लिपुलेक सम्झौतामा नेपालसँग परामर्श गर्नुपर्थ्यो: यचुरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

लिपुलेक सम्झौतामा नेपालसँग परामर्श गर्नुपर्थ्यो: यचुरी प्रधानमन्त्री उद्धार कोषमा ५ करोड २१ लाख सहयोग बसन्त बस्नेत, सरोजराज अधिकारी काठमाडौ, जेष्ठ २७ - भारतीय कम्युनिस्ट पार्टी– मार्क्सवादी (सीपीआई–एम) को महासचिव सिताराम यचुरीले नेकपा मालेका महासचिव सिपी मैनालीसँग भेटवार्ता गरेका छन् । मालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार भेट गर्दै यचुरीले भारत र चीनले लिपुलेक सम्झौता  गर्दा नेपालसँग परामर्श गर्नै पर्ने बताएका छन् । चीन र भारतबीचको सम्झौता भएपनि यो विषयमा नेपालसँग परामर्श गरेर मात्रै अघि बढ्नुपर्ने बताएका यचुरीको भनाइ उद्धृत गर्दै मैनालीले बताए । भारतमा सीपीआई-एमले नेपालको भूकम्प पीडितलाई राहतस्वरुप उठाएको करिव ५ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न यचुरी नेपाल आएका हुन् । उनले सोमबार नेपालमा चार राजनैतिक शक्तिबीच भएको १६ बुँदे सहमतिपछि विकसित राजनीतिबारे चर्चा गरेका थिए । उनले आफू १६ बुँदे समझदारीले संविधान बन्ने र राजनीतिक स्थायीत्व हुनेमा आशावादी भएको बताए । उनी अहिले मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग उनकै कार्यालयमा भेट गरेका छन् । उनको यो भेटलाई गोप्य राखिएको छ । उनी मंगलबार नेपाल आएका हुन् । ५ करोड २१ लाख सहयोग नेपालका भूकम्प पीडितहरुको सहयोगको लागि भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादी (सीपीआई–एम)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २१ लाख ३८ हजार ९ सय ९३ रुपैया ६० पैसा सहयोग प्रदान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सीपीआइ (एम) महासचिव सिताराम याँचुरीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् । महासचिव यचुरीले नेपालमा आएको यति ठूलो प्राकृतिक विपदाको सामना गर्न प्रधानमन्त्री कोइरालाको नेतृत्वमा अन्य राजनीतिक दलहरुले देखाएको ऐक्यवद्धता सराहनीय रहेको बताए । उनले संविधान निर्माणका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने चार प्रमुख दलहरुबीचमा सोमबार बेलुका भएको सहमति दूरगामी महत्वको भएको उल्लेख गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण भएपछि नेपाल शान्ति,स्थायित्व र विकासको मार्गमा अगाडि बढ्ने विश्वास गर्दै भने,“ म देशको भविष्यप्रति धेरै आशावादी छु , नेपालको भविष्य उज्ज्वल छ ।” उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि आफूले प्रधानमन्त्रीको पद स्वेच्छाले त्याग्ने पनि बताए ।  

_____ · Jun 10, 2015 5:01 AM · 1,532 views

1 Reply

के यचुरीको कुराले भारतीय र चिनियाले अपनाएको हालको नीतिलाई असर गर्छ ? यो स्टेटमेन्ट ले कम्युनिस्टलाई खुसि पार्ने कुरा मात्रै हो कि नेपाल लाइ सहयोग पुर्याउछ ?  CJ Himali kaa कुरा सुन्दा भारतीय सेना (Indo china war) युद्दमा भागेर नेपाल छिरे , चिनियाले नेपाल छेत्र भनि युद्द गरेन र भारतीय सेना सुरक्षित बसे | नेपालले भारतीय सेना लाइ नेपाल छोडेर जान पनि भनेंन | अनि तेही बसाईको कारण भारतले आफ्नो छेत्र झैँ प्रयोग गरेको हुनाले अहिले नेपाल बिना चिनिया संग रेल मार्ग खोल्ने दुइ पक्षीय सम्झौता गरे ?  Last edited: 10-Jun-15 01:45 PM

magorkhe1 · Jun 10, 2015 1:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all