भूइँचालोले देखाएको ऐना विजय कुमार print ‘जब आँधी तुफान सकिने छ, तिमीलाई यो पनि याद हुने छैन कसरी तिमी बाच्यौ! शायद, तिमीलाई त यो पनि थाह नहुन सक्छ तुफान, गइ पनि सक्यो भनेर तर एउटा कुरा पक्का जब तिमी तुफानबाट बाहिर आउने छौ तिमी त्यही पुरानो मानिस हुनै सक्दैनौं जो आँधीबेहरीमा फसेको थियो! हो , तुफान भनेकै , यहि त हो कोहि उस्तै रहनै सक्दैन’ -हारुकी मुराकामी भूइँचालोले हामीलाई ऐना देखाइदिएको छ। ऐनाको काम देखाउनु हो। तर, देखाउँदैमा सबैले देख्दैनन्। आँखा चिम्म गरेर बस्नेलाई सिसाले पनि मुहार देखाउँन सक्दैन। बिउँझदा बिउँझदै निदाएको अभिनय गर्नेलाई दर्पणले उसको प्रतिबिम्ब देखाउन सक्ने कुरा पनि भएन। भूइँचालोले हामीलाई हाम्रा कमजोरी र शक्तिको बिम्ब मात्र देखाएको छैन, प्रश्नपत्र पनि छोडेर गएको छ। यो पत्रमा सोधिएका जिज्ञासाको उत्तर एक समय सीमा भित्र हाम्रो राजनीति र समाजले दिएन भने, नेपाल एक यस्तो युगमा प्रवेश गर्ने छ-जो अहिलेभन्दा नितान्त भिन्न हुनेछ। आजको आलेख केहि मित्रलाई तिखो लाग्न सक्छ। त्यसो भएमा मलाई क्षमा गर्नुहोला। केस ‘सर्जिकल’ भएकाले छुरी नचलाइ भएकै छैन। करेलाको पात पेटमा दलेर दुखाई कम हुने खालको बेथा होइन यो। शल्यक्रिया अनिवार्य भएको अवस्था हो। कुशल सर्जन नभइ कामै नहुने अवस्था हो । बुँदागतरूपमा कुरा राख्दा बेश होला। १. नेपालमा महाविनाश भएको हो। ‘महाभूकम्प’ आएको होइन। हो, पक्कै पनि, जे आयो, त्यो हाम्रा निम्ती ‘महाभूकम्प’ नै सावित भयो। जापानमा भएको भए ७.८ रेक्टरलाई महाभूकम्पको श्रेणीमा दर्ता गर्न मुश्किल पर्छ। त्यहाँ यत्तिको स्केलले यति धेरै बरवादी मच्चाउने पनि थिएन। प्रश्न यसपटक हाम्रो धर्ति कति हल्लियो भन्ने मात्र होइन, मूल कुरा त्यसले कति बरवादी ल्यायो भन्ने हो। देश भुगोल मात्र होइन, देश भनेको जनता पनि हो। अब हाम्रो राजनिति, गरिबी, अज्ञानता र लोभको यही स्तर कायम रहने हो भने अहिलेको भन्दा सानो कम्पनले पनि हालको भन्दा बढी दुःख ल्याउन सक्छ। तर, हाम्रो सोचाइ, राजनीति , अर्थव्यवस्था र लोभको मात्रामा सुधार हुने हो भने, ठूलै भूइँचालोले पनि हाम्रो खासै बिगार गर्न सक्नेछैन, जसरी जापानमा गर्न सक्दैन। मलाई विश्वास छ, परकम्पनहरू बिस्तारै कम हुँदै जानेछन्। तर धर्ति हल्लन बन्द भइसके पछि पनि नेपालको अर्थ, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत सबै क्षेत्रहरुमा यो भूकम्पले दिएको झट्का वर्षौसम्म तरङित भइरहने छ। २. आजभोलि, एउटा ‘पट्टु छाप’ थेगो सुनिँदै छ-‘हरेक संकट अवसर हो।’ थेगो गलत होइन, तर अपूर्ण हो। त्यसैले मैले पट्टु छाप भनेँ। मलाई अपूर्ण कुराहरू थोत्रा लाग्छन्, चाहे ती जतिसुकै चमकदार र सुविधाजनक किन नहोउन्। हरेक संकट अवसर त हो तर सबैका लागि होइन। भूकम्पपछि गुजरात त बन्यो तर अर्बौ डलरको विदेशी साहयताका बाबजुद हाइटी बनेन। तत्काल बन्नेवाला पनि छैन। हाइटीका केहि टाठाबाठा ठगहरू बने, बाँकि जनता बनेनन्। गुजरातका लागि भूइँचालो पुननिर्माणको अवसर बन्यो। तर, हाइटीका लागि अवसानको दलदल। ३. नेपालले यी दुई मध्ये कुन बाटो लिन्छ? यो प्रश्नको उत्तर हामीले ऐनामा आफ्नो मुहार आँखा खोलेर हेर्छौ वा चिम्लेर? भन्ने प्रति-प्रश्नमाथि निर्भर हुनेछ। सुन्दा, धेरैको अहंकारमा चोट पुग्ला। तर, वर्तमान बैश्ययुगको सन्दर्भमा नेपालको राजनीतिक लगायत लगभग हरक्षेत्रको नेतृत्व क्षमता ‘औसत’ मात्र हो। चाहे ती नेता हुन् या अभिनेता वा बुद्धिजिवी वा अर्थशास्त्री वा हामी मिडियाकर्मी वा ..... लगभग जो कोहि। होलान् एक्का दुक्का अपवाद, तर मूलतः लगभग हर क्षेत्रको नेतृत्वमा ‘औसत’ हरूकै बोलबाला भएको अवस्था हो। ठूला ठूला कुरा गर्यो, खुच्चिङ भन्यो, चाहिने नचाहिने कुरामा खितखित गर्यो ....जीवन चलेकै थियो। हामी सबै, जो कुनै न कुनै क्षेत्रमा अगाडि भनिएका छौ, बैश्ययुगको विश्वव्यापी र तिव्र मापदण्ड अनुसार चाहीँ ‘औसत’ मात्र हौं। अथवा औसतभन्दा पनि तल ‘बिलो एभरेज’ हौं। त्यसैले चीन र भारत जस्तो आर्थिक बृद्धिदर भएका मुलुकको माँझमा बसेर पनि हामी गरिबी र अभावको खाडल मात्र साबित भएका छौं। त्यतिले नपुगेर हाम्रै टाउकोमा भूइँचालो पनि ताण्डव नाच्न आइपुग्यो। हुन त ‘औसत’ हुनु कुनै अपराध होइन। औसत हुनुका धेरै फाइदा पनि छन्। कतिपय कालखण्डमा त्यस्ता औसत खाले नेतृत्वको ठूलो उपयोगिता पनि हुन्छ। त्यस्ता कालखण्डमा जब Non action is action (काम नगर्नू नै काम गर्नू हो) को सिद्धान्त हावी भएको अवस्था हुन्छ। अब, त्यो अवस्था बाँकि रहेन। ‘औसत नेतृत्व, खुच्चिङे टिप्पणी र खितखिते प्रचारशैली’ को युग वैशाख १२ पछि सकिएको छ। विनासको आकार सानोतिनो भएको भए, त्यो युगलाई तानतुन गर्न पनि सकिन्थ्यो। तर विनास ठूलो भएको छ। विनास -हाम्रो औसत औकातभन्दा ठूलो भएको छ। संकटको समयमा साधारण क्षमता भएका नेतृत्वले असाधारण कृत्य गर्न सक्दैनन् भन्ने बुझ्नु नेपाल पुननिर्माणको पहिलो शर्त हो। अनिवार्य शर्त हो। वाक्य दोहोर्याउन चाहन्छु - संकटको समयमा साधारण क्षमता भएका मानिसले असाधारण कृत्य गर्न सक्दैनन् भन्ने बुझ्न नेपाल पुननिर्माणको पहिलो शर्त हो। अनिवार्य शर्त हो । अहिले नेपाल जसरी भत्किएको छ , त्यसलाई भौतिक र मानसिक रूपले ‘यथासक्य शिघ्र’ फेरि निर्माण गर्ने काम साधारण होइन। सजिलो पनि होइन। बिना नेतृत्व यो काम असम्भव छ। सक्षम नेतृत्व मुनी बसेर काम गर्न पाए ‘औसत’ ले पनि असाधारण नतिजा दिन्छ। तर नेतृत्वको क्षमता ‘औसत’ भए ‘असाधारण’ सम्भावना बोकेको युवा पुस्ताले दिने नतिजा पनि ‘बिलो एभरेज’ हुन्छ। भैंचालो नआउँदै पनि हामी चर्किसकेका थियौं। भैंचालोले हामीलाई हल्लाउनुभन्दा अघि पनि नैतिक, राजनीतिक र आर्थिक रूपबाट हामी वाक्कदिक्क भइसकेका थियौ। अब पनि हामी नचेत्ने हो भने, नेपालले ‘हाइटी’ जाने बाटो समात्ने छ। संकट अवसर त हो, तर सबैका लागि होइन । संकट अवसर त हो तर सक्षम नेतृत्व नभएका समाजको लागि होइन। ४. हाइटी जस्तै नहुने हो र समाधानको खोज्ने हो भने कुरा चपाएर काम हुनेछैन। चिप्लामिठा र रमाइला कुरा गर्ने सदाबहार ‘राम्रा’ मानिसले विसौ वर्षदेखि अलापेको राग फेरि एक पटक बजाएर यस पटक चाही हामी कतै पुग्ने छैनौं। पाब्लोभ सिधान्त अनुसार ‘प्याराडाइम सिफ्ट’ भएको छ। अब नेपालमा समय र तिथीमितिको मापन दुई भागमा गरिने छ - वैशाख १२को भूइँचालो अघि र भूइँचालो पछि। आजको दिनमा कुरा चपाएर कुनै काम छैन। चाहिने नचाहिने, जायज नाजायज हर कुराको निम्ती ६०१ माथि खनिएर हामी सामाजिक सञ्जालमा मूतको न्यायो बगाउन त सक्छौ, यथार्थमा कतै पुग्दैनौं। मलाइ बोक्रे कुरामा बिश्वास छैन। म परिधिमा अल्झन सक्दिनँ, म केन्द्रीय प्रश्न उठाउन चाहन्छु। एक छिन शान्त भएर, बुँदा नम्बर ५ पढन अनुरोध गर्छु। ५ . प्रधानमन्त्री सुशील कोइराला प्रति मेरो मनमा ठूलो आदर छ। आदर त मेरो मनमा हाम्रा सम्मानित कविज्यू प्रति पनि छ। तर, मलाई यो पनि थाहा छ कविवरका कविताको भरमा मात्र लडेको घर उठाउन सकिदैन। हो, त्यसबाट भत्केका घर फेरि ठड्याउने प्रेरणा, जोश जाँगर हामीलाई अवश्य मिल्न सक्छ। तर, ढलेको घरलाई अक्षरको भरमा मात्र ठड्याउन चाही सकिन्नँ। थोरबहुत अभिमान त मलाई आफ्नो लेखन वा टेलिभिजन शैलीमा पनि होला। तर, त्यो शैलीको तागतमा मात्र भवनका चिरा पुरिन सक्दैनन्। किनभने यी ‘माइन्ड र म्याटर’ का अलग अलग आयाम हुन्। अहिले देश संकटमा भएकाले प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिँदा जिम्मेवारीबाट भागेको अर्थ नलाग्ने भएको भए म उहाँलाई स्वेच्छाले पद त्याग गर्ने सल्लाह दिने थिएँ। पदका लागि खासै आशक्ति भएको मानिस पनि होइन उहाँ। आइलागेकोले खाइदिएको मात्र हो उहाँले प्रधानमन्त्रीको पद। तर, अहिलेको अवस्थामा उहाँको पद त्यागले समाधान होइन जटिलता थप्ने छ। तर, सुशील’दा प्रति जतिसुकै आदर भए पनि, प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा मात्र पुननिर्माण कार्य सिघ्र सम्भव होला भनेर सोच्नु मुर्खता हुनेछ। भन्नु पनि -चाकरी हुनेछ। त्यसैले यो पुननिर्माणको दायित्व पूरा गर्न प्रधानमन्त्री कोइरालासँग दुई बिकल्प छन्। पहिलो, अधिकारसम्पन्न पुननिर्माण प्राधिकरण गठन गर्नू। दोस्रो, क्याविनेट पुनर्गठन गरी उपप्रधानमन्त्री (पुननिर्माण) को पद थप्नु। एक यस्तो उपप्रधानमन्त्री, जो कुनै मन्त्रालय विशेषमा होइन, प्रधानमन्त्री कार्यालयमा रहने छ र जसले पुननिर्माणसँग सम्बन्धित सबै मन्त्रालय र एजेन्सीलाई आदेशात्मक समन्वय गर्नेछ। नेपाल जस्तो राजनीतिक र प्रशासनिक ‘हावापानी’ भएको ठाउँमा म पुननिर्माण प्राधिकरणको पक्षमा त्यति छैन। प्राधिकरणको बाटोबाट हिड्दा, यत्रो धेरै रकम परिचालित हुने र यति धेरै अधिकार बोकेको संस्था एक प्रकारको समानान्तर शक्ति केन्द्र भएर खडा हुने खतरा रहन्छ। संसारका अन्य भागमा प्राधिकरण मोडेल कतै सफल कतै असफल भएको छ। नेपाल जस्तो ‘अर्धनिर्मित राज्य’ मा यो मोडेल अपनाउँदा जटिलता उत्पन्न हुन सक्छन। तर यी दुई विकल्प मध्ये केही नगरि बस्ने दुस्साहस नगरियोस्। २०४५ सालमा भूकम्प आयो। २०४६ मा पञ्चायत व्यवस्था नै ढल्यो। भूकम्पको कुव्यबस्थापन र पञ्चायत व्यवस्थाको ढलाइ- दुबै घटनाको चश्मदिद् साक्षी हुँ म। त्यसैले भन्दै छु-दुई मध्ये एक विकल्प पनि नरोज्ने दुस्साहस नगरियोस्। त्यो दुस्साहसको मूल्य थामी नसक्नु हुनेछ। ६. काग्रेस-एमाले गठबन्धनले यो कुराको निर्णय तत्काल गर्नुपर्छ- पुननिर्माणमा नेकपा एमाओवादीको भूमिका के हुने छ? के एमाओवादीलाई सरकार बाहिर राखेर पुननिर्माण सम्भव छ? मेरो विवेकका आधारमा दुई नाम प्रस्तावित गर्छु। यी मध्ये जसलाई जिम्मा दिए पनि हुन्छ। डा.बाबुराम भट्टराराई अथवा महेश आचार्य। मेरो वैकल्पिक चयनमा डा.रामशरण महत पर्नेछन्। देश संकटमा परेको बेला प्रधानमन्त्री भइसकेका डा. भट्टराईलाई ‘प्रोटोकल’ को प्रश्न यस विषयमा नउठाउन अनुरोध गर्छु। साथै सबै खेमाका कांग्रेसजनहरूलाई महेशजीको नामप्रति आफ्ना निजी आग्रह-पूर्वाग्रह त्याग्न विनम्र अनुरोध गर्छु। बाबुरामजीको सन्दर्भमा पनि माओवादी मित्रहरूबाट त्यति अपेक्षा गर्छु। <p style="outline: 0px; margin: 0px; padding: 10px 0px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; font-size: 14.39
_____ · May 20, 2015 7:16 AM · 2,536 views
हाम्रो बानि व्यहोरा नै अचम्मको छ | कोहि देखेर कोहि भोगेर चेत्ने | तर हामि भोगी सके पनि चेत्छौ कि चेत्दैनौ यो एउटा अनुसन्धान कै बिसय बन्ने हो कि ? भुईचालो आउछ भनि बिल्बोर्ड मा के के गर्ने भनि नागरिकलाई के के गर्ने भनि जानकारी दीईयेको ५ बर्स अघिको नेपाल भ्रमणमै देखि सकेको थिए | सरकारी ओहदामा बस्नेलाई थाहा थियो यो दिन आउदै छ | मेरो २ साताको नेपाल बसाइमा एउटा कुरा मन मा आयो | यो भुईचालो आज भन्दा १५-१६ बर्स अघि आइदिएको भए अहिले जसरि ठदिदै गए ति घर हरु : तेसरी ठदिदैं थिए | ३ तल्लाको परमिट ले ७ तल्ला बन्दैन थिए अनि यो काठमाण्डु उपत्यका को जनसख्या ६० लाख पुग्दैन थियो |
magorkhe1 · May 20, 2015 10:13 AM
हरेक लेखमा बैस्ययुगको ब्याखान पढदा यो अात्मरति मैथुन झैँ लाग्न थालिसक्यो । के यो ब्याख्या हरेकमा सान्दर्भिक छ ? पक्कै पनि छैन किनभने बर्तमान परिस्थितिकोको बिश्लेषण त्यति सजिलो छैन तर पाठकहरुले ल त्यो पनि एउटा पाटो हुनसक्छ भनेर सहेका थिए नकि परम सत्य । हामी औसत रे! सायद गोरा हरुलाइ मालिक देख्ने बानी उनको परिसक्यो । बाबुराम र महेशको रेकमेन्ड गर्नु पनि अासपासेलाइ पोस्नु मात्रै हो बाबुरामले सडक चौडा बनाए पनि पिएम पछी उनी के हैसियतका हुन? देखिसक्यौ । महेसको मुल्याकँन साथी भएर मात्रै जस्तो छ । मलाइ एउटै प्रश्ण छ अलिकति पपुलर भएपछि नेपाली पत्रकारहरु किन आफुलाइ भगवानको बाणी नै ठान्छन र यसो गर्नु उसो गर्नु भन्छन नेपालीलाइ ? २०४५ पछीको भुकम्प पछीको अस्थिरताको ब्याखा पनि ठिक लागेन । २०४७ आयो त भारतीुुय नाकाबन्दीकै परिणाम थियो र सँगै थोपरिएको सँयुक्त आन्दोलन धोति नेता चन्द्रशेखर सहितको । अल्छि काठमाुण्डु बासीलाइ राजिब गान्धीको भारतीय बिहारीलाइ नागरिकता र नेपालको आन्तरीक सुरछा नसुम्पे बापतको प्रहार भन्दा मटि्टतेल नै प्यारो र निर्णायक भयो अरु बिक्रिितिहरु नालायकिपन तत्कालिन सरकारको त छदै थिए । तर अहिले सि के राउतहरु तराइमा गर्जना गर्दै हिडिराख्याछन ।
controversial · May 21, 2015 5:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion