संसद् कर्मचारीलाई भत्तैभत्ता सभासद्को तलबभन्दा कार्यालयसहयोगीको तलबभत्ता बढी प्रकाशित मिति: 7:03:13 am, June 16, 2015 काठमाडौं,असार १ – सभासद्ले मासिक कति तलबभत्ता बुझ्छन् ? धेरैलाई थाहा होला तर संसद् सचिवालयका तल्लो तहका कर्मचारीले बुझ्ने तलबभत्ता सुन्ने जोसुकैले जिब्रो काढ्छन् । किनकी, सचिवालय आफैंले निर्णय गर्न पाउने संसद् कर्मचारीको तलबभत्ता अन्य निकायमा कार्यरत निजामती कर्मचारीको भन्दा अत्यधिक बढी छ । यहाँसम्मकी सभासद्को तलबभन्दा बढी तलब भत्ता संसद्का कार्यालय सहयोगीले नै बुझ्छन् । सचिवालय व्यवस्थापिका संसद्का सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता,दैनिक ६ सय खाजा भत्ता र बिदाको दिनको ७ सय ५० रुपैयाँ खाजा भुक्तान गर्छ । सभासद्को मासिक तलब ४० हजार १ सय ६० रुपैयाँ छ । संसद्का कार्यालय सहयोगी पदका कर्मचारीले भने मासिक ४१ हजार तीन सय ६४ रुपैयाँ बुझ्छन् । उनीहरुको न्यूनतम तलब १२ हजार ९ सय ८० मात्र हो तर त्यसमा ८० प्रतिशत भत्तावापतको १० हजार ३ सय ८४ र खाजा खर्चबापत दैनिक ६ सयका दरले १८ हजार रुपैयाँ थपिन्छ । सार्वजनिक बिदाको थप रकम जोडिँदा त्यसले सभासद्को तलबलाई उछिन्छ । सचिवालयका खरिदार तहका कर्मचारीको न्यूनतम तलब स्केल १७ हजार सात सय ३० छ । उसले ८० प्रतिशत भत्ताबापत १४ हजार १ सय ८४ र खाजा खर्चबापत १८ हजार गरी ग्रेडबाहेक कम्तीमा ४९ हजार ९ सय १४ रुपैयाँ बुझ्छ । आजको नागरिक दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com/2015/0...
_____ · Jun 15, 2015 7:58 PM · 1,516 views
यी कार्यालयमा काम गर्ने हरु खुल्ला प्रतिस्पर्धा बात चुनिएका हैनन् : ९० % आफन्त हरु र बाकि १०% पार्टीका कार्यकर्ता हुनेछन | आफ्नो खल्ती बात जाने भए बिचार पुराउथे , सरकारी खजाना बात जाने भए पछि २ जनाले पुग्ने ठाउमा १० जना राखे पनि भयो | लुटको धन फुपुको श्राद गर्न हाम्रा नेता देखि सरकारी कर्मचारी किन पछि पर्थे ?
magorkhe1 · Jun 16, 2015 9:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion