धन्य होस् नेपाली समाज टेक्सास (NST) को आयोजनामा अमेरिकामा आज मे १७ आइतबार आफ्नै हलमा “नेपालमा गएको भूकम्प र त्यस पछि अमेरिकी कानून मा नेपालीका लागि प्रदान गरिएको कानूनी सुबिधा” बिषय मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालमा गत अप्रिल २५ मा विनाशकारी भूकम्प गए पछि नेपाली लाई Temporary Protected Status (TPS) दिने तथा अमेरिकन नागरिक भै सकेको नेपाली को भूकम्प पिडित Sibling (दाजुभाइ तथा दिदी बहिनीहरु) लाई पनि US Visa दिने भन्ने समाचार तथा पोष्टहरु सामाजिक संजालमा छाए पछि सो को तथ्य सत्य कानूनी जानकारी को निमित्त यस कार्यक्रम को आयोजना गरिएको नेपाली समाजका महासचिब विजयराज भट्टराईले बताउनु भयो। कार्यक्रम मा Temporary Protected Status (TPS) हाल सम्म लागु नभएको र सो को निमित्त एक लाख व्यक्तिहरु ले पिटिसन गर्नु पर्ने कानूनी प्राबधान रहेको जानकारी गराइयो। साथै अमेरिकन नागरिक भै सकेको नेपाली को भूकम्प पिडित Sibling लाई पनि US Visa दिने कुनै प्राबधान आज सम्म नआएको उहाले प्रष्ट पार्नु भयॊ। कार्यक्रम मा नेपालीहरु संग प्रत्यक्ष सरोकार रहने अमेरिकी कानून का धेरै बिषयमा जानकारी गराइयो। NST का प्रोग्राम VP तारा भुषाल को सभापतित्व मा सम्पन्न उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष डा प्रेम अधिकारीले स्वागत गर्नुभएको थियो। झन्डै १५० जना उपस्थित यस कार्यक्रम दिउसो ४ बजे देखि ६ बजे सम्म चलेको र कार्यक्रम मा धेरै दर्शकहरुले कानूनी जिज्ञासा राख्नु भएको थियो। कार्यक्रम मा नेपालका भूकम्प मा परि ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो। कार्यक्रम को संचालन नेपाली समाजका महासचिब भट्टराई ले गर्नु भएको थियो। http://whitehimal.tv/tps_texas... Last edited: 18-May-15 12:46 PM
neurologist · May 18, 2015 12:14 PM · 2,695 views
Kati jana ley tps pauney bho bhanera beer party ni gari sakey holan. aakhir hallai halla ley chaleko desh ko haami janta na pareu
bittertruth · May 18, 2015 2:25 PM
कार्यक्रम मा Temporary Protected Status (TPS) हाल सम्म लागु नभएको र सो को निमित्त एक लाख व्यक्तिहरु ले पिटिसन गर्नु पर्ने कानूनी प्राबधान रहेको जानकारी गराइयो। कस्तो झूर मूला हरु, पेटिसन १ लाख पुगे ओबामाको ह्वाइट हाउसले जवाफ दिने प्रचलन मात्रै हो कुनै कानूनी प्राबधान नै होइन १ लाख २ लाख ४ लाखको त कुरै होइन। यसको टाइटल यसो गरे कसो होला ? हावा गफलाई हावादारी हो भनेर पुस्टि गर्ने हावादारीहरुले समारोह पनि गर्न भ्याएछ टेक्सासमा
controversial · May 19, 2015 2:39 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion