खाओवादीले गृह पाए सबैमा लचकता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दाहालको यो कस्तो दाउ? 31 May 2015 | 15:22pm आइतबार १७ जेष्ठ, २०७२ मदन कोइराला काठमाडौं– वैशाख १२ को भूकम्प धक्काले पुर्‍याएको जनधनको क्षति आफ्नो ठाउँमा छँदैछ। त्यसले राजनीतिक वृत्तलाई पनि ठूलो कम्पन पैदा गराइदियो। वैशाख ११ मा सँगै बस्नसम्म नचाहने प्रमुख दलका शीर्ष नेताहरु भूकम्प पश्चात भावनात्मक रुपमै नजिकिए। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले दिएको आफ्नो सन्देशमा समेत 'हालको जस्तो मेलमिलाप र एकता कायम राख्न' आग्रह गरे।  एमाओवादीको कट्टर आलोचकका रुपमा परिरिच एमाले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्री बनाउने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिन अगाडि प्रस्ताव नै गरे। एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालसँगको छलफलमा दाहालले सकेसम्म वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिने, त्यसमा सहमति नभए एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव छ। तत्काल सरकार परिवर्तन गर्ने पक्षमा कांग्रेस नरहेको र केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था पनि नरहेको विश्लेषण गरेका दाहालले मौकाको फाइदा उठाउन केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरेका थिए। दाहालको दाउ कांग्रेसले तत्काल एमाले नेतृत्वको सरकार स्वीकार नगर्ने र एमाले जसरी पनि राष्ट्रिय सरकार गठन गर्ने पक्षमा रहेको अवस्थामा केपी ओलीको नेतृत्वमा सरकार गठन गर्ने एमाओवादीको प्रस्तावलाई 'सकुनीको पासा' भएको कांग्रेसका एक नेता टिप्पणी गर्छन्। कांग्रेस एमालेले एक अर्काको नेतृत्व स्वीकार नगरेको अवस्थामा सरकारको नेतृत्व गर्ने अवसर आफ्नो पार्टीले पाउने दाहालले अपेक्षा गरेका छन्। 'उहाँले केपी ओलीको नेतृत्वमा सरकार गठन होस् भन्ने उद्देश्य राखेको होइन,' नाम उल्लेख नगर्ने शर्तमा एमाओवादीका एक नेताले भने,'उहाँले 'आए आँप गए झटारो' को प्रयोग गर्नु भएको हो।' एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सरकार गठन हुनुपर्छ भन्ने विषयमा एमाओवादी रहे पनि सरकारको नेतृत्व दाबी गर्ने पक्षमा नरहेको दाबी गरे । 'अहिलेको आवश्यकता भनेको राष्ट्रिय सरकार निर्माण नै हो,' रायमाझीले नागरिकन्युजसँग भने, 'हामी कांग्रेस एमाले कै कुनै नेताको नेतृत्वमा राष्ट्रिय सरकार गठन होस भन्ने चाहन्छौं।' राष्ट्रिय सरकार गठन गर्ने विषयमा अध्यक्ष दाहालले विपक्षी मोर्चासँग कुनै छलफल नगरेको मोर्चाका नेताले बताएका छन्। 'यो विषयले मोर्चाभित्र प्रवेश पाएको छैन,' मोर्चाका एक नेता गोपाल दहितले भने। गृह पाउन दौडाधुप एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिने प्रस्ताव पनि गरेका छन्। स्रोतका अनुसार दाहालले नेपाली कांग्रेससँग वर्तमान सरकालाई नै राष्ट्रिय सरकारको स्वरुप दिने तर त्यसका लागि आफ्नो दललाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने शर्त राखेका थिए। कांग्रेस दाहालको प्रस्तावप्रति सकारात्मक नभएपछि ओलीलाई प्रधानमन्त्री बनाउने नयाँ प्रस्ताव ल्याएका हुन्। एमाओवादीले राष्ट्रिय सरकार गठन हुनु अगाडि न्युनतम साझा नीति तथा कार्यक्रममा सहमति हुनुपर्ने प्रस्ताव गरेको छ। पुर्ननिर्माणसँग सँगै संविधान निर्माणको कामलाई पनि लैजाने र फास्टट्रयाकबाट संविधान निर्माण गर्नुपर्ने यस अघि नै संविधानसभा अध्यक्ष सुवाश नेम्वाङले बताउँदै आएका थिए। 'वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिन पनि एमाओवादी तयार छ,' स्रोतले भन्यो,'तर त्यसका लागि गृहमन्त्रालयको जिम्मेवारी एमओवादीलाई दिनुपर्छ।' गृहमन्त्रालय आफूले पाएको अवस्थामा संविधान निर्माणमा संघीयताका विषयमा ६ प्रदेशमा सहमति जनाउन सकिने जनाउ दाहालले कांग्रेसलाई दिएका छन्। http://nagariknews.com/politic...

metta · Jun 3, 2015 8:05 PM · 2,269 views

2 Replies

गर खेति राजनीतिको | मौकामा चौका हान्न किन पछि पर्थ्यौ ? यो भनाइ अप्रासंगिक त हुने हैन ( जात बिसेस लाइ हैन आदत को कुरा मात्रै ) : गुरु दक्षिणा साधारण अबस्थामा भन्दा १३ दिने क्रिया कर्ममा बढी पाइन्छ रे , अनि हाम्रा राजनीतिका फ़्याउरा हरु लाइ भुईचालोले देश अस्थवस्थ भएको बेला मा नगरे कहिले गरुन त ? भाग बन्डाकै कुरो त होनी आफ्नो र पार्टीको पक्षमा पार्न , आउदो चुनाव को पनि ख्याल गर्नु परेन | बर्सेनि संसदमा शंख्या घट्दै गएको बेला अरबौ अरब अनुदान आएको छ : हात लगाउने परेन त ?

magorkhe1 · Jun 4, 2015 10:10 AM

< > Last edited: 04-Jun-15 10:10 AM

Khaobaadi · Jun 4, 2015 10:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all