अमेरिकामा मैले पनि रंगभेद भोगेको थिएँ: प्रियंका मूम्बई, जेठ १३ एजेन्सी pr बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले अमेरिकामा छिन्। हलिउड धारावाहिक ‘क्वान्टिको’मा काम गर्ने शिलशिलामा अमेरिकामा पुगेकी चोपडाले कुनै बेला जातीय विभेद (छालाको रंगका आधारमा) सहन नसकी अमेरिका छोडेर भारत फर्किएको बताएकी छन्। बिबिसीसँग कुरा गर्दै चोपडाले १२ वर्षको उमेरमा अमेरिकी स्कुलमा पढ्दा सबैले आफूलाई ‘ब्राउनी’ भनेर सम्बोधन गर्ने बताइन्। उनले कथित रंगभेदी भावानाबाट आहत बनेर भारत फर्किएको बताइन्। ‘मानिसहरु मलाई भन्ने गर्थे कि घरमा गएर करी बनाऊ’, प्रियंकाले भनिन् ‘भारतीयलाई मानिसहरुले अलग तरिकाबाट हेर्ने गरेको मैले देखें।’ अहिले अमेरिका आउँदा भने रंगभेदमा केही फरक आएको महशुस गरेको प्रियंकाले बताइन्। प्रकाशित मिति: बुधबार, जेठ १३, २०७२ १८:४४:४५
_____ · May 27, 2015 6:54 PM · 2,140 views
haha bichari naak thudi vulture priyanka
divorceguy · May 27, 2015 7:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion