के को छेतिपु्र्ति ? भुकम्पमा घाइते भएर जिवनको ५०% मात्र आश बचेकालाइ हेेलीमा राखेर जोखिम काम गर्दा त सद्देलाइ चढाएर मारे जस्तो पो कुरो गर्छ बा - भबितब्य दुर्घटनालाइ । सेना यति ब्यस्त थियो के काँ ? भारतिय हेली जानै नमान्ने तेतिबेला । फेरी लुकाउन खोज्ने भए किन डिनए गराउथ्यो ? थुक्क !! ज्यानको बाजी राखेेर काम गरेको कम्तिमा आस जगाएको जस दिनु त कता कता उल्टो शब नबुझ्ने रे ! छेतिपुर्ति दिने भए उल्टै अमेरिकि परिवार लाइ देउ न यी चोेर गाडे लोभि परिवारहरुले ! के रहरले गएको हुन र तिनिहरु? के नेपालमा भलोकाम गर्नु नै खत्तम भैसक्यो? अब फेरि नेपालको बेइजत गर्ने भए दुतावासमा अनसन बसेर । म त भन्छु शब नबुझे नबुझोस गिद्दलाइ खुवाइदे हुन्छ सग्लो भए पो अर्कै कुरा । दुर्घटनामा परेकाका आफन्तले मागे क्षतिपूर्ति सरोजराज अधिकारी, बालकृष्ण बस्नेत काठमाडौं, जेष्ठ २४ - दुर्घटनाग्रस्त अमेरिकी यूएच एनवाई हुवे हेलिकप्टरमा परी मृत्यु भएका पाँच दोलखालीका परिवारले उचित क्षतिपूर्तिका लागि आइतबार नेपाली सेना र अमेरिकी दूतावासको ध्यानाकर्षण गराएका छन् । उपचार गर्न हेलिकप्टर चढाइएका आफन्तको खोजी गर्नुको साटो दुर्घटनामा परेको जानकारी नै लुकाएर राखेको भन्दै उनीहरूले गुनासोसमेत पोखेका थिए । ‘हामीले सास त भेटेनौं । लास थाहा पाउन पनि एक महिना कुर्नुपर्यो । धेरै सास्ती पाइयो,’ मृतक ध्रुव कटवालका पिता भोगेन्द्र कटवालले सेना र दूतावासका अधिकारीसामु दु:ख पोखे । शव बुझ्ने र क्षतिपूर्ति प्रक्रियाका लागि मृतकका आफन्तलाई आइतबार सैनिक मुख्यालय बोलाइएको थियो । नेपाली सेनाका तर्फबाट प्रवक्ता जगदीशचन्द्र पोखरेलले आफन्तलाई भेटेका थिए । कार्यवाहक अमेरिकी राजदूत र सैन्य सहचारीसमेत सहभागी भएको भेटमा आफन्तहरूले उचित क्षतिपूर्तिको व्यवस्था नभए शव नबुझ्ने जानकारीसमेत गराएका थिए । वैशाख २९ को भूकम्पबाट घाइते ५ जनालाई लिई उडेको हुवे हेलिकप्टर सोही दिन दुर्घटनामा परेको थियो । तर जेठ १ गते सिन्धुपाल्चोकको घोर्थली गाविसमा उक्त हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । नेपाली सेनाका हेलिकप्टर चालक महासेनानीद्वय रवीन्द्र बस्नेत र सञ्जीव घिमिरेको बेग्लाबेग्लै टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर फेला पारेको थियो । तर त्यतिबेला त्यहाँ ६ अमेरिकी र २ नेपाली सेना रहेको जानकारी दिइएको थियो । सोही हेलिकप्टरमा थप ५ जना घाइते पनि परेको भन्दै कान्तिपुरले सार्वजनिक गरेको थियो । त्यसपछि नेपाली सेनाले दुर्घटनास्थलमा हेलिकप्टरमार्फत पुन: शव खोजी गरी टुक्रा संकलन गरी डीएनएका लागि अमेरिका पठाएको थियो । डीएनएमार्फत ती बिरामी दुर्घटनाग्रस्त हेलिकप्टरमा परेको शुक्रबार सेनाले पुष्टि गरेको हो । मृत्यु हुनेमा लादुक–७ का ध्रुव कटवाल, लोकबहादुर कटवाल, शिव खत्री, यमबहादुर खत्री र लामिडाँडा गाविसकी सावित्री सिवाकोटी छन् । उक्त हेलिकप्टरमा घाइते चढाएको भिडियो हुँदा पनि सेनाले बेवास्ता गरेको र प्रहरीमार्फत भिडियो खोसेको गुनासोसमेत आफन्तले गरे । मृतकका आफन्तहरू भोगेन्द्रबहादुर कटवाल, रामशरण खत्री, अमिर कटवाल, वासुदेव खत्रीले सैन्य अधिकृत र दूतावासका अधिकारीसमक्ष गुनासो पोखेका हुन् । उचित क्षतिपूर्तिको टुंगो नलगाई शव नबुझ्ने जानकारी मृतक लोकबहादुरका छोरा अमिरले कान्तिपुरलाई बताए । दोलखाका सभासदहरू पशुपति चौलागाईं, आनन्द पोखरेल, पार्वत गुरुङ, पूर्वजिविस सभापति लालकुमार केसी त्यसक्रममा पुगेका थिए । क्षतिपूर्तिका लागि गृह मन्त्रालयमार्फत प्रक्रिया बढाइने जानकारी दिइएको त्यसमा आफन्त नमानेको जानकारी केसीले दिए । ‘पीडितलाई उचित क्षतिपूर्तिको प्रत्याभूत नभई शव नबुझ्ने हामीले भनेका छौं,’ केसीले बताए । सभासद चौलागाईंले सोमबार पुन: यसबारे छलफल हुने र त्यसमा आफूहरूले पीडित पक्षको सुनुवाइ गर्न आग्रह गर्ने बताए । Last edited: 07-Jun-15 09:20 PM
controversial · Jun 7, 2015 9:20 PM · 3,756 views
Nepali ahru sabai chor ho, sittai ma payo vane aarkako j pani kahnchan, gu pani kahnchan mula haru, yehi US basne Nepali ahru lai here huncha ni aafno kehi nikaldaian aarako paisa ma moj garna chahanchan
divorceguy · Jun 7, 2015 9:58 PM
Nepali ahru sabai chor hoon, ek number ko selfish. free ma payo vane kehi choddaina mula haru. US ma baseko nepali haru sanga sangat garera wakka pakka bhako hoon ma ta tesaile koi sanga helmel gardina aajkal.
divorceguy · Jun 7, 2015 10:00 PM
For the first time, i completely agree with Divorgeguy. Aaj bholi ko news ma "naya nepal" ma chor fataha bahek kehi sunidaina nepaliharuko barema.
pepsi · Jun 7, 2015 10:04 PM
@controversial: " म त भन्छु शब नबुझे नबुझोस गिद्दलाइ खुवाइदे हुन्छ सग्लो भए पो अर्कै कुरा । " Thats exactly what i thought when i read the news. Just dump those pieces somewhere in front of those greedy assholes.
pepsi · Jun 7, 2015 10:08 PM
आज दुइटा खबरले मेरो ध्यान तान्यो - १- नक्कली पीडितहरुको बिगबिगी - लाखौको गाडी चढेर आएर १५ हजार न दिए घांटी छिनाल्ने धम्कि -रातारात अंशबन्दा .... २.- हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेले क्षति पूर्ति न दिए सम्म लाश नबुझ्ने अब भन्नुस १. हाम्रो मनासिकताले सरकार र कर्मचारीलाई गालि गर्न मिल्छ? २. त्यो हेलिकप्टरमा सवार नागरिकलाई सेनाले उद्दार गरेर ल्याएको हो , उद्दार गर्ने सेना लगायत सबै मरे, दुखद घटना थियो | यस्तो दुर्घटनामा पनि क्षति पूर्ति ?? मानौ कि बीमा गरेको टिकेट काटेर हेलिकप्टर चढेका थिए |
rahulvai · Jun 7, 2015 11:11 PM
Nepal is faked up country, tesaile god punished us. I will be happy if Nepal would be gone without a trace.
divorceguy · Jun 8, 2015 12:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion