महिला या अरु बटुवालाई हिलो छ्याप्ने चालकले लुगा धोइदिनुपर्ने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ललितपुर, जेठ २७ – पत्रकार बालकुमार नेपाल र केपी गौतम बुधबार बिहान मोटरसाइकलमा ललितपुरको लेले जाँदै हुनुहुन्थ्यो । सातदोबाटो चोक पुग्ने बेला पछाडिबाट एउटा मिनीबस तीव्र गतिमा आयो र हिलो छेपेर अगाडि हुईंकियो । बस हिलो नभएको ठाउँबाट पनि गुड्न सक्थ्यो । तर चालकले जथाभावी गाडी चलाउँदा मोटरसाइकलमा रहेका दुवैजना हिलाम्मे भए । काममा हिँडेको मान्छे । न बीचमा ओर्लिएर लुगा फेर्नु, न फर्केर घर जानु । हिलोले विरुप भएका दुवैजनाले मिनीबसलाई रोक्न खोज्नुभयो । तर बस रोकिएन । अगाडि सातदोबाटो चोकमा जाम पर्यो । बस त्यहीँ रोकियो । त्यहाँ ट्राफिक प्रहरी पनि थिए । ट्राफिक प्रहरीलाई घटनाबारे बताएलगत्तै बसका चालकलाई कार्वाही प्रक्रिया सुरु भयो । ‘हामीले ट्राफिक प्रहरीलाई भन्यौं, त्यहाँ ललितपुरका ट्राफिक प्रहरी सिताराम हाछेथु पनि हुनुहुँदो रहेछ, उहाँले तुरुन्तै एक्सन लिनुभयो’ पत्रकार गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो । सुरुमा बस चालक प्रेमबहादुर थापा मगरले आफ्नो गल्ती नभएको अडान लिए । तर ट्राफिक प्रहरीले केरकार गरेपनि उनले गल्ती स्वीकार गरे । ‘बस तीव्र र लापरवाही रुपमा चलाएकै कारण मोटरसाकइलमा रहेकाहरु हिलाम्मे भएको पाइयो’ ट्राफिक प्रहरी निरीक्षक हाछेथुले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘पानी परेको बेला धेरै गाडी चालकले जानीजानी अरुलाई हिलो छेप्ने प्रवृत्ति छ, त्यसैले हामी यस्ता चालकलाई कार्वाही गर्छौं ।’ जानी जानी या लापरवाही गरेर हिलो छेप्ने गरेको भेटिए उसलाई सम्बन्धित व्यक्तिको कपडा धुन लगाउने या कपडा धुने साबुन किन्न लगाउने र लाइसेन्स लिएर एकहजार रुपैंयासम्म जरीवाना गरिने हाछेथुले जानकारी दिनुभयो । मोटरसाइकलमा रहेका गौतम र नेपाललाई हिलाम्मे बनाउने चालक मगरलाई पनि प्रहरीले सुरुमा कपडा धुने साबुन किनिदिन भनेको थियो । ‘तर उहाँहरुले साबुन आफैं किनेर सफा गर्छौं, तर चालकलाई सजक गराउन भन्नुभयो, अनि हामीले लाइसेन्स लिएर राखेका छौं’ हाछेथुले भन्नुभयो । सडक हिलो भएको बेला अझ महिला र युवतीलाई यसरी हिलो छेप्ने प्रवृत्ति देखिएको भन्दै प्रहरीले यस्ता चालकलाई हदैसम्म कार्वाही हुने जनाएको छ । ‘हामीलाई कसैले खबर गर्नुभयो भने तत्कालै त्यस्ता चालकलाई कार्वाही गर्छौं’ हाछेथुले भन्नुभयो । अब वर्षायाम सुरु हुने बेला भएको छ । यस्तोबेला सडकमा हिलो हुन्छ । बाटो हिँड्ने या साकइल र मोटरसाइकलमा गुड्ने महिला, युवती या अरुलाई हिलो छ्याप्नेगरी गाडी चलाउने प्रवृत्ति छ भने त्यस्ता चालकले अब आफूलाई सुधार गर्नुपर्ने बेला भएको छ । नत्र सडकमा ओर्लेर अरुको लुगा धुने काम गर्नुपर्ला । उज्यालो अनलाइन बाट http://etaajaakhabar.blogspot....

cybernepali · Jun 10, 2015 6:02 AM · 2,438 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all