बंगलादेशले दिएको १० हजार मेट्रिक टन चामल गोदाममै थन्कियो उमाकान्त खनाल |२०७२ जेष्ठ ५ मंगलवार फोटो :विर्तामोडस्थित गोदाममा थन्क्याइएका बंगलादेशले राहत स्वरुप उपलब्ध गराएको चामलका बोरा । विर्तामोडः देशका कतिपय स्थानका भूकम्प पीडित एक छाक खान नपाइरहेको अवस्थामा बंगलादेश सरकारले राहत स्वरुप उपलब्ध गराएको चामल झापाका गोदामहरुमा थन्किएका छन् । गत बैसाख २४ गतेदेखि राहतका लागि भनेर बंगलादेश सरकारले पठाएको राहतको करीब १० हजार मेट्रिक टन चामलमध्ये अधिकांश झापाका गोदामहरुमा थन्किएका हुन् । भूकम्प प्रभावित सर्वसाधारणका लागि भनेर पठाइएको चामल अहिलेसम्म गोदाममा थन्किएकोमा सर्वसाधारणले आक्रोश समेत पोखेका छन् । सरकारले कहिले त्यो चामल भूकम्प प्रभावित सर्वसाधारणसम्म पुर्याउँछ, सरकारका प्रतिनिधि समेतलाई थाह छैन। गत बैसाख २४ गते पहिलो पल्ट काँकरभिट्टा हुँदै बंगलादेशबाट तीन हजार मेट्रिक चामल नेपाल भित्रिएको थियो। त्यसपछि क्रमशः मंगलबारसम्म बंगलादेशले राहत स्वरुप उपलब्ध गराउने भनेको दस हजार मेट्रिक टन चामल सबै आइसकेको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए । विर्तामोडस्थित नेपाल खाद्य संस्थानको गोदामका कोठा कुनै पनि खाली छैन । सबै कोठा बंगलादेशले नेपालका भूकम्प पीडित सर्वसाधारणका लागि भनेर उपलब्ध गराएको चामलका बोराले भरिएका छन्। विर्तामोडको गोदाममा ५२ हजार ७ सय ६१ क्विन्टल चामल भन्डारण गरिएको छ भने यहाँ नआँटेका चामलका बोरा चन्द्रगढीको गोदाममा भन्डारण गरेर राखिएको छ । राहतको चामल आएको लामो समय भए पनि अहिलेसम्म १३ हजार १ सय १ क्विन्टल चामल मात्र भूकम्प प्रभावित क्षेत्रमा पठाइएको नेपाल खाद्य संस्थान विर्तामोड गोदामका इन्चार्ज यज्ञप्रताप अधिकारीले बताए। भन्डारण गरेको लामो समय वितिसक्दा पनि सरकारले प्राप्त गरेको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पुर्याउन नसक्नु सरकारको लाचारीपन भएको भन्दै सर्वसाधारणले आक्रोश पोखेका छन् । विर्तामोडका जीवन नेउपानेले सरकारकै कारण भूकम्प पीडित जनता भोकै मर्ने अवस्था आउने बताउँछन् । विर्तामोडकै मन्जिता भण्डारीले भूकम्प पीडित जनतासमक्ष अहिलेसम्म चामल नपुग्नु लाजमर्दौ भएको बताइन् । उनले भनिन्, ‘यस्तै हो भने सरकारको के विश्वास गर्नु ?’ बर्षायाम सुरु भइसकेकाले बंगलादेशले दिएको चामल भूकम्प प्रभावित क्षेत्रमा अविलम्ब पुर्याउनु पर्ने खाद्य क्वारेन्टाइन प्रयोगशाला काँकरभिट्टाका प्राविधिक बताउँछन् । प्राविधिक शिवशंकर मिश्रका अनुसार चामलले वातावरणबाट छिटो ओस लिने भएकाले चाँडो भन्दा चाँडो वितरण गर्नुको विकल्प छैन । मिश्रले भने, ‘बंगलादेशबाट आएको चामल सबै उसिना हो । चामलको गुणस्तर राम्रो छ । खान योग्य छ । तर वातावरण ओसिलो हुँदै गएका कारण चाँडो विग्रिने संभावना छ ।’ चामलको गुणस्तर र भन्डारणको अवस्था बुझ्न झापा आएका वाणिज्य तथा आपूर्ति मन्त्रालय सह सचिव शम्भु घिमिरेले समेत कहिलेसम्म झापामा भन्डारण गरिएको चामल भूकम्प प्रभावित क्षेत्रमा पुग्छ भन्ने कुरा प्रस्ट्याउन सकेनन् । उनले चाँडो भन्दा चाँडो झापाबाट अन्यत्र सारिने कुरा मात्र बताए । घिमिरेले भने, ‘अलि अलि गर्दै हामीले चामल लान थालेका छौं । चाँडैनै हामी यहाँबाट चामल अन्यत्र सार्ने व्यवस्था मिलाउँदै छौं। http://annapurnapost.com/News....
metta · May 20, 2015 6:20 AM · 1,767 views
metta · May 22, 2015 3:52 PM
As we commented years ago : we needed a government body who will see all the disaster like MIFA in U.S. Do we have plans? Yes we do for corruptions and thagi and trafficking .
magorkhe1 · May 24, 2015 8:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion