जापानमा ७.८ म्याग्निच्युडको भूकम्प

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चिचिसिमा टोकियो, जेष्ठ १६ - जापानमा शनिबार साँझ ७.८ म्याग्निच्युडको भूकम्प गएको छ । चिचिसिमा नजिकै स्थानीय समयअनुसार साँझ ८ बजेर २४ मिनेटमा भूकम्प गएको हो । जापान मेट्रोलोजिकल एजेन्सीले भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाएको छ । यसअघि प्रारम्भिकरुपमा ८.५ मापन गरिएको जनाइएको थियो । भूकम्पले राजधानी टोकियो र योकोहामामा पनि झण्डै एक मिनेट हल्लाएको थियो । भूकम्पपछि क्षतिको रिपोर्ट नआएको जापान टूडेले जनाएको छ । भूकम्पको झड्काले टोकियोमा गाडी र ट्रेन केहीबेर अबरुद्ध भएको थियो ।  प्रकाशित मिति: २०७२ जेष्ठ १६ ०५:५० 

cybernepali · May 30, 2015 7:02 AM · 1,781 views

1 Reply

N nobody dies so surprising

divorceguy · May 30, 2015 9:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all