जस्ता बेच्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंक सञ्चालकमा निर्वाचित

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जस्ता बेच्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंक सञ्चालकमा निर्वाचित २०७२ असार १ गते १५:३६ मा प्रकाशित १ असार काठमाडौं । इन्भेष्टमेन्ट बैंकले भूकम्पले क्षतिग्रत नुवाकोटका विद्यालयका लागि दिएको जस्ता बिक्री गर्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंकको सञ्चालकमा निर्वाचित भएका छन । अर्थमन्त्री डा. रामशरण महतका भतिजा तथा स्वकिय सचिवसमेत रहेका महतले जस्ता बेच्न खोजेको आरोप लागेपछि स्वकिय सचिवबाट राजिनामा दिएका थिए । उनले आफूमाथि लाागेको आरोप अस्वीकार गर्दै छानविन गर्न माग गर्दै आएका छन । तर, तीनै महत कृषि विकास बैंकको सञ्चालकमा सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका छन । केहीदिन अघि राजधानीमा भएको बैंकको आठौं वाषिर्क साधारणसमाले महतलगायत चार जना सञ्चालक निर्वाचित गरेको हो । मनोज बस्नेत, गोविन्द प्रसाद भट्टराई र घनश्याम अवस्थी पनि बैंकको सञ्चालकमा निर्वाचित भएका छन । संचालकहरुको कार्यकाल चार वर्षको हुनेछ । महत यसअघि पनि बैंकको सञ्चालक थिए । साधारण सभाले आर्थिक बर्ष २०७/०७१ को नाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा ८.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका सूचना शाखा प्रमुख रमेशराज रेग्मीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 16, 2015 5:27 AM · 12,933 views

3 Replies

This is why Nepal is one of the poorest countries in the world, a man under investigation with all proof given a position like that, can not believe,

thukka · Jun 16, 2015 8:03 AM

Ram Sharan Mahat is the biggest POLITICAL THIEF of Nepal. This guy has been robbing and looting Nepal since 2046 BS. His skills are to surround himself with shameless thieves and looters and keep on stealing from the poors in the name of democracy.

SAP Dude · Jun 16, 2015 8:32 AM

He is not going to sign any paper if he is not getting 10% , that is his culture. ठगै  ठग  हरुको जमातले सरकारी अड्डा अदालत भरिएको छ र भर्दै छन् | देश बाहिर जाने हरु कमाएको पैसाले  ( रेमिट्यान्स ) , दान बाट देश चलेको छ |   Last edited: 16-Jun-15 11:10 AM

magorkhe1 · Jun 16, 2015 9:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all