bichar , nepalkhabar , prawas सागर घिमिरे सम्झना सायदै नहाेला अाज भन्दा २ बर्ष अघि अमेरीकाकाे भर्जिनियामा रहेकाे एक नेपालीद्धारा संचालित रेस्टुरेन्टमा कुनै कार्यक्रमकाे सिलिलामा खनालसंग भेट्ने अबसर पाएकाे थिए । उनको अभिनयसंगै केहि समयकाे बसाइमा बाेलीबाट पनी निकै प्रभाबित भएकाे थिए । खुशी पनि लागेकाे थियो, कुनै बेलाकाे चर्चित कलाकारलाइ यसरी भेट्न पाउदा । आफ्नो देशको चर्चित कलाकारलाई बिदेशी भुमिमा भेट्न पाउदा मन खुशी नहोस पनि कसरी ? केहि दिनदेखि सरोज खनालका अिभब्यक्तिले भने म र म जस्तै अमेरिकामा अाफ्नाे भबिश्य सुनिश्चितकाकाे लागि अवसरको खोजि गरिरहेकाहरुलाई भने सकारात्मक र नकारात्मक दुवै तरङ्ग पैदा गरिदिएको छ । म यो लेखमा खनालको पुरै बिरोध गर्न गैरहेको छैन | तर उनको पूर्ण समर्थन गर्न पनि सकिरहेको छैन | यतिबेला १७ बर्षकाे बसाइ पछि अमेरीका छाेडेर नेपाल जाने घाेषणा गरेपछी उनले मिडियामा एकाएक पाएकाे चर्चाले म अलमलमा परेकाे छु । मेराे ६ बर्षे अमेरिका बसाइमा मैले बुझे अनुसार सराेज खनाल नेपालका चर्चित कलाकार भएपनी अमेरीकामा भने अाफ्नाे काम, ब्यापार, ब्यबसायमै ब्यस्त थिए । नेपालीहरुकाे कार्यक्रममा अक्कल झुक्कल देखिने खनाल सामाजिक क्षेत्रमा त्यति सकृय भएकाे भने मैले देखेकाे थिएन । त्यसैले अाफ्नाे र परिवारकै भबिश्यकाे लागि १७ बर्ष सम्म अमेरीका भाैतारीनुभयाे भन्दा खासै फरक नपर्ला र तपाइकै भनाइमा सफल पनी हुनुभयाे । अमेरीकामा अाफ्ना २ छाेरालाइ अार्मिमा फर्ती गराउनु, दुइवटै छाेरालाइ छुट्टाछ्ट्टै घर, गाडी, काठमाडाैंमा बालुवाटारमा अाफ्नाे लागी घर, भाइहरुकाे लागी ब्यबसाय, त्याे भन्दा ठुलाे अमेरीकाकाे सफलता यतिबेला मेराे नजरमा सायदै नहाेला । पैसा कमाउन र परिवारकाे भविश्यकाे लागी लागेकाे मान्छेकाे याे भन्दा ठुलाे सफलता तपाइले के खाेज्नुभएकाे हाे मैले बुझ्न सकिन । तपाइका केहि चर्चित चलिचत्र मैले पनी हेरेकाे छु, चलचित्रकाे अभिनयबाट निकै प्रभाबित पनी छु तर याे तपाइकाे रिएल जिन्दगीकाे अभिनयले भने मर्माहित तुल्याएकाे छ । सराेजजी के साच्चै तपाइकाे १७ बर्षे अमेरिका बसाइमा केहि उपलब्धी भएन?, पहिले त्यहि नेपालमा अब बस्न सक्दिन मलाइ ग्रिन कार्ड दे भनि अमेरिकासंग अपिल गरेर ग्रिनकार्ड बनाउनु भयाे, अमेरिककाे नागरीकता लिनु भयाे, अाज अाएर यहि १७ वर्षकाे कर्मथलाेलाइ गालि गलाेज गर्दै हुनुहुन्छ, सस्ताे लाेकप्रियताकाे लागी गाेजिमा अमेरिकाकाे नागरिकता राखेर यहि देशकाे खेदाे खेद्दै हुनुहुन्छ । तपाइकाे कलाकारिताकाे जती बेला नेपालमा खाचाेँ थियाे त्यतिबेला कलाकारीता अाफ्नाे रगतमा भेट्नुभएन अमेरीका ताक्नुभयाे अाज जब बुढेसकाल लाग्याे अब अमेरीकामा पैसा कमाएर पुग्याे जस्ताे लाग्याे तब एक दिन खुसि हुन सकिन भन्दै नेपाल फर्कदै हुनुहुन्छ । अाज अाएर एक्कासि रगत रगतमा कलाकारीता भेट्नुभयाे, र भन्दै हुनुहुन्छ अमेरिका बस्ने ठाउनै हाेइन, ६ हजार २ सय ५ दिनसम्म अमेरिका बस्दा यो भूमिमा म एकदिन पनि खुसी भएर बिहान घरबाट निस्कन र बेलुका घर फर्कन सकिनँ। एक दिन खुसि हुनुहुन्नथ्याे भने के का लागी ६ हजार २ सय ५ दिनसम्म बस्नुभयाे । तपाइले भने जस्ताे त्यति नै मातृभुमिकाे माया नै हुन्थ्याे त अाफ्ना छाेराहरुलाइ अमेरिकी सेनामा भर्ति नै गराउनुहुदैनथ्याे तपाइकाे परिवारलाइ १७/१७ बर्षसम्म पालेकाे भुमि यहि हाे पुर्ख्याैली भुमिबाट रिन र अन्याैलग्रस्त भविश्य बाेकेर अाएकाे तपाइलाइ घर र गाडी छाेराहरुकाे नाममा सारेर स्वदेश फर्कने अवसर पनी यहि भुमिले दिएकाे हाे । तपाइका समकक्षी चर्चित कलाकारहरु अाजसम्म पनि अाफ्नै भविश्यकाे चिन्तामा छन् तर तपाइले त अाफ्ना छाेराहरुकाे भविश्य समेत सुनिश्चत गरिसक्नुभएकाे छ । मेराे चित्त दुखाइ तपाइ नेपाल जान लागेकाे भनेर अबश्य हाेइन, थुप्रै नेपालीहरु नेपालप्रति चिन्तित हुन्छाै म पनी छु, ढिलाे चाडाे हामि पनी नेपाल जाने कै लहरमा छाै, तर मेराे असहमती याे याे देशलाइ कामै छैन भनेर हिड्ने तपाइकाे भनाइ प्रति हाे । मेराे असहमती अरु काेहि फर्केकै छैनन्, म मात्र फर्कै भन्ने प्रस्तुती प्रती हाे । धेरै कलाकार नेता साहित्यकार र अरु सर्बसाधारण फर्किसकेका छन् र कति फर्कने क्रममा छन् । तपाइकाे राष्ट्रवादलाइ गाेहिकाे अासुसंग तुलना गर्दा हुन्छ । तपाइकाे अमेरिकाप्रतीकाे माेह भङ्ग र नेपाल प्रतिकाे प्रेम बुभिनसक्नु छ । १७ बर्षसम्म कुनै बिषेश पढाइ वा तालिम लिएर फर्कनुभएकाे भए भन्नहुन्थ्याे "स्याबास खनालजी राम्राे निर्णय गर्नुभयाे" भनेर, तर बुढ्याैली बिसाउन जादै हुनुहुन्छ १७ बर्षे कर्मभुमिलाइ गाली गरेर । केहि वर्ष पछी नेपाललाइ गाली गरेर फेरी अमेरीका नफर्कनुहाेला शुभकामना छ । सागर घिमिरे हाल बाल्टिमाेर मेरिल्यान्ड बाट facebook twitter google+ fb share
cybernepali · Jun 16, 2015 9:07 PM · 1,946 views
सागर भाइ यो लेख पढे भने अबस्य पनि मुखमा बुजो लगाएर बस्लान | नत्र नेपालमा खोकी बस्ने होलान | तर मानिसको जात न हो : झ्याली पिटी पिटी अमेरिका गए अब फर्कने बेलामा पनि उही ताल |
magorkhe1 · Jun 17, 2015 4:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion