शांघियता र सामर्थ २०७२ साल को भूकम्पले देश को सामर्थ देखैदिएको छ. रेक्टर स्केल को तुलना मा क्ष्यति कम भएपनि. पुरा देश को सामर्थ त येति रहेछ भने भारेताकुरे राजाये बनाए मा ति राज्य मा बिप्पत्ति आउदा तिनको सामर्थ कति होला ? साना साना राज्य बाट उठ्ने पैसा त ति राज्य का राजनीति गर्ने हरु र प्रसासनिक काम मै सिधिन्छ होला. अहिले त पहाड मा भुकम्प गयो, मधेस बाट खाद्यान्न ले धान्ला तर मधेस मै ठुलो भूकम्प गयो भने ? खाद्यान्न कहाँ बाट लेराउने ? पहिला मेरो विचार मा साना साना राज्य बनाए पानि फरक पर्दैन जस्तो लाग्थ्यो तर भुकम्प ले यो सॊच परिबर्तन गर्न बाध्य पारेको छ. प्रतेक जाति लाइ छुट्टै राज्य चाहिन्छ भन्नेर मशाल जुलुस निकाल्ने हरु कहाँ गए ? तिनी हरु त सुबिधा को लागि मात्र कराएका रेछन. रास्त्रिये सरकार बंनौने भन्ने बित्तिकै तिनीहरु भाग खोज्न आइपुग्छन. तेस्कारन आब भागबन्डा को राजनीति भन्दा देश को लागि राजनीति गर्ने बेला आएको छ. प्रतेक संस्कृतिक जाति लै राज्य चाहिन्छ भनेर कराउने केहि बुढा नेता र तिनले भ्रम मा पारेका युवा हरु बाहेक युवा पुस्ता ले तेस्तो केही चाहदैन, तिनीहरु देश को बिकाश मा रचनात्मक भूमिका खेल्न चाहन्चन भन्ने छ यो भुकम्प मा युवा हरु को स्वोत स्फ्रुत राहत वितरण कार्य ले पनि देखाउछ..तेसकारण धेरै प्रदेश बनाएर कुरा मात्र गर्ने तर काम नगर्ने नेता हरु लै जागिर खुवाउनु बेकार छ. आठ हजार मर्दा त येस्तो छ, लाख मान्छे मर्ने भुकम्प पनि आउन सक्छ नि, त्यो बेला के गर्ने ? म यो राज्य को त त्यो राज्य को भन्दै हिड्ने ? यो भुकम्पले के आँखा खोलि दिएको छ भने धेरै राज्य बनाउनु भनेको धेरै लै भ्रस्टाचार गर्ने मौका प्रदान गर्नु हो
_____ · Jun 1, 2015 5:06 PM · 1,492 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion