मंगलबार नेपाल आएका हलिउडका सुपरस्टार ज्याकी चैन ललितपुरको जावलाखेल पुगेका छन् । जावलाखेलको खेल मैदानमा पुगेर उनले त्यहाँ टेन्टमा बसेका भुकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए । उनलाई रेडक्रसले नेपाल ल्याएको हो । मंगलबार ११ बजेर ५० मिनेटमा नेपाल आएका ज्याकी विमानस्थलबाट सोझै सोल्टी होटल पुगेका थिए । यसपछि उनी त्यहाँ केही समय आराम गरेर जावलाखेल पुगेका थिए । त्यहाँ पुगेर उनले भुकम्प पीडितलाई राहत वितरण गरे । रेडक्रसको चिन्ह अंकित ज्याकेट लगाएका चैन हातमा गुलाब लिएर भुकम्प पीडितकोमा पुगेका थिए । उनले राहतका सामाग्रीसँगै गुलाबको फूल पनि दिए । प्रहरीको कडा सुरक्षाका विच उनले राहत वितरण गरेका हुन् । उनले राहतमा कुन-कुन सामाग्री वितरण गरेको नखुलाइएपनि वितरण गरिएको बाकसभित्र मानिसलाई आवश्यक पर्ने विभिन्न खालका सामाग्री भएको जानकारी दिइएको छ । उनी केही घन्टाका लागि नेपाल आएका हुन् । उनी आजै र्फकने कार्यक्रम छ । उनी करिब २० मिनेट जावलाखेल मैदानमा बसेका थिए । उनले संचारमाध्यमसँग कुनै प्रतिक्रिया भने दिएनन् । तस्बिर र भिडियो : कविन अधिकारी - See more at: http://www.onlinekhabar.com/20...
cybernepali · Jun 9, 2015 7:27 AM · 5,315 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion