कानुनी शासनको सूचीमा नेपाल दक्षिण एसियामा पहिलो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कानुनी शासनको सूचीमा नेपाल दक्षिण एसियामा पहिलो 03 Jun 2015 | 18:50pm बुधबार २० जेष्ठ, २०७२ केपी ढुंगाना - See more at: http://www.nagariknews.com/mai... काठमाडौं–कानुनी राज्य सम्बन्धी विश्व रिर्पोटमा नेपाल ४८ औं स्थानमा परेको छ। वर्ल्ड जस्टीस प्रोजेक्टले १ सय २ मुलुकको कानुन कार्यान्वयनको अवस्थाबारे अनुगमन गरी निकालेको वर्ल्ड 'जस्टिस रिर्पोट–२०१५' अनुसार दक्षिण एसियाली मुलुकमध्ये कानुनी शासन पालना गर्ने राष्ट्रको सूचीमा नेपाल पहिलो स्थानमा छ। वर्ल्डजस्टिस रिर्पोट अनुसार कानुनी शासन मान्ने मुलुकको पहिलो सूचीमा डेनमार्क छ भने दोस्रो नम्बरमा नर्वे छ। विश्व वरियतामा नेपालको स्थान ४८ औं भए पनि दक्षिण एसियाली मुलुक भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान भन्दा अगाडि छ। प्रतिवेदन अनुसार श्रीलंका ५८ औं स्थानमा छ भने भारत ५९ औं स्थानमा छ। बंगलादेश ९३, पाकिस्तान ९८ र अफगागिस्तानको स्थान १०१ औं छ। मानवअधिकार उलंघनका घटनामा पटक–पटक विवादमा आइरहने चीन सो सूचीमा ७१ औं स्थानमा छ। प्रतिवेदन अनुसार कानुनप्रतिको उत्तरदायीत्व, नैसर्गिक अधिकारको सम्मान र न्यायमा सर्वसाधारणको पहुँच, आदेश र सुरक्षा, न्याय सम्पादनमा भ्रष्टाचारको प्रभाव, नागरिक र आपराधिक न्यायको अवस्था लगायतको अवस्थाको आधारमा यो सूची तयार पारिएको हो। यी सबै सूचीमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल पहिलो नम्बरमा छ। प्रतिब्यक्ति आय न्युन भएका १५ राष्ट्रको सूचीमा समेत कानुनको पालना गर्ने राष्ट्रको सूचीमा नेपाल पहिलो स्थानमै छ। सो रिर्पोटमा बंगलादेश,अफगानिस्तान, लाइबेरिया, केन्या, सिरिया लियोन,इथोपिया,म्यानमार लगायत १५ देश कम आय भएको सूचीमा सुचिकृत छन्। - See more at: http://www.nagariknews.com/mai...

_____ · Jun 3, 2015 7:30 AM · 1,213 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all