भारतीय बैज्ञानिकका अनुसार धेरै सहवासले खुसी घट्ने खतरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तोइत यस्तो पनि हुन्छ ?????? जेठ १९,  प्रेमी प्रेमिका तथा दम्पतिहरुबीच अधिक मात्रामा यौन सम्बन्ध कायम हुदाँ त्यसले सम्बन्धमा खुसी थप्ने नभै असन्तुष्टि सिर्जना गर्ने जोखिम रहने एक अध्ययनले देखाएको छ । अत्यधिक यौन सम्बन्धले पार्टनरहरुमा यौनप्रति अरुची पैदा हुने र यौनआनन्दमा समेत कमी आउन थाल्ने शोधकर्ताहरुले बताएका छन् । अमेरिकाको पेन्सिल्भेनियास्थित कर्नेज मेलन विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । पहिलोपटक यौन सम्पर्क गर्दा प्राप्त हुने आनन्द तथा कामेच्छा त्यसपछिका यौन सम्पर्कहरुमा घट्दै जान्छ । अर्थात् पार्टनरसँग यौन सम्पर्कको दर बढ्दै जाँदा आनन्द र इच्छामा गिरावट हुँदै जान्छ । त्यसैले सनातनी प्रकारको संसर्गले दम्पति तथा प्रेमजोडीमा शारीरिक सम्बन्धमै अरुची पैदा गरिदिने भएकाले यौन इच्छा जगाउने तथा सहवासलाई बढि आनन्ददायी बनाउने माहोल सिर्जना गर्ने कोसिस गर्नुपर्ने शोधकर्ताहरुले सल्लाह दिएका छन् । सहवासको दर तथा खुसीबीच रहेको सम्बन्धको जाँच गर्ने उद्धेश्यले शोधकर्ताहरुले १ सय २८ दम्पतिलाई अध्ययनमा सहभागी गराए । उनीहरुलाई सामान्य अवस्थामा भन्दा बढि सहवास गर्न लगाइयो । ३ महिनापछि सामान्य भन्दा बढि सहवास गरेका ती १ सय २८ दम्पतीका साथै सामान्य दरमा यौन सम्पर्क गर्ने अन्य दम्पतीहरुबीचमा तुलना गरियो । त्यसक्रममा के पाइयो भने बढि यौन सम्पर्क गर्न लगाइएका १ सय २८ दम्पतिहरुमा अन्य दम्पतीमा भन्दा यौन सम्पर्कमा इच्छा, खुसी तथा आनन्दको स्तर थोरै कम भएको पाइयो । शोधकर्ता तमर कृष्णमूर्तिका अनुसार यौन आनन्द, यौन इच्छा तथा खुसीमा आएको गिरावटको एकमात्र कारण अत्यधिक सहवास नै हो भनेर ठोकुवा गरिहाल्न नसकिने भएपनि अत्यधिक सहवासले युगल सम्बन्धमा प्रभाव पार्ने निष्कर्ष भने निकाल्न सकिने बताए । त्यसैले दम्पतिबीच निरन्तरको यौन सम्पर्कका कारण यौन तथा पारिवारिक जिवनमा निरस तथा बेखुस नबनोस् भन्नका लागि सहवासमा पुनर्ताजगी तथा नयाँपन ल्याउनुका साथै सकेसम्म आनन्ददायी बनाउनुपर्ने उनको सल्लाह छ ।-एजेन्सी http://etaajaakhabar.blogspot....

funtush · Jun 2, 2015 9:04 AM · 1,591 views

1 Reply

जब्बर सिंह को बच्चा भएन भनेर फ़र्टिलिटि क्लिनिक मा गएको औषधि ख्वाएछ श्रीमतीलाई अनि उसले दिनको ३-४ पल्ट सम्म सहबास गर्दा बेस भनेछ | उमेरमा त पटक गनिएन तर अहिले डाक्टरले भने जति पटक पुर्याउन भायाग्रा नै खानु पर्यो रे ? यो कुरा पनि निड बेसीस मा पो हुन्छ त त्यो पनि उमेर र ठाउ बिसेस आदि इत्यादि ले असर गरेको हुन्छ | घरै पिडालु बनै पिडालु जस्तो भए पछि हरेक कुराको अर्थ सास्त्रको Diminishing Return को सिद्धान्त लागु हुने कुरा यो सोध कर्ताले बिर्सिएछ :

magorkhe1 · Jun 2, 2015 10:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all