दिन प्रतिदिन अमेरिकामा नेपाली आप्रवासीको आगमन बढ्दो छ। अहिले अमेरिकामा कति नेपाली होलान्? सही उत्तर पाउन गाह्रै छ। तर, अनुमानविदहरू भन्छन् अमेरिकामा नेपालीहरूको सङ्ख्या ३ लाख पुगिसक्यो। बिभिन्न उमेर समूहका यी नेपालीहरू नै अमेरिकन नेपाली समूदायका परिचय हुन्। जसलाई म तीन अनुहार- पुराना, युवा र नयाँ अनुहारको रूपमा यसरी ब्याख्या गर्छु। पुराना अनुहार- जो आफ्नो उमेरको धेरै जसो समय नेपालमा बिताएर अमेरिका आए। पेशागत रूपले उनीहरू सरकारी कामदेखि विभिन्न सङ्घ संस्थामा आबद्ध भए। थोर बहुत नेपाली राजनीति, कलाकारिता र पत्रकारिताको आलाप पनि गाए, र विभिन्न समयमा अमेरिका आउने अवसर पाए र यतै घरजम गरेर बसे। यता आएर जे भेटिन्छ त्यही काम गर्न थाले। नेपालमा बन्दै गरेको परिचय, आत्म सन्तुष्टीका सामाजिक प्रतिष्ठालाई झ्याप्पै छोडेर आउँदा उनीहरूलाई ‘सेल्फ आइडेन्टीटी’ को समस्या पर्यो। त्यै आइडेन्टीटीलाई बचाई राख्न सामाजिक संस्थाका नाममा विभिन्न सङ्घ संस्था खोल्न लागे, त्यसैको मार्फतबाट आत्म खुसीको लागि विभिन्न पद र आफैले लिने दिने सम्मानको सृजना गर्न लागे। अहिले जति पनि देखिएको सयौं सङ्घ संस्था र त्यसमा हुने झैँ झगडा छ, त्यही आत्मरतिको कारणले सृजित भएको देखिन्छ। उनीहरू दिनभरि ट्याक्सी चलाएर आए पनि वा तरकारी पसल वा रेस्टुरेन्ट वा कुनै ग्रोसरी पसलमा काम गरेर आए पनि नेपालीहरूको भीड भाडमा आफ्नो परिचय कुनै सङ्घ संस्थाको अध्यक्ष वा सो सरहको रूपमा दिन मन पराउँछन्। उनीहरू मध्ये धेरै अमेरिकन नागरिक भएर पनि सार्वजनिक कार्यक्रममा बज्ने अमेरिकन राष्ट्रिय गीत बज्दा गर्वले छातीमा हात राख्न हिच्किचाउँछन्। दोस्रो युवा अनुहार हुन्- जो अध्ययनको क्रममा अमेरिका आएर, अध्ययन सकेर विभिन्न पेसामा संलग्न छन्। उनीहरूलाई अमेरिकाको प्राय जस्तो अस्पतालमा वा क्यालिफोर्नियादेखि न्यूयोर्कसम्मका कर्पोरेट कम्पनीहरू, वाल स्ट्रीटदेखि विश्व बैङ्क , हलिउडदेखि ब्रोडवे, फेशनदेखि कला, वाशिंटन पोस्टदेखि न्यु योर्क टाइम्ससम्ममा सङ्घर्ष गरिरहेको भेट्न सकिन्छ। उनीहरू नेपाली समुदायमा दैनिकजसो देखिने भीडमा भेट्न सकिन्न न त कुनै सङ्घ संस्थाको चुनावी दौडमा। सहभागी छन् यतैको राजनीति, विकास र निर्माणमा। उनीहरू जुलाई फोर्थको इन्डीपेन्डेन्स डे होस् वा अन्य कुनै होलिडे गर्वका साथ छातीका हात राखेर, अमेरिकन नेपालीको रूपमा मनाउछन् । र समय निकालेर नेपालको पुनर्निमाणमा नेपालकै कुनै सङ्घ संस्था मार्फत जुटीरहेको पनि भेट्न सकिन्छ। तेस्रो, अनुहार हुन् नयाँ पुस्ताका अनुहार- जो सानैमा अमेरिका आएका वा यतै जन्मदै हुर्कदै गरेकाहरू। उनीहरू नेपालीभन्दा पनि अमेरिकन नेपालीको रूपमा हुर्कदै बढ्दै छन्। उनीहरूको साथीसंगी पनि मिश्रित छन्। उनीहरू दुई वा दुई भन्दा बढी भाषा बोल्छन्। नेपालको कला संस्कृतिलाई उनीहरू आफ्नो स्कुल वा कलेजमा गहनाको रूपमा प्रस्तुत गर्छन्। अमेरिकन राष्ट्रिय गीत पनि उनीहरुलाई कण्ठस्त छ। स्कुलमा होस् वा कुनै सार्वजनिक कार्यक्रममा उनीहरु गर्वका साथ राष्ट्रिय गीत गुण गुनाउँछ्न् पनि। र उनीहरुनै हुन् अमेरिकाको भविष्य पनि। सम्भबत: भोलि व्हाइट हाउसमा पुग्ने, वा एप्पल वा माइक्रोसफ्टको सीइओ बन्ने। अन्त्यमा,यी तिनै अनुहार अमेरिकी नेपाली समुदायका परिचय हुन् तर सङ्ख्याको हिसाबमा पुराना अनुहारका नेपालीहरू धेरै भएकोले होला समुदायका धेरै जसो गतिविधि उनीहरूकै स्वभावबाट प्रभावित भएको पनि देखिन्छ। तर, दुःखलाग्दो कुरा अहिले तिनै अनुहारबीच पुस्तान्तरणको एउटा खाडल जम्मा हुँदै छ। पुराना र युवा पुस्ताको बिचमा आर्थिक खाडल गहिरो हुँदै गएको छ। नयाँ र पुराना अनुहारमा विचार, भाषा, धर्म र संस्कृतिको खाडल। अब उनीहरूले युवा अनुहार र नयाँ अनुहारहरुबाट सिक्दै आफूलाई नेपाली-अमेरिकन समुदायको राम्रो उदाहरणको रूपमा प्रस्तुत गर्न सके अलि कति भए पनि पुस्तान्तरणको यो खाली ठाउँ भरिन्थ्यो कि! प्रकाशित मिति: बुधबार, आषाढ २, २०७२ २२:५९:२२ http://global.setopati.com/ame... Last edited: 18-Jun-15 06:23 AM
cybernepali · Jun 18, 2015 6:22 AM · 25,865 views
लेखि टोपल्नु हुने महानुभाब र टसुवा महानुभाबलाई धन्यबाद | सर्ब प्रथम त हामि नेपालि कति प्रकारका छौ त्यो पनि नेपाल कै सन्दर्भ बाट सुरु गर्नु भएको भए जान्ने मौका पाइन्थ्यो अनि तेस्पछि तपाइले बर्णन गर्नु भएका नेपालमा भएका र अमेरिकामा भएका बीच के के समानता र असमानता छुट्याउन सजिलो पर्थ्यो भने तपाइले टासेको लेख को वजन पनि थाहा हुन्थ्यो !कही तपाईंको सोच नेपाल छोडेर जुन देशमा गए तेही देशको माटोमा भिज्छन र बानी ब्यहोरा पनि परिवर्तन आउछ भन्ने सोचाइ राखु भएको भए तपाईं गलत सोच्मा हुनु हुदो रहेछ | एही साझामा बिदेस्मा पढे लेखेका हरु ले देश हाक्नु पर्यो भन्नु पर्यो : के बिदेशी विश्व बिद्यालयबाट डाक्टरको उपाधी लिएर नेपाल फर्क्ने हरुको दिमाग फेरिएर जादैन उतै बाट लिएर आएको मान्सिकता मा परिवर्तन आउनु पर्छ अनी तपाईंको सोचमा कही गधा बिदेशको बसाइ भए पछी अनी बिदेशको शिक्षा पाएका हरु घोडामा परिवर्तन हुन्छन ? त्यो पनि हुन सक्ला तर भनाइ छ " गिदड्की खाल बदली जा सकती है लेकिन आदते कभी नही " अहिलेका अर्थ मन्त्री महत अनी अर्का मन्त्री रिजाल ले बिदेसै बाट पाएका हुन डाक्टर को उपाधी | महतजी १०% बिना काम गर्नु हुन्न , रिजालजी का कान्ड तपाईंलाई के सुनाउ , सुर्यलाई बत्ती देखाए झै हुन्छ | गंद्रुककै स्वाद नपाएकालाई अमेरिकन गुन्द्रुक को बर्णन छेउ न टुप्पाको कुरा भए | Last edited: 18-Jun-15 09:53 AM
magorkhe1 · Jun 18, 2015 9:41 AM
This is what happening right now, I liked your article
thukka · Jun 18, 2015 10:21 AM
ekdamai maan paryo yo article. I fall in second category, and proudly represent. I know the struggle I have been through, and going right now. There was a reason I never get along with DV holders, and here it is
esmen · Jun 18, 2015 11:43 AM
very true.. good article. Last edited: 18-Jun-15 03:39 PM
gone12 · Jun 18, 2015 3:39 PM
Probably one of the best articles I have read on Sajha in all these years, even though it's courtesy of Setopati :)
StatusPidit · Jun 18, 2015 3:57 PM
Only three groups? By now we are Baaise and Chaubise already. Check the folks out again!
magdadela · Jun 19, 2015 12:54 PM
एकदम सटिक हो
funtush · Jun 20, 2015 8:28 AM
सेतो पाटि: मैले अहिले सम्म डिवी परेर अमेरिका छिर्ने हरुलाई नत F1 मा आउने ले नत ति आफ्नो आईडेण्टिटि बचाउन खोज्नेले हासको बथान मा काग झैँ गरेको कुरा सर्ब विदित छ | खाते उपनाम देखि हामीसंग अंग्रेजी झाट्न खोज्ने अनि ग्रीन कार्ड छ भनि सोध्ने पर्मपराले कम्परो तताइदिने हरु कुन बर्ग मा राख्नु भयो ? कि तपाइँ पनि यिनीहरु संग तेस्तै इर्स्या लिनु भएर उनीहरु तपाईले विभाजन गर्नु भएको नेपाली मा नपरेका हुन् ?
magorkhe1 · Jun 22, 2015 11:07 AM
very informative. thanks
wizit · Jul 27, 2015 11:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion