राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राहत लिएर आएका राष्ट्रसंघका कर्मचारी चरेससहित पक्राउ काठमाडाैं जेठ १६ pr भूकम्पपीडितका लागि राहत लिएर नेपाल आएका राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का कर्मचारी चरेससहित पक्राउ परेका छन् । डब्लुएफपीको तान्जानियामा लजिस्टिक अफिसरका रूपमा कार्यरत जर्मन नागरिक इजमाइल अमिर एलमाहीलाई प्रहरीले बिहीबार चरेससहित पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ । नेपालबाट फर्कने क्रममा प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ५७ वर्षीय एलमाहीको साथबाट साढे ६ ग्राम चरेस बरामद भएको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसपी धीरजप्रताप सिंहले बताए । ‘जिन्सको खल्तीमा लुकाइएको अवस्थामा चरेस बरामद भएको हो,’ उनले भने, ‘आफूले गाँजा र चरेस सेवन गर्ने गरेको उनले स्विकारेका छन् ।’ प्रकाशित मिति: शनिबार, जेठ १६, २०७२ ०६:३१:३६

_____ · May 29, 2015 7:03 PM · 1,503 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all