प्रार्थना कालमा कम्पन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रार्थना कालमा कम्पन महाभूकम्प आएको १२ वैशाखको दिन शनिबार पर्दा विद्यालय र सरकारी कार्यालय बन्द रहेका कारण कम मानवीय क्षति भएको मानिए पनि इसाई समुदायले भने शनिबार परेकैले बढी क्षति बेहोर्नु पर्‍यो। गुणराज लुईंटेल कनान प्रार्थना हल रहेको कपनस्थित साततले घर भत्कँदा २६ इसाई धर्मावलम्बीको मृत्यु भयो। विदेशमा हरेक साता आइतबार बिदाका दिन चर्चहरूमा प्रार्थना हुन्छ। नेपालमा भने सार्वजनिक बिदा पर्ने शनिबार इसाईहरूको साप्ताहिक धार्मिक भेला हुन्छ। १२ वैशाखको महाभूकम्प आउँदा प्रार्थनामा सहभागी धेरै इसाई धर्मावलम्बीको मृत्यु भएको छ। नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका अनुसार भूकम्पमा परी काठमाडौंमा ११३, सिन्धुपाञ्चोकमा १९३, धादिङमा २३७ र गोरखामा ५१ गरी ५९४ जना इसाई धर्मावलम्बीको मृत्यु भएको छ। धादिङका केही गाउँसँगै ललितपुर, नुवाकोट, रसुवातिरको विवरण आउन बाँकी रहेकाले यो संख्या बढ्ने महासंघका सल्लाहकार केबी रोकायको अनुमान छ। उनका अनुसार, ५३ वटा चर्च पूरै भत्किएका छन् भने ७५० वटा आधा भत्केका वा चर्केका छन्। काठमाडौंको कपनस्थित 'साततले' घर भत्कँदा पुरिएर मर्ने ७० मध्ये २६ जना इसाई थिए। 'साततले' भित्र रहेको कनान प्रार्थना हलमा साप्ताहिक प्रार्थना गरिरहेका ५२ जना घाइते भए। त्यस्तै, स्वयम्भूको ठाडो भर्‍याङस्थित भीएस चर्चमा प्रभूको आराधना गरिरहेका १७ जनाको ज्यान गएको छ। नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका सल्लाहकार रोकाया त्यो दिन शनिबार नपरेको भए नेपाली इसाईहरू यति धेरै हताहत नहुने बताउँछन्। उनका अनुसार, हरेक शनिबार ९–१२ बजेको समयमा नेपालभरका चर्चमा नियमित प्रार्थना र भजनको कार्यक्रम हुने गरेको छ। रोकाय भन्छन्, “१२ वैशाखमा महाभूकम्प आउँदा धेरैजसो चर्चमा प्रभूको प्रार्थना चलिरहेको थियो।” सुरक्षाको लागि निर्धारित मापदण्ड मिच्दै सात तला अग्लो बनाइएको कपनको 'साततले' महाभूकम्पको एकै झ्ट्कामा धरासायी भएको थियो। त्यस्तै, स्वयम्भूमा भूकम्प आउँदा भागेर बाहिर निस्किएकाहरूलाई भीएस चर्च ढलेर थिचेको थियो, जहाँ १६ जना मात्र बाँच्न सके। त्यहाँ उद्धार गर्न पुगेका सीतापाइलाको होली नेशन चर्चका जोन शर्माको टोलीले ८ जना घाइतेलाई अस्पताल पुर्‍याएको थियो। महाभूकम्पपछि इसाई समुदायले संस्थागत रूपमा राहत कार्यक्रम सञ्चालन गरेको छ। यो विपत्तिले आफ्नो समुदायमाथि ठूलो क्षति पुर्‍याएको इसाई अगुवा दिनेश श्रेष्ठले बताए। पाँच वर्षअघि धरानको सियोन चर्चमा प्रार्थना गर्न सयौं इसाई भेला हुँदा दुईतले बाँसको टहराले च्यापिएर २३ जनाको मृत्यु भएको थियो। डम्बरकृष्ण श्रेष्ठ

_____ · May 15, 2015 8:26 AM · 2,659 views

4 Replies

Those bastard locked the door and told the poor fellow that their new God will save, he is the savior . Couple of them jumped out of window praying Narayan, and saved them self. It happen in two churches. Who knew what to do in earth quack , hiding under table were two padaries. Now those ahole will claim that their God saved them.

magorkhe1 · May 15, 2015 3:24 PM

They were killed because they locked them in and was told that their new God will save them and locked the key. They were killed by the priest . Two of them jumped out of window and saved them selves.

magorkhe1 · May 15, 2015 3:28 PM

http://annapurnapost.com/News....

facebook · May 15, 2015 5:05 PM

sounds like that maniac Jim Jones incident or waco incident

divorceguy · May 15, 2015 6:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all