नेपाली सेनाको गुन सम्झेर हाइटीले दियो १० करोड 28 May 2015 | 13:08pm बिहीबार १४ जेष्ठ, २०७२ सुरेन्द्र पौडेल 0 Comments 1 2 3 4 5 (2 votes) हाइटीका राष्ट्रपति मिचेल जोसेफ मार्टली काठमाडौं– क्यारेबियन राष्ट्र हाइटीले नेपालका भूकम्प पीडितलाई करिब १० करोड रुपैयाँ (१० लाख अमेरिकी डलर) दिएको छ। हाइटीले उक्त रकम रेडक्रसमार्फत् उपलब्ध गराएको हो। हाइटीका राष्ट्रपति मिचेल जोसेफ मार्टलीले उक्त रकम बराबरको चेक रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरिसकेका छन्। 'हाइटीले भूकम्पको पीडा राम्रोसँग बुझेको छ,' चेक हस्तान्तरण कार्यक्रममा हाइटीका राष्ट्रपति मार्टलीले भने, 'हामीले जति सक्यौं त्यति सहयोग गरेका हौं ।' सन् २०१० जनवरीमा हाइटीमा ठूलो भूकम्प जाँदा हजारौं मानिसको मृत्यु भएको थियो। पाँच वर्षअघि हाइटीले भोगेको पीडा अहिले नेपालीले भोगिरहेको जनाउँदै त्यसप्रति सम्पूर्ण हाइटीबासी दुःखी भएको उनले बताए । चेक हस्तान्तरणपछि पत्रकारहरूले हाइटीमा भूकम्प जाँदा नेपालले सहयोग नगरे पनि नेपालभन्दा गरिब राष्ट्र हाइटीले किन अहिले सहयोग गरेको भनी राखेको जिज्ञासामा उनले खुलेर नेपालको तारिफ गरेका थिए। 'हाइटीमा भूकम्प जाँदा सबैभन्दा पहिला हाइटीबासीको उद्धारमा नेपाली सेना आइपुगेको थियो । उनीहरूले सबैभन्दा पहिला हाइटीमा खोज तथा उद्धार कार्य सुरु गरेका थिए,' उनले भनेका थिए । पाँच वर्षअघि द्वन्द्वग्रस्त हाइटीमा महाभूकम्प जाँदा त्यहाँ संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत १ हजार ५ सय नेपाली सेना खटिएका थिए । भूकम्प जानेबित्तिकै नेपाली सेनाले हाइटीमा खोज तथा उद्धार कार्य सुरु गरेको थियो। 'आफ्नो क्याम्पभित्र अस्पताल बनाएर नेपाली सेनाले घाइतेको उपचार गरेका थिए । यसप्रति नेपाल र नेपाली सेनालाई म धन्यवाद दिन्छु,' उनले भने । - See more at: http://www.nagariknews.com/pol...
_____ · May 28, 2015 5:37 AM · 1,893 views
neta haru le garne bhayo swaha
divorceguy · May 28, 2015 8:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion