एउटा दुखःद खबर सार्वजनिक गर्दैछौ हामी । निकै चर्चित ब्याण्ड 1974 AD का लिड गितारिष्ट मनोज केसीले श्रीमती गुमाएका छन् । प्राप्त एक्सक्लुसिभ जानकारीका अनुसार ललितपुर स्थित पाटन हस्पिटलमा पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिना साथ मनोजकी श्रीमतीको निधन भएको हो । ३ बर्ष अघि विवाह बन्धनमा बाधिएका मनोजको श्रीमतीको नाम प्रेरणा बिशेत हो । डेलिभरी हुन जेल सम्म प्रेरणाको स्वास्थ्य अवस्था नर्मल भएपनि बच्चा जन्मिएको केही समय पछि उनको निधन भएको बताईन्छ । यस्तै बुझिए अनुसार स्वाशप्रश्वासमा समस्या आएपछि मनोजको छोरालाई भेन्टिलेटरमा राखिएको अवस्था छ । गत चैत्र ६ गते रिलिज भएको प्रियंका कार्की तथा आर्यन सिग्देल अभिनित उत्कृष्ट फिल्म मालामा पहिलो पटक पूर्ण रुपमा फिल्म संगीत समेत भरेका मनोजको श्रीमतीले आज बिहान ११ बजे देह त्यागेको बताईन्छ । सच्याईएको : यस अघि मनोजको श्रीमती थर अन्यथा हुन गएकाले सच्याईएको छ । - See more at: http://newsfilmy.com/2015/06/1... Last edited: 09-Jun-15 01:38 PM
cybernepali · Jun 9, 2015 1:38 PM · 6,388 views
Heartfelt condolences :( Hope he gets the strength to face the loss of his dear wife.
stallon · Jun 9, 2015 1:45 PM
Sad day. Sorry for the loss.
BadhiJanne · Jun 9, 2015 2:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion