिक्षक बनाएका लामिछानेको पनि गलत सिकाइकै कारण ज्यान गुमाउनुपरेको आचार्य बताउँछन्।  उनका अनुसार रेडक्रसले लामिछानेलाई विपद पूर्वतयारी, भूकम्पपछि कसरी बच्नेलगायत विषयको प्रशिक्षक बनाएको थियो। ‘भूकम्प आउँदा ड्रप, कभर एन्ड होल्ड (घँुडा दोबारेर टाउको लुकाउने र गुडुल्की परेर बस्ने), भूकम्प आउँदा खाटमुनि लुक्ने, घरको ढोका र झ्यालमा बस्नुपर्छ भनेर सिकाउँथ्यो,' शिक्षक आचार्यले लामिछानेलाई सम्भि्कए, ‘तर उसले सिकाएको पाठ गाउँले र उनी आफ्नैलागि अभिसाप बन्यो।'  रसुवा र नुवाकोटका सबै बालबालिकाले रेडक्रस सोसाइटीले विद्यालयमा आएर सिकाएको यही पाठ घरमा आफ्ना अभिभावकलाई समेत सिकाएका थिए। भूकम्पमा भने यही पाठ गलत सन्देश साबित भयो। यही शिक्षा अपनाउँदा रसुवामा ४४ जना स्कुले बालबालिका र नुवाकोटमा ९७ जना बालबालिकाले ज्यान गुमाउनुपरेको शिक्षक बताउँछन्। नवविजयी महेन्द्र माविमा कक्षा ५ मा अध्ययनरत लहरेपौवा–४ की अरुणा विक भाइसँगै घरभित्र टिभी हेर्दै थिइन्। भूकम्प आएपछि उही सिकाइ लागू गर्न खोज्दा घरले थिचिएर उनको मृत्यु भयो। भूकम्प आएपछि दिदीले भाइलाई घरको खाटमुनि लुकाउन खोजिन् तर भाइ सुसन घरबाट हामफालेकाले बचेको लहरेपौवा–४ का छिमेकी सानुमाया विकले बताइन्। नुवाकोट, तुप्चेका उद्धव शर्मा रिजाल वैशाख १२ को भूकम्प आउनुअघि रसुवाका विद्यालयमा विपद पूर्वतयारी भूकम्पबाट जोगिने उपायबारे शिक्षा दिँदै थिए। भूकम्पअघि पनि प्रशिक्षण दिनमै व्यस्त थिए रिजाल। उनले घरमा छोराछोरीलाई पनि भूकम्पबाट बच्न उही शिक्षा दिएका थिए। वैशाख १२ को भूकम्प जाँदा उनकी छोरी उत्सना रिजाल छिमेकीको घरमा टिभी हेर्न गएकी थिइन्।  भूकम्पन सुरु भएपछि उनका तीन जना साथी भाग्न थाले। उत्सना पनि ढोकासम्म पुगेकी थिइन् तर उनी फर्किएर खाटमुनि छिरिन्। एक मिनेटमै घर गर्ल्यामगुर्लुम ढल्यो र उनलाई घरले थिच्यो। रेडक्रसमा कार्यरत उनका बुबा उद्धव शर्मा रिजालले आफ्ना छोराछोरीलाई जस्तै अरू बालबालिकालाई पनि त्यस्तै सचेतना शिक्षा दिँदै आएका छन्। ‘सायद त्यस्तो खालको सचेतना नदिएको भए छोरी बाँच्थिन् कि भन्ने लाग्छ,' रिजालले भने, ‘तर यो पीडाको घडीमा आफूलाई सम्हालेर बसेको छु।' अब यो खालको सचेतना शिक्षाका विषयमा गम्भीर हुनुपर्ने बेला आएको छ। यो भूकम्पबाट सिकेर गाउँका कच्ची घरमा बस्नेले भूकम्प आउँदा कसरी बच्ने भन्ने सचेतना शिक्षामा परिमार्जन गरिनुपर्ने उनले बताए। भूकम्पपछि सहरी क्षेत्रमा बन्ने पक्की घरमा लागू गरिने उक्त सचेतना शिक्षा ग्रामीण भेगमा बनेका ढुंगामाटाका कच्ची घरमा बस्ने ठाउँमा लागू गरिँदा अनाहकमा धेरै बालबालिकाले ज्यान गुमाउनु पर्‍यो। टाउकामा चोटपटक नलागोस् भनेर सिकाइने ‘ड्रप, कभर एन्ड होल्ड, खाटमुनि लुक्ने, ढोका र झ्यालमा बस्ने सिकाइ विकसित तथा पक्की घरमा प्रयोग हुने गरेको छ। तर नेपालको ग्रामीण भेगमा बनेका ढुंगामाटाको घरमा सोही बमोजिमको शिक्षा लागु गरिँदा अधिकांश बालबालिकाले अनाहकमा ज्यान गुमाउनुपरेको डाँडागाउँ स्रोतकेन्द्रका स्रोतव्यक्ति घनप्रसाद भट्टले बताए। जिल्लाभर भूकम्पबाट १ सय ५३ जना बालबालिकाको ज्यान गएकोमा ४४ जनाको ज्यान गलत सन्देशकै कारण गएको प्रारम्भिक आँकडा लिइएको भट्टले बताए। एक महिनाअघि रसुवाको कालिकास्थानमा कालिका हिमालय उच्च माविमा भएको मनोपरामर्श कार्यक्रम आएको शिक्षकसँग लिइएको प्रारम्भिक रिपोर्टअनुसार यस्तो तथ्यांक आएको हो। - See more at: http://www.nagariknews.com/fea...

_____ · Jun 19, 2015 6:07 AM · 2,098 views

1 Reply

अल्प ज्ञान / विध्या भयंकरि भनेको यही हो | जहा भाग्ने बिकल्प छैन तेस्तो ठाउमा पो मेच , खाट मुनि लुक्ने | त्यो पादरीले चाहि इसुले बचाउछन भनि ढोका थुनेर मारेको थियो : जो झ्याल बाट भागे बाचे |

magorkhe1 · Jun 19, 2015 11:41 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all