Saroj Khanal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

mangale · Jun 14, 2015 8:58 AM · 5,913 views

8 Replies

स्कुले जीवनमा स्कुलबाट भागेर सिनेमा हेर्न नजाने सायदै कोही होला। म पनि कहिल्यै यस कुराबाट अछुतो रहिन। मलाई नेपाली सिनेमाका तिन हिरो निक्कै मन पर्ने। लामो लामो कपाल पालेका राजेश हमाल र जुँगा पालेका हिरोहरु भुवन केसी र सरोज खनाल। दार्शनिकहरु मनपर्नुको कारण हुदैन भन्छन् मैले पनि कारण पहिल्याउन सकिन। माथिल्ला दुई हिरोका वारेमा भन्दा पनि मैले कुरा सरोज खनालको उठाउन खोजेको छुँ। खनालका गोठालो र सारङ्गी त मैले तिन तिन पटक हेरे। उनका सिनेमाको नशाले च्याप्दै लगेपछि उनी आफ्नै जस्तो लाग्न थालेको थियो। नेपाली चलचित्र क्षेत्रमा आक्रामक उपस्थिति देखाएका खनाल पचासको दशक आसपासमा एकाएक हराए। उनलाई चलचित्रको पर्दामा हेर्न नपाउदा खिन्न महसुस गर्नेहरु निकै खिन्न भए। अमेरिकामा साँस्कृति कार्यक्रम देखाउने यात्राको दौरानमा त्यहिबाट भागेर उनी मोटो रकम कमाउन र ग्रिन कार्ड लिनका लागि सँघर्ष गर्न पुगे। अवैधानिक ढँगले अमेरिका पलाएन भएपछि उनलाई मुटुमा राख्ने नेपाली दर्शकहरुले अपुरणित अभाव महसुस गरे। जीवन कसैको पनि सोचे र रोजे जस्तो हुदैन। जीवनपथमा भाग्यले कहाँबाट कहाँ लैजान्छ कसैले पनि भन्न सक्दैन तर पनि नेपाली माटोमा वलियो पहिचान वनाएको नायक गैरकानुनी रुपमा अमेरिकामा भागेर लुक्दै सामान्य कामदार वनेर वस्नु निकै नै लाजमर्दो कुरा थियो। नेपाली चलचित्रबाट एकाएका हराएका सरोज खनाल विचमा आएर एकाध चलचित्रमा अभिनय गरेपनि उनको पुरानो क्रेजलाई त्यसले अलिकति पनि पुनरावृत्त गर्न सकेन। कलाकारीता कलाकारको व्यवहारसँग पनि जोडिएको हुन्छ। जेलपरे लगत्तै वलिउड नायक सन्जय दत्तका सिनेमाले पानी सम्म भन्न नपाउनुको कारण मध्ये यो पनि एक हो। कलाकारका रुपमा वनको खनालको छवि विस्तारै मेटिदै गएको थियो। अहिले नयाँ पुस्ताका लागि सरोज खनाल परिचित नाम भने पक्कै होइन। नेपाली सिनेमाको इतिहासमा लिपिवद्ध भएको एकनाम हेर्दा हेर्दै गुमनाम भयो। मँगलवार राति नेपाल फर्कदा न त सरोज खनालका पछि नेपाली मिडिया लाग्यो न त नेपाली दर्शक नै। एक गुमनाम यायावर जस्तै उनी नेपाल आए। अहिले पछिल्लो पटक उनी नेपाल फर्किएको कुरालाई लिएर मिडियाले सानोतिनो तरङ्ग फैलाएका छन्। अर्थात उनलाई देशभक्त नेपालीका रुपमा वुट्टा भर्न थालिएको छ। नेपाली पत्रकारितामा एउटा अचम्म लाग्दो रोग छ। नेपालमै वसेर पाखुरा खियाएर जीवन सुधारेका मान्छे भन्दा पनि विदेशमा गएर मनग्गे दुःख पाएपछि नेपाल फर्किएर केही उद्यम गरेपछि मात्र त्यसलाई सफल व्यक्तिका रुपमा लेख्ने प्रचलन छ। सरोज खनालको नेपाल फर्काइलाई अहिले त्यहि महान मानवको रुपमा चित्रण गरिन थालिएको छ। नेपाली सीने जगतमा अलग पहिचान वनाएको मान्छेले उर्जाशिल समय विरानो मुलुकमा विताएर वुढ्यौलिमा नेपालमा फर्कनु कहाँको देशप्रेम हो? सन्तान र आफूलाई पुग्ने मनग्ये आम्दानी गरेपछि सुस्ताउनका लागि आफन्त खोज्दै आएका हुन् सरोज खनाल। उनलाई थाहा छ अमेरिकामा उनी सामान्य कामदार मात्र हुन् तर नेपालमा उनको छवि वेग्लै तरिकाले निर्माण भएको थियो। देशका लागि केही गर्ने समयमा उनी पलायनवादी बनेका थिए , देश युद्वको घाउँले आक्रान्त थियो सारा नेपाली आधा सास फेरेर वाँचिरहेका थिए तर उनी अमेरिकामा डलर गनिरहेका थिए। त्यतिवेला सरोज खनाल कहाँ थिए? किन दुखेन उनको मन? उर्जाशिल समय उर्जावान मान्छेले विदेशमा व्यतित गरेर उमेर किनारा लाग्ने वेलामा नेपाल फर्कने, के नेपाल वृद्धाश्रम मात्र हो? सरोज खनालले नेपाल र नेपालीका लागि १७ वर्ष अमेरिका वस्दा के गरे? नेपाली दर्शकको मायालाई लत्याएर पैसाको मुठो समाउने भन्दा केही पनि गर्न सकेनन्। उनीजस्ता होनहार प्रतिभा विदेश पलाएन भएकै कारण अहिले नेपाली कलाजगतमा वाह्य हस्तक्षेप वढेर गएको छ। कलाकार देशका रोलमोडल हुन। तिनीहरु नै विचलित भए भने एउटा आम नेपालीले के सिक्ने उनीहरुबाट? उमेर,वैश र ताकत हुदासम्म विदेशलाई सिँगार्ने अनि वुढेशकालमा नेपाल आएर देशभक्ति छाट्ने? अहिले दिनप्रतिदिन नेपालमा सम्भावना देख्ने आँखाहरु हराउदै गएका छन्। नेपालमा केही पनि गर्न सकिदैन भन्ने मानसिकता वढ्दै गएको छ। उर्जाशिल युवाहरु पाउन हम्मे हम्मे छ अहिले मुलुकमा। केयौ नेपालीहरु उमेरले भ्याउदा सम्म विदेशमा पैसा कमाउन व्यस्त छन् अनि जव सन्तति र आफ्नो लागि पुग्ने पैसा कमाउछन् अनि उमेर पनि ओरालो लाग्छ तव नेपाल सम्झिने गर्छन्। वास्तवमा नेपाल अहिले सवैका लागि रिटायर्ड जीन्दगी विताउने ठाउँ भएको छ। देशको अर्थतन्त्रमा यसको एकप्रकारको प्रभाव त होला तर देश विकासका लागि यो घातक सिद्ध हुन्छ। उमेरले वुढ्यौली छोप्न थालेपछि नेपाल फर्कन लागेका सरोज खनाल छोराछोरीलाई भने उतै छाडेर फर्कन थालेका छन्। अर्थात अहिले पनि उनले नेपालमा सम्भावना देखेका छैनन। नेपाल आएको वखत गाउँ भर आफुजस्तै वृद्धकेा जनसख्या देखेर होला उनी नेपाल फर्कन थालेका हुन्। सेलिव्रेटी जीवन विताउने लालसाले उनलाई यता तानेकेा हो तर उनले सोचेजस्तो नेपालको कलाजगतमा उनी सेलिव्रेटी वनेर रहेन सम्भावन त्यति छैन। अमेरिकामा दुई गगनचुम्वि घर र नेपालको बालुवाटारमा वनेको घरले उनको कलाकारितालाई फेरि दोहोर्याउन सक्दैन। समय निकै वदलिएको छ। कुनै समय जवान युवकहरुले भित्ता भरि टाँस्थे करिश्मा मानन्धरको पोस्टकार्ड। अमेरिका भासिएको लामो समयपछि नेपाल आएर चलचित्र क्षेत्रमा जागाँ हुन खोजिन तर उनलाई कसैले पनि राम्रो रेस्पोन्स गर्न सकेन। रहरलाग्दो उमेर अमेरिकामा व्यतित गरेर नेपाली फर्किएकी मानन्धरलाई नेपाली दर्शकले फेरि पनि रुचाएनन्। चलेन उनको रुप र कलाको जादु नेपालमा। चलचित्र क्षेत्रमा स्थापित भइसकेका सरोज खनाल जस्तो मान्छे पलायन भन्दा पनि नेपालमा सँघर्ष गरेर टिक्न सक्नुपर्थ्यो। नेपाली चलचित्र क्षेत्रलाई उन्नत वनाउन पसिना वगाउनुपर्थ्यो। कलाकारको नाम वेचेर विदेशमा लुकेर भाग्दै काम गर्ने मान्छेको नाममा सरोज खनालको नाम सुहाउदैन। कलाकारिता जगत अहिले विदेश जाने र त्यहि भाग्ने अनि कमाउने रोगबाट ग्रसित वन्दै गएको छ। केयौ कलाकारहरु साँस्कृतिक कार्यक्रमका नाममा विदेश जाने र त्यहाँबाट भागेर निम्न स्तरको काम गरिरहेका छन्। अझ वेलावेलामा उनीहरु आफै नेपालको कलाक्षेत्र विग्रन थाल्यो भनेर अनावश्यक चिन्ता व्यक्त गर्छन। आर्थिक रुपमा समृद्ध हुने रहर सवैलाई हुन्छ। तर नैतिकता त्यागेर आर्थिक रुपमा समृद्ध हुनुको कुनै पनि तुक छैन। कलाकारले विदेशी भुमिमा काम गर्नु हुदैन भन्ने कुरा होईन , मुख्य कुरा त उर्जाशिल समय विदेशी भुमिमा व्यतित गर्नु हुदैन भन्ने मात्र हो। देशमा स्टार वनेर चम्किएकाहरु विदेश पलाएन भएर कपाल फुलेपछि मात्र नेपाल फर्कने हो भने एक आम नेपालीले कसरी नेपालमा आफ्नो उज्यालो भविष्य देख्न सक्छ? कला क्षेत्रमा भविष्य देख्न छाडेर विदेश पलाएन हुने कि? कला क्षेत्रलाई समृद्ध पार्ने? पछिल्लो समय खनालसँगै कर्णदास र प्रेमराजा महत नेपाल फर्कने कुरा आइरहेको छ। उनीहरु सवै उर्जाशिल समय उतै व्यतित गरेर नेपालमा आश्रय लिनका लागिमात्र आउन थालेका हुन्। नेपाललाई वृद्धाश्रम मात्र वनाउनमा सवै लागिपरे भने हाम्रो देशको अवस्था के हुन्छ? वढ्दो विदेश मोहका पछाडि सरोज खनाल जस्ता कलाकारको पनि हात छ भन्ने कुरालाई उनले स्वीकार गर्न सक्नुपर्छ। मानिसको योगदान प्राप्तीले होइन त्यागले जनाउँछ। नेपाली भूमिमै रहेर उनका सहपाठी कलाकार श्रीकृष्ण श्रेष्ठ मर्दा लाखौ नेपाली भावविह्वल भए तर सरोज खनाल नेपाल आउँदा कसैले पनि वास्ता गरेन। यसकुरालाई खनाल र उनीजस्ता पलायनवादी कलाकारले वलियो ढँगले वुझ्नु जरुरी छ। करौडौ नेपालीले सन्तानको भविष्य देखेको देशमा आफ्ना सन्ततिको भविष्य नदेख्ने सरोज खनाल नेपाल आउँदा बाजा वजाउन आवश्यक छैन। देशभक्तिको राग त्यतिवेला मात्र अलाप्नु जतिवेला छोराछोरी र श्रीमतिलाई पनि अमेरिका त्याग्न लगाएर नेपाल ल्याउने छौ। अन्यथा सामान्य नेपाली सरह जीवनयापन गर्नुस् देशभक्तिको राग नगाउँदा उचित होला। प्रकाशित मिति: आइतबार, जेठ ३१, २०७२ १४:३३:१४

mangale · Jun 14, 2015 9:01 AM

I was thinking same thing. जवानी सारा बिदेस को सेवा गर्दै बस्ने अनि बुढेसकालमा नेपाल के खान फर्किने ! अब येही बस्ने अनि ब्रिदाश्रममा खाने.

facebook · Jun 14, 2015 10:13 AM

Saroj Kahnal Dai has the right to do whatever he wants. It's his freedom. He can decide whether his gonn retire his life in Nepal or not. Blame the Nepali film industry who doesn't pay those talented actors and actresses good or who don't make international level movies. Nepalese love to watch frigging dhoti movies but they ignore our nepali movies. Besides it's all about capitalism, dollar and pounds are way higher than or currency. Further the blame goes to Nepali corrupted governments who just knows how to pocket money even taking advantages from the suffering like earthquakes and floods. Wish every Neta gets killed by some psycho killer or some nationalists or some maniac who wants his name in the history of Nepal. Saroj Dai le paisa chai kamakai ho, may be he worked too many hours like 14-16 hrs a day ani room share garera baseko ho ki bheda bhakra jasto, eutai khor ma. Kai ghuman gayena kya ho munge budo. Khai hamro ta paisa nai save hunna, keti vacation party strip club mai sabai paisa udyo, na ghar banauna paiyo Nepal ma, Nepal gayera budo dad ko ghar ma basne ho. Ani Saroj le ta family lyayeko vanthyo, family lai khuwau lugs lagau kahrchai kahrcha cha ni, kasari tetro save garera Nepal ma baluwatar ma gahr banayo? US ko 2 houses vaneko payments ma hola. purai pay gareko chaina hola. Last edited: 14-Jun-15 07:01 PM

divorceguy · Jun 14, 2015 6:51 PM

I didn't get one thing clear here. Writer said he was illegally working in US. Then how come an illegal person bought property here? Can you apply asylum even after ur out of status? BTW, DG, u need pre approval letter from a certified mortgage lender before u buy a property here which is solely based on your income. Ghante kaam garera baluwatar ma 1 wota ghar ani US ma 2 wota jodna even on mortgage seems too difficult. Saayad Buda budi nai 16 hrs kaam garne hola. Sadhain daal bhat khane , vacation pani Ghar mai Manaune ani chora haroo lai pani dhoti ko store ma ghante job garaune ho bhane chahih sakinchha hola.

robwin · Jun 14, 2015 7:34 PM

haha robwin u made me laugh, tetro paisa kasari kamaune hoina?

divorceguy · Jun 14, 2015 7:54 PM

I find this article full of jealousy in almost each and every sentence. As Divorceguy has indicated, it is his (Saroj's) personal decision what he wants to do, when he wants to do. Also, is Saroj's age count towards 'old' and is he staying in 'bridraasram' taking government's money?? Only fine point of this blog is the last sentence 'सामान्य नेपाली सरह जीवनयापन गर्नुस् देशभक्तिको राग नगाउँदा उचित होला।"

Euta_nepali · Jun 14, 2015 8:51 PM

i agree with euta nepali

divorceguy · Jun 14, 2015 9:08 PM

He has every right to cook in the usa, take his food to Australia and eat there and the go to Nepal to take a dump. Tha is his personal choice and may be his life's /famil priorties. Yesta fucking furke write haru lai ta ma tala ko ukhu ni didaina. Dv paryo wa visa payo bhani sara sampati bechera aafai bhagcha yo writer . sale hypocrite. dherai cann yesta Nepali. USA ra Australia ma bashann ani nepal bhakti dekhaune haru ni ustai chann. yo khate nepali haru lai aru ko chaso nalikana khako ni pacchdaina. sabai bhanda thulo pariwar ko sukha ani khusi hoo tyaspachi desh. dhanna saroj khanal farkine bhayechan, tyasto kuiyeko desh ma ta jasto writer ko matra kaam cha khate writer. Nepal saccha dumping site nai hoo

Hydrogen Sulphide · Jun 14, 2015 9:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all