पक्राउ परेका सिके राउतलाई छाड्न घरमै पुग्यो प्रहरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सप्तरी, जेठ १३ – इटहरीबाट प्रसारित एरिना टेलिभिजनमा विशेष अन्तर्वार्ता दिन आउने क्रममा मंगलबार दिउँसो पक्राउ परेका डा. सिके राउतलाई बुधबार बिहान ४ बजे प्रहरी सुरक्षा घेराबाटै राजविराजस्थित परिवारको जिम्मा लगाइएको सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी रमेश भट्टराइले बताएका छन । टेलिभिजनको कार्यालय परिसरबाटै पक्राउ परेका राउतलाई राज्य विप्लवको मुद्दा लगाउने ठोकुवा गर्दे आएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी विनोद कुमार शर्माकै आदेशमा डा. राउतलाई राजविराजस्थित उनको घरमा पुर्याउने काम भएको हो । परिवारका सम्पर्कमा आइसकेका राउतलाई इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शर्माले सप्तरीस्थित प्रहरी कार्यालयमा मुद्दा रहेको कारण उतै जिम्मा लगाउन लगेको भन्दै इटहरीवासीलाई झुक्याउँदै आइरहेपनि सगरमाथा अञ्चल प्रहरीका प्रमुख एसएसपी रमेश भट्टराइले भने, ‘राउत बिहान करिब ९ बजे परिवारको सम्पर्कमा आइसकेको बताएका छन् ।’ राज्यले देशद्रोहीको संज्ञा दिएको राउतलाई सुरक्षाका साथ बाहिर लगेको खबर पाएपछि इटहरीवासी तथा सञ्चारकर्मीहरुको चपेटामा पर्ने डरले इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद कुमार शर्मा र प्रहरी निरिक्षक खगेन्द्र खड्का दुवैले आ–आफनो मोवाइल स्वीच अफ गरी बसेका छन् । यता प्रहरी चंगुलमा रहेको भनिएका नेपालका लागि भाइरस मानिएका डा. राउतलाई प्रहरीले सुरक्षाको साथ घरसम्म पुर्याएको समाचार बाहिरिएपछि इटहरीउपमहानगरवासी डिएसपी शर्मा विरुद्ध आक्रोशित बनेका छन् । स्थानीयहरुले प्रहरीले गरेको उक्त व्यवहारको कडा विरोध गर्दे आन्दोलनको चेतावनी समेत दिएका छन् । उता परिवारको सम्पर्कमा पुगिसकेका डा. राउतले घर पुगेलगत्तै आफनो फेसबुक स्टाटसमा मधेसमा भइरहेको बसाई सराई बन्द गरिनुपर्ने, आफुविरुद्ध लगाइएको झुठा मुद्दाहरु खारेज हुनुपर्नेलगायत आफु विरुद्ध आन्दोलित गर्ने र पुत्ला दहन गर्नेहरुलाई पहाडिया बेवकुफ समेत भनेका छन् । - See more at: http://www.ratopati.com/2015/0...

vowels2006 · May 27, 2015 6:15 AM · 10,883 views

1 Reply

if CK is guilty then all hindubadis, janajati basis are guilty too

divorceguy · May 27, 2015 6:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all