GBNC earthquake relief and Fahim Rahim in Boston May 31st Sunday

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अादरणीय वाेस्टनवासी दिदीबहिनी तथा दाजुभाइहरू । नेपालमा गएकाे महाविनाशकारी भूकम्पबाट ठूलाे मात्रामा जनधनकाे क्षति भएकाे व्यहाेरा यहाँहरूलाइ विदितै छ । भूकम्प पीडितकाे राहतका लागि स्वदेश तथा विदेशबाट स्वस्फूर्तरूपमा व्यक्तिगत तथा संस्थागत राहत सहयाेग संकलन भइरहेकाे छ । यसै सिलसिलामा वाेस्टनवासीका तर्फबाट पनि भूकम्पपीडितका लागि सानै भए पनि सहयाेग पुगाेस् भन्ने अभिप्रायले विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट उदार हृदयले सक्दाे सहयाेग जुटिरहेकाे छ र हामीलाइ अाशा एवं विश्वास छ, याे राहत सहयाेगकाे क्रम निरन्तर जारी रहनेछ । वाेस्टनवासीका तर्फबाट हालसम्म संकलित राहत सहयाेग रकम एक भव्य समाराेहका बीच निम्न लिखित मिति, स्थान र समयमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की समक्ष हस्तान्तरण गरिने कार्यक्रम रहेकाे छ । उक्त अवसरमा वाेस्टनका स्थानीय सरकारी प्रतिनिधि र ग्रेटर वाेस्टनस्थित नेपाली संघसंस्थाका पदाधिकारी एवं ठूलाे संख्यामा सर्वसाधारणकाे समेत उपस्थिति रहनेछ । साथै, उक्त समाराेहमा भूकम्पपीडितहरूलाइ सहयाेग गरेर भर्खरै नेपालबाट अाउनुभएका जेअारएम फाउन्डेसन ( JRM Foundation) का तर्फबाट Dr. Fahim Rahim, (Ambassador, Humans of our World, Nepal ) काे पनि सहभागिता रहनेछ । तसर्थ, राहत रकम संकलनकाे याे प्रक्रियामा मन हुँदाहुँदै पनि विविध कारणले दान दातव्य गर्न छुट्नुभएका संघसंस्था तथा व्यक्ति हुनुहुन्छ भने कृपया निम्न किसिमबाट सहयाेग रकम जम्मा गर्न हुन अनुराेध गरिन्छ । If you want to send a check, please make it payable to GBNC and send it to 124 Gardner St., Arlington, MA 02474. For those of you who would like to donate cash, you can visit any Citizen Bank and donate to the following account number (GBNC - 1329884563). And when you do make a deposit, please send us a message on our Facebook page:https://www.facebook.com/bosto... so we can track every dollar you send us and en-sure transparency and hold ourselves accountable for your generosity. Also, you can donate online athttps://www.crowdrise.com/bost... Should you have any questions, please feel free to contact me at 617-230-1194 or email at thaparam17@gmail.com. तपसिलः Date: May 31st, 2015 (Sunday) Time: 5 pm- 8 pm Venue; Malden High School 77 Salem st. Malden, MA 02148. पुनश्च ः साे भव्य समाराेहमा उपस्थिति जनाएर एेक्यवद्ता प्रदर्शन गर्नहुन अनुराेध छ । साथै, समाराेहकाे बारेमा फेसबुकबाट सक्दाे सेयर गरेर सबैलाइ सूचित गरिदिनुहुन पनि हार्दिक अनुराेध गरिन्छ । Sincerely, Ram Thapa President-GBNC and Greater Boston Nepal Earthquake Relief Fund GBNC is a 501(c)3 -Non Profit Organization visit www.gbnc.org

Sajha Info · May 25, 2015 10:03 AM · 1,842 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all