हामी नभएको भए विमानस्थल भूकम्प गएको ४८ घन्टाभित्रै बन्द हुन्थ्यो'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डिएचएलको डिजास्टर रेस्पोन्स टिमले भन्यो, 'हामी नभएको भए विमानस्थल भूकम्प गएको ४८ घन्टाभित्रै बन्द हुन्थ्यो' सेतोपाटी काठमाडौं, जेठ १ print डिएचएलको डिजास्टर रेस्पोन्स टिम (डिआरटी) अझैँ २ साता नेपालमा रहने भएको छ । मंगलबार पुनः भूकम्प आएपछि टिम उद्धारका लागि  अझै २ साता राख्ने निर्णय गरेको हो। यो टिमले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टको निरन्तर सञ्चालनको लागि प्रमुख भूमिका निर्वाह गरिरहेको छ।   टिम नेपालमा भूकम्प आएको ४८ घण्टा  नपुग्दै नेपाल आएको थियो।  भूपरिवेष्ठित राष्ट्रमा अन्तर्राष्ट्रिय दाता संस्थाहरुबाट प्राप्त राहतका सामानहरु ल्याउन त्रिभुवन विमानस्थल  नै मुख्य बाटो हो।   तीन रोटेटिङ्ग  बाँडिएका डिएचएलका १८ जनाको टिममा सबै अनुभवी प्रकोपविद छन् । विगत ३ हप्तामा यो टिमले सीमित उपकरणहरुका बावजुद पनि भित्रिएका २ हजार टनभन्दा बढी राहत सामाग्रीलाई युनाइटेड नेसन्स् वल्र्ड फुड प्रोग्रामले चलाएको केन्द्रिकृत एयरसाइड वेयर हाउसमा सार्दै-राख्दै आएका छन्। त्यहीँबाट अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले राहतका सामाग्रीहरु वितरण गरिरहेका छन्।   प्यासेन्जर र कार्गो एयरक्राफ्टको लागि  विमानस्थलमा एउटा मात्र धावन मार्ग छ भने यसले एकपटकमा नौवटा प्लेनहरु थेग्न सक्छ। यसमा पनि प्रति प्लेनमा कार्गोको तौल १९६ टन हुनुपर्छ।  एयरपोर्टको क्षमता, सीमित स्रोत र साधनहरुले गर्दा यस्तो अवस्थामा पनि पीडितहरुलाई आवश्यक राहत सामाग्री पठाउन सकिएको छैन।   'हामीले निरन्तर रुपमा भूकम्प झेलिरहेका छौं जसको मतलब राहतका कार्यहरु पनि केही समयको लागि निरन्तर हुनुपर्छ । हाम्रो डिजास्टर रेस्पोन्स टिमले राहतकार्यको यो चेनमा प्रमुख भूमिका निवार्ह गरेको उसले जनाएको छ। राहतका सामाग्रीहरुले भरिएको संकुचित टारम्याक क्षेत्र सफा गर्नुपर्ने ठूलो जिम्मेवारी रहेको यस्तो नगरेको भए भूकम्प गएको ४८ घण्टाभित्रै एयरपोर्ट बन्द हुने' डिएचएलले विज्ञप्ति मार्फत जनाएको छ ।   एयरपोर्टसँग पर्याप्त स्थान र उपकरण नभएको र  गैर सरकारी संस्थाहरुले पनि आफ्ना राहतका सामाग्रीहरु भेट्टाउन गाह्रो हुने उसले जनाएको छ ।   हामीले सीमित स्रोतहरुको प्रयोग गरी अधिकतम कार्य गर्न एउटा प्रणाली तयार पारेर कार्य गरेको र  सेवा निगममा अधिकारी, स्थानीय सैनिक,अन्तर्राष्ट्रिय दाता संस्था तथा युएनसँग निकट रहेर काम गर्दा हामीलाई दैनिक आउने फ्लाइटहरुको पूर्ण जानकारी हुन्थ्यो डिएचएलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।   जतिसक्दो चाँडो चाहिने व्यवस्था मिलाउन कार्गोलाई एयरसाइडमा आउने प्रक्रिया आफूहरुले नै मिलाएका डिपिडिएचएल समूहका मानविय मामिलाका निर्देशक क्रिशविक्स्ले भने । प्रकाशित मिति: शुक्रबार, जेठ १, २०७२ १७:०८:३०

_____ · May 15, 2015 7:35 AM · 1,375 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all