अब म अमेरिका बस्दिनँ.... मेरो रगतमा जताततै कलाकारिता बगेको छ, शायद त्यसैले अन्त कुनै ठाउँमा खुसी भएर जम्न सकिनँ मेरो रगतमा जताततै कलाकारिता बगेको छ, शायद त्यसैले अन्त कुनै ठाउँमा खुसी भएर जम्न सकिनँ राम्रो करियर छाडेर नेपालबाट अमेरिका पस्दाका अनेक पीडाहरू छन्। १७ वर्षसम्म अमेरिकाको माटोमा पसिना बगाएँ मैले। २ छोराका लागि २ वटा घर र सबै भौतिक सामाग्री जोडेँ। तर, ६ हजार २ सय ५ दिनसम्म अमेरिका बस्दा यो भूमिमा म एकदिन पनि खुसी भएर बिहान घरबाट निस्कन र बेलुका घर फर्कन सकिनँ। हरेक बिहान उठेर काममा जाँदा फलामको भारी बोकेजस्तो हुन्थ्यो। अमेरिका बसेको १७ वर्षसम्म कुनै दिन फ्रेश भएर काम गरीनँ। र, खुसी भएर काम गरीनँ। नेपाल छाड्नुको कुनै कारण थिएन। नेपाली समाजमा हिरोको भूमिका थिएँ। दर्शकहरूको माया प्रशस्तै पाइरहेको थिएँ। र, त्यहिबेला साँस्कृतिक कार्यक्रमकाका लागि अमेरिका आउने अवसर पनि पाएँ। सन् १९९८ को डिसेम्बरमा अमेरिकामा आइपुगेको हुँ। साँस्कृतिक कार्यक्रमका लागि अमेरिका छिरेको थिएँ। अमेरिकामै बस्छु भनेर आएको थिइनँ। इमान्दार भएर बोल्दैछु। कलाकारले ग्रिनकार्ड पाउँछ भन्ने साथीहरूको सल्लाहले म पनि ग्रिनकार्डको पछि लागेँ। त्यसको एउटै कारण थियो, ‘मेरो परिवार र मेरो छोरोको राम्रो भविष्य। अब उनीहरू हुर्किए। मैले बाबु हुनुको भूमिका निर्वाह गरेँ। अब मलाई नेपालमै गएर बस्न मन छ। त्यसैले अब सधैँका लागि नेपाल फर्किँदैछु। कलाकार भएका नाताले ग्रिन कार्ड बन्यो। परिवारलाई अमेरिका ल्याएँ। छोराहरूको भविष्यका लागि भनेर पसिना बगाउने क्रम निरन्तर जारी रह्यो। दिन, महिना र वर्ष बितेको मैले पत्तो पाइनँ। ६ वर्ष अगाडिदेखि म नेपाल फर्किँदैछु भन्दै हिडेँ। १७ वर्ष लगाएर अमेरिकामा बनाएको जगलाई एकैचोटी छाडेर जान सजिलो थिएन त्यसैले समय लाग्यो। घर छोराको नाममा सारेको छु। आफूले चलाउने गाडी बेचेको छु। बालुवाटारमा घर बनाएँ। जन्मथलो चितवनमा रहेको पोल्ट्री फार्म भाइहरूबीच भागवण्डा भएको छ। अब नेपालमा त्यही व्यवसाय र चित्त बुझेको खण्डमा चलचित्रमा खेल्नेछु। अमेरिकामा बिताएको १७ वर्षको अवधिमा मैले अनेक संघर्षहरु गरेँ। प्रेमराजा महत र मैले कोठा शेयर गेर सेभन एलाभेनमा काम गर्दाको पीडा सम्झँदा एक निमेषका लागि मन मौन भएर आउँछ। राति ३ बजे उठेर काम गरेँ। महिनौसम्म बिना छुट्टी काम गरेँ। परिवार र छोराहरूको नाममा गरेको संघर्षलाई अब नेपालमै फर्केर बिट मार्ने तयारीमा छु। गएको साता नेपालमा सहयोग बाँडेर आएँ, अब नेपालमै बसेर सकेको सहयोग बाँड्ने विचार राखेको छु। ड्राइभिङ लाइसेन्स बनाएपछि अलिकतिती सहज भएको अनुभव गरेँ। तर, देशमा बसेजस्तो सहज कहिल्यै भएन। विण्डिजमा काम गर्न थालेपछि अलिकति जीवन सहज भएको अनुभव गरेँ। तर, छोराहरू हुर्केका थिएनन् त्यसैले विण्डिजमा पनि संघर्ष गर्न छाडिनँ। केहि वर्षअघि रेष्टुरेन्टमा पनि हात हालेको थिएँ। मेरो रगतमा जताततै कलाकारिता बगेको छ, शायद त्यसैले अन्त कुनै ठाउँमा खुसी भएर जम्न सकिनँ। जो खुसी छन् उनीहरूले अमेरिका त्याग्नु पर्छ भन्ने छैन। तर, मनभित्रबाट खुसी हुन नसक्नेहरू नेपाल फर्किए हुन्छ भन्ने मेरो आग्रह छ। यसपाली भूकम्पले देश दुखेका बेला अलिकति राहत बोकेर नेपाल पुगेँ। गाउँमा बा-आमा र केटाकेटी बाहेक अरू कोहि छैनन्। देश बा-आमा र केटाकेटीले चलाउन सक्दैनन्। हामीले बाहिरबाट देश बिग्रेको आरोप लगाउनु बेकार रहेछ भन्ने लाग्यो। अमेरिका, नपुगेसम्म मात्र सपनाको संसार थियो। पुगेपछि बिल्कुल फरक। तर, नेपाल, छाडेर हिँड्दा पनि स्वर्ग थियो, भर्खरै गएको भूकम्पले शिथिल भए पनि यो देश स्वर्गैजस्तो छ। त्यसैले मैले अब सदाका लागि नेपाल फर्केने निर्णय गरेको हुँ। सेतोपाटीका लागि ज्योति देवकोटासँगको कुराकानीमा आधारित। प्रकाशित मिति: शनिबार, जेठ २३, २०७२ १०:४९:३३ http://global.setopati.com/ame...
Cybernepali · Jun 8, 2015 7:59 AM · 17,782 views
what he achieved with 17 years of hardworking? nothing but he rather lost his career which was acting. Now nobody takes him as san actor in a lead role but may be as actors dad or uncle haha. K sampan nai thulo jura hora? baluwatara ma gahr banayera k nai bhayora, earthquake aayo vane bhatkincha. That 17 years he could have enjoyed in Nepal is gone, it ain't coming back. Money is not everything it's all about satisfaction. Go and see the life of yogi and a lama, they happy without money, sex and power.
divorceguy · Jun 8, 2015 7:08 PM
@DG: He achieved something that you never achieved in your entire life and that is using brain.
supernova_nepali · Jun 8, 2015 7:13 PM
whatever he achieved in 17 yrs, i did in 5 years
divorceguy · Jun 8, 2015 7:26 PM
i never worked like him, i never went to work at 3 in da morning, even in school when I was working in a gas stain I showed dhoti a fak sign when he told me to open the store and work all day, i told him i ain't ur slave i wan work 8 hrs thats it, u hire me or fire me.
divorceguy · Jun 8, 2015 7:28 PM
@DG: Bitch, post pics of your bank statement if you have drank your mother's milk. Can you do that, you little pussy?
supernova_nepali · Jun 8, 2015 8:33 PM
Saroj Khanal was sued by his son in 2009 hola
herealone · Jun 8, 2015 8:50 PM
u got it bitch, this is from my one bank Last edited: 08-Jun-15 09:30 PM
divorceguy · Jun 8, 2015 8:54 PM
just a tip of the iceberg, i can't show u the rest, i dun wan be targeted by Nepali greedy mofo's
divorceguy · Jun 8, 2015 8:55 PM
@DG: Despite being a dumbass, your photoshop skills are not bad.
supernova_nepali · Jun 8, 2015 9:13 PM
bitch it ain't no photoshop, its a real nigga
divorceguy · Jun 8, 2015 9:22 PM
delete garde hai mero bank ko statement, bekar ma lobhi khate Nepali haru le jealous matra garchan feri
divorceguy · Jun 8, 2015 9:31 PM
ki izzat cha hami Nepali ko, film ka hero heroni haru subway ra wendys ma kaam agrera Nepal ma gahr banauchan. I ahve never heard Tom Cruise or Brad Pitt working in Asia to built houses in USA.
divorceguy · Jun 8, 2015 9:42 PM
@DG: Just stick to what you are good at and that is cock sucking of transvestites.
supernova_nepali · Jun 8, 2015 10:52 PM
ta jasto butt licking competition ma first bhako hoina ma
divorceguy · Jun 8, 2015 11:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion