अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन, कुन देशमा रहेको दूतावासमार्फत् कति आयो? By Salokya, on June 11th, 2015 भूकम्पपीडितको सहयोगका लागि सबै जुटिरहेका छन्। त्यही क्रममा विदेशस्थित नेपाली दूतावासहरुले अहिलेसम्म ९० करोडभन्दा बढी जुटाइसकेका छन्। विश्वका विभिन्न मुलुकमा नेपालका ३४ वटा कूटनीतिक नियोग छन्। त्यसमध्ये ३१ वटाबाट सङ्कलित रकम प्रधानमन्त्री उद्धार कोषमा दाखिला भएको छ। आजसम्म एक पैसा नपठाउने नियोग कुन हो त? विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको वासिङटन डिसी र संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोग। अमेरिकामा रहेका नेपालीहरुलाई भूकम्पको पीडाले नछोएको हो कि के हो, त्यो त्यहीँ बस्नेहरुले बुझुन्। तर विश्वभरका नेपालीले दूतावासमार्फत् कोषमा पैसा पठाइरहँदा अमेरिकामा बस्नेहरु मात्रै ठूलो भइटोपल्दा कसलाई कुरीकुरी हुने हो ! न देशबाट कति रकम जम्मा भएको छ त ? सबैभन्दा बढी रकम जम्मा गर्ने : जापानस्थित नेपाली दूतावास – रु ३१ करोड ६३ लाख १० हजार ७३३

_____ · Jun 10, 2015 4:16 PM · 15,291 views

6 Replies

अमेरिका मा बस्ने नेपाली हरु सरकार मार्फत नभई आफै सहयोग गर्न रुचाउञ्चन. र राहत रकम को कुरा गर्ने हो भने अरु देश ले दिएको भन्दा बढी यहाँ एक एक संस्था हरु ले नै उठाएका छन्. उदाह्र्ण को लागि: अमेरिका नेपाल मेडिकल फाउन्डेसन : $ 887,000 (estimated) http://americanepalmedicalfoun...

cardinal · Jun 10, 2015 7:07 PM

hamile Colorado ma sano program garer America ko lagi Nepal sarkarko raajdot Dr. Arjun Karki ko haat ma Colorado ma sankalit rakam ko sano anksha haalidiyeka thiyau ... Colorado ma matrai kina America ko thuprai thau ma testo gariyeko samachar ayeko thiyo... Aba rajdoot marfat hastantaran gareko rakam pradhanmantri rahat kosh ma janu parne hola ni hoina ?

Geology Tiger · Jun 10, 2015 9:26 PM

chorai chor haru jatata tai, US ma matra hola vaneko Nepal ma pani

divorceguy · Jun 10, 2015 9:34 PM

@divorceguy: You are a chor too.

supernova_nepali · Jun 11, 2015 9:45 AM

क्या हिसाब किताब गरेर बसेका छन् बा ? कसै कसैको काम चियो चर्चो गर्नु बाहेक केहि हुँदैन | यो लेख लेख्ने ले कति रकम राहत कोष मा दिए ? यिनकै मुख बात सुनुम न ? आफु एकलै थिए अनि एता आए पछि कोहि बाकि रहेनन् भन्ठानेको बल्ल थाहा पाएछ ?  Last edited: 11-Jun-15 01:19 PM

magorkhe1 · Jun 11, 2015 1:17 PM

kun chor le paisa khane upaye nikalna lako ..saab chor nai chor chan ...in the name of eathquake ..... No offense to anyone but i heard many cases, Watch out before you donate to anyone make sure that is geuinue !!!!

Yeap · Jun 11, 2015 8:56 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all