घरबेटी जुवा खेल्ने, स्वयंसेवक जोखिम मोल्ने (भिडियोसहित)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घरबेटी जुवा खेल्ने, स्वयंसेवक जोखिम मोल्ने (भिडियोसहित) गोकर्ण विष्ट भन्छन्- जुवाडे, अल्छे र जँड्याहालाई सुधारौं २०७२ जेठ २१ गते १६:३९ मा  मात्रिका पौडेल २१ जेठ, ललितपुर (डुकुछाप) । सभासद सुशीला नेपाल एमालेका स्वयंसेवक युवालाई लिएर ललितपुरको दक्षिणी क्षेत्रमा पुग्दा धराप घरहरु त्यतिकै ठडिएका थिए । युवा संघका सचिव रमेश पौडेल नेतृत्वको टोलीले स्थानीय जनताका धराप घरहरु भत्काउन सुरु गर्‍यो । एमालेका स्वयंसेवकले धराप घर भत्काइदिएपछि खुसी हुँदै घरकी आमा जानुका देसारले ती स्वयंसेवकलाई आलु उसिनेर खुवाइन् । सोही क्षेत्रबाट एकपटक चुनाव जितिसकेकी सुशीलाले जानुकालाई सोधिन्- छोरा खोइ ? जानुकाका छोरा अर्को घरको तलामाथि बसेर टिभी हेर्दै रहेछन् । अनि बुढा खोइ त ? सभासद सुशीलाले सोधेपछि आमाले भनिन्-उनी त तास खेल्दैछन् पालमा बसेर । ठेकेदारलाई भत्काउन लगाउँदा ५० हजार लाग्ने घर स्वयंसेवकले सित्तैमा भत्काइदिए । तर, त्यो घरका घरधनी चाहिँ पालभित्र बसेर म्यारिज खेल्दै थिए भने लक्का जवान भइसकेका छोरा टिभीमा रेस्लिङ हेरेर आफूजस्तै युवाहरुले आफ्नो घर सफा गरेको दृश्यसमेत रमिता हेरिरहेका थिए । विपत्ति परेका बेला पार्टी र नेताहरु गाउँ फर्किएनन् भनेर आलोचना गर्ने जनता आफैं कति गैरजिम्मेवार छन् भन्ने एउटा उदाहरण सभासद र राजनीतिक कार्यकर्ता आफैंले भोगे । ‘पालमुनि बसेर भोड्का तान्दै र म्यारिज हान्दै गरेकाहरु सरकार र दलका नेताले हामीलाई हेरेनन् भन्नचाहिँ छाड्दैनन्’ डुकुछापकी सुनिता आचार्यले भनिन् ‘हामी महिलाहरुले चाहिँ हामीलाई सघाउन आएका स्वयंसेवकलाई साथ दिएका छौं ।’ टाइम पास गर्न खेलेको रे एउटा पालभित्र जुवाको खाल चलिरहेको छ भन्ने सूचनाका आधारमा अनलाइनखबरकर्मी गोदावरीको सुकुम्बासी बस्ती मापुग्दा जुवाडे युवाहरुले थर्पू बन्द गरेर बसिसकेका थिए । उनीहरु उल्टै भन्दै थिए- घर भत्कियो, खाने कुरा छैन टाइम पास गर्न तास खेल्दा के भो ? अझ चापागाउँका एक घरधनीले त आफ्नो घर सफा गरिदिएपछि ती स्वयंसेवकलाई उल्टै पार्टीले दिएको भत्ता पचायौ भन्ने जवाफ लगाएछन् । ‘धन्यवाद देलान् भनेको त उल्टै भत्ता पचाउन आएका थियौ, पचायौ भनेर वचनवाण हाने’ युवा संघका सचिव रमेश पौडेलले अनलाइनखबरसँग भने । जब गोकर्ण विष्ट पुगे एमालेको राष्ट्रिय स्वयंसेवक अभियानका संयोजक गोकर्ण विष्ट आफैं फिल्डमा अनुगमन गरिरहेका छन् । विहीवार पनि उनी ललितपुरको डुकुछाप, गोदावरी, टीकाभैरव लगायतका स्थानमा केन्द्रीय सदस्य ठाकुर गैरेसहित पुगे । दलका युवा स्वयंसेवीहरु जोखिम मोलेर भत्किएका घर सफा गर्ने र धराप घरहरु भत्काउने काममा खटिएका छन् । तर, स्वयं पीडित भनिएका कतिपय घरधनीहरु आफूले सघाउनुको साटो उल्टै कामदारलाई जस्तै हप्कीदप्की गरिरहेका पनि भेटिए । ‘अधिकांश ठाउँमा जनता आफैंले सघाएका छन्, स्थानीय पार्टीका साथीहरुले व्यवस्था मिलाएका छन्, तर केही ठाउँमा भने साह्रै अपमानित भएर काम गर्नु परेको रिपोर्ट आएको छ’ विष्टले अनलाइनखबसँग भने । भिडियो हेर्नुस् आफू ललितपुरको सिद्धिपुर पुग्दा स्वयंसेवी युवाहरुले हल्लिएको घरको चार तलामाथि चढेर भग्नावशेष पन्छाइरहेको देखेपछि उनीहरुलाई आफूले तल ओरालेको विष्टले बताए । यसै गर्दा बालुवाटारमा चार तलामाथिबाट लडेर प्रताप खत्री नामका कार्यकर्ता गम्भीर घाइते भएको उनले बताए । ललितपुरको टीकाभैरवमा भेटिएका देवीचौर निवासी निगाले तामाङले दलका स्वयंसेवकहरुले गाउँ गाउँमा जोखिम मोलेर धराप घरहरु पन्छाइरहेको बताए । ‘एमालेका मान्छे आएर मेरो घर पन्छाइदिए, मैले सर्वत खाउँ भन्दा पनि खाएनन्’ उनले भने ‘तर हाम्रै गाउँका केटाहरु भने तास खेलेर बस्छन् ।’ सिन्धुपाल्चोकमा पनि उस्तै सरकार र राजनीतिक दलहरुले केही गरेनन् भन्ने कतिपय घरधनीहरु आफैं चाहिँ पाल र गोठमा तास खेल्दै, रक्सी खाँदै बसिरहेका दृश्य पनि देखिएको युवा संघका महासचिव राजिव पहारीले अनुभव सुनाए । सिन्धुपाल्चोकको मेलम्ची, शिखरपुर क्षेत्रमा आधार बनाएर काम गरेका पहारीको टोली दुई रातसम्म खोलाको किनारामा खुला आकाशमुनि बस्नु परेको युवा संघका अन्तरजिल्ला संयोजक जय गुरुङले बताए । ‘स्कूल र घर बनाइदिन आएको थियौं, मध्यरातमा हावाहुरीले पाल पनि उडाइदियो, रातभरि खोला किनारामा उभिएर बितायौं, तर गाउँलेहरुले दया देखाएनन्’ गुरुङले भने ‘स्वयंसेवकलाई ठेकेदारका मान्छे सम्झिनेहरु पनि भेटिए’ । पहारीको टोलीले त्यस क्षेत्रमा ५ वटा स्कूल भवन र केही स्थानीयका घर बनाइसकेको छ । तर, पनि स्थानीय मान्छेले साथ दिएका छैनन् । ‘तर स्कूल बनाइदिए बापत शिखरपुरका हेडसरले आँशु झार्दै धन्यवाद दिए’ मधेसबाट पहाडलाई सघाउन गएका युवा संघका सञ्जीव झाले अनलाइनखबरसँग भने । जुवाडे र जँड्याहालाई सुधारौं देशका बिभिन्न ठाउँको स्थलगत अनुगमनपछि एमालेका स्वयंसेवक कमाण्डर गोकर्ण विष्टले अल्छे, जुवाडे र जँड्याहाहरुलाई स्थानीय जनताकै सहयोगमा काममा लगाउन युवा स्वयंसेवकलाई निर्देशन दिएका छन् । विष्टले भने-केही ठाउँका मान्छे खासगरी पुरुषहरुमा यस्तो प्रवृत्ति देखियो, आफ्नो काममा अरुले सघाउँदा पनि आफू सामेल हुनुको साटो उल्टै भत्ता खाए भन्ने कुरा पनि गरेछन्, त्यस्तालाई सम्झाउँदै बुझाउँदै स्थानीयकै सहयोगमा सही बाटोमा लैजानुपर्छ । जुन घर वा टोलमा भत्काउने वा बनाउने काम चलिरहेको छ, त्यहाँका घरधनी आफैं पनि श्रममा नलागे त्यस्तालाई सघाउनुको साटो दलका कार्यकर्ताहरुले असहाय र एकल महिलाहरुलाई सघाउन थालेका छन् । समाजको सांस्कृतिक स्खलन अचेल गाउँघरमा दिनभरि तास खेलेर दिन गुजार्ने विकृति बढ्दै गएको छ । पुरुषहरु तास खेलेर बस्ने र महिलाले मात्रै घरको काम एक्लै गर्नुपर्ने भएकाले तास महिला उत्पीडनको माध्यम बन्न थालेको छ । राजधानी आसपासका गाउँहरु जुवातास र जाँड रक्सीका कारण अशान्त र कोलाहलपूर्ण थालेका छन् । यो रोग तराईका बस्तीहरुमा पनि बढ्दै जान थालेको छ । विगतमा सामाजिक जनचेतना जगाउने र प्रगतिशील संस्कारको प्रचार गर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु आफैं क्रमशः जँड्याहा बन्न थालेपछि समाज कुरितीले ग्रस्त, अल्छी एवं जँड्याहा र जुवाडे बन्न थालेको हो । यसपालि गाउँ पस्ने क्रममा राजनीतिक कार्यकर्ताहरुले समाजको सांस्कृतिक स्खलन राम्रैसँग महसुस गरे ।   - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 4, 2015 7:38 AM · 1,927 views

1 Reply

यस्तै छ हाम्रो मनस्थिति : सितैमा काम हुन्छ भने किन गर्ने परिश्रम ?

magorkhe1 · Jun 4, 2015 8:55 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all