भारतीयले ठगे विदेशी दाता, पिडितलाई दिइने टेन्टको यसरी भयो फेरबदल (भिडियो सहित) May 31, 2015 काठमाडौं, जेठ १७ । सामान्य अवस्थामा ठाउँ पाउने वितिकै हात अगाडि सार्ने अहिले हरकोहीको बानी नै हो यस्तैमा पनि भारतीयले नेपालीलाई हेर्ने दृष्टिकोणको चर्चा नगर्दा नै राम्रो । कुहिएको विस्कुट, पाउरोटी अनि बिरामीलाई खुवाउने औषधी पनि म्याद नाघेको पठाउने यो भारतको पुरानै रवैया हो । अति गर्नु अत्याचार नगर्नु भनेझैं यसै त प्राकुतिक विपत्तीबाट आक्रान्त नेपाली माथि विदेशीको सहयोग भारतलाई पाच्य भएन । ब्रिटिस नागरिक र मलेसियन नागरिकको सहयोगमा नेपाली भुकम्प पिडितलाई प्रदान गरिने भनिएको टेन्टमा भारतीय नागरिकले पुरै फेरबदल गरेका छन् । ब्रिटिस नागरिक फिलिप फ्लुकका अनुसार आफुहरुले प्रति टेन्ट ६७ डलरका हिसाबले टेन्टको माग गरेको भारतीय कम्पनी महाविर टेन्ट (इन्डिया) प्रालीका मोहित जैनले टेन्टको पुरै फेरबदल गरी कमसल खालको टेन्ट पठाएको दाबी गरेका छन् । केही वर्ष धान्न सक्ने टेन्टको माग गरी त्यही किसिमको टेन्ट पठाउने सम्झौता गरी रकम लिएका जैनले अति कमसल खालको टेन्ट पठाएका छन् । उनका अनुसार जैनले नेपालीलाई हालको परिस्थितिमा नेपालीसंग केही छैन् । उनीहरुका लागि ब्राण्डेड टेन्ट के गर्ने उनीहरुका लागि यही टेन्ट उपयुक्त छ भन्ने प्रतिक्रिया दिएको बताए । साथै उनले नेपाल र नेपाली प्रति अत्यन्तै तल्लो स्तरको शब्दावलीको प्रयोग गरेको उनको भनाई छ । पहिला राम्रो टेन्टको सम्झौता भएको र उसले गतिलो टेन्टको मोडल देखाएर नराम्रो र कमसल त्यसमा पनि प्वालैप्वाल परेको सामान्य घामपानी पनि छेक्न नसक्ने टेन्ट पठाएको बताए । टेन्टको त्यस किसिमको फेरबदल हुँदा समस्यामा परेका विदेशी नागरिक यति बेला भारतीय नागरिकको यस प्रकारको रवैयाबाट आजित छन् । उनले आफूले पे गरेको पैसा फित्र्ता गर्न माग गर्दा त्यसो गर्न नसकिने जैनको प्रतिक्रिया आएको छ । माग गरिएको क्यानभास टेन्ट डेलिभर गरिएको गुणस्तरहिन प्लाष्टिक टेन्ट http://www.aarthiknews.com/
metta · May 31, 2015 11:21 AM · 3,084 views
And we think we should not trust our government , many NGOs, foreigners, specially Indians, and crooked Nepalis were looking for opportunity to make money.
Bichitra_Kumar · May 31, 2015 11:33 AM
This case needs to be investigated. This foreign team needs help to file complaints. Can we write an email to UP government agency/Police office to investigate on this case? I hope national papers in Nepal picks up this news and he gets the tents he paid for. Here is the website of crook company: http://www.mahaviratents.com/ https://www.facebook.com/mahav... Mahavira Tents (India) Pvt. Ltd. 15/14 & 15/15 Near Times Of India Press Site - 4 Sahibabad Indl Area Near Anand Vihar Metro Station Distt Ghaziabad 201010 Uttar Pradesh India Email : info@mahaviratents.com query@mahaviratents.com Mobile: +91-9310250001 +91-9717880555 Office +(91)-(120)-6520722, +(91)-(120)-6520723 +(91)-(120)-6520724
metta · May 31, 2015 11:48 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion