पीडितको पाल सिंहदरबारका पहुँचवाला कर्मचारीलाई

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पीडितको पाल सिंहदरबारका पहुँचवाला कर्मचारीलाई २०७२ बैशाख ३१ बिहीवार काठमाडौं : घर भत्किएर खुला आकाशमुनि बस्दै आएका पीडितलाई बेवास्ता गर्दै सरकारले सिंहदरबारका पहुँचवाला र सम्पन्न कर्मचारीलाई लाइन लगाएर टेन्ट र त्रिपाल वितरण गरेको छ।    बुधबार बिहान सिंहदरबारमा कार्यरत झन्डै दुई सय र बेलुका कार्यालय समय सकिएपछि ६ बजे झन्डै पाँच सय त्रिपाल वितरण गरिएको छ। त्रिपाल र टेन्ट लिनेमा प्रथम श्रेणीका कर्मचारीदेखि कार्यालय सहायकसम्म थिए।   'हामी निजामती कर्मचारी पनि खुला आकाशमुनि सुत्नुपर्ने भएकाले त्रिपाल लिएका हौं', नाम लेख्न अस्वीकार गर्दै स्थानीय विकास मन्त्रालयका एक सहसचिवले अन्नपूर्णसँग भने, 'निजामती कर्मचारी पनि पीडित छन्, उनीहरूले त्रिपाल लिन नपाउने भन्ने हुँदैन।'   भूकम्प बढी प्रभावित जिल्लाका विकट बस्तीमा मात्रै होइन, काठमाडौं उपत्यकामा पनि पहुँच नभएका र विपन्न अधिकांश सर्वसाधारणले सरकारले वितरण गरेको टेन्ट र त्रिपाल पाएका छैनन्।   विदेश र स्वदेशबाट सहयोगबाट आएका र सरकारले खरिद गरेका टेन्ट र त्रिपाल वितरणको जिम्मेवारी पाएको सहरी विकास मन्त्रालयको अव्यवस्थापनका कारण सहरी विकास तथा भवन निर्माण विभागको गोदाममा हजारौं टेन्ट थन्किएका छन्।   सहरी विकासमन्त्री नारायण खड्काले भने आफूहरूले टेन्ट र त्रिपाल वितरण नगरेको दाबी गरे। 'हामीले कसैलाई पनि टेन्ट र त्रिपाल वितरण गरेका छैनौं', मन्त्री खड्काले अन्नपूर्णसँग भने।   सोमबारसम्म मात्रै सरकारले तीन लाख ४० हजार दुई सय २१ पाल र त्रिपाल वितरण गरेको छ। बुधबारसम्म त्यो संख्या झन्डै पाँच लाख पुगेको छ।    वास्तविक पीडितलाई पाल र त्रिपाल वितरण नगरी आफू निकट राजनीतिक दलका नेताकार्यकर्ता, आफ्ना नातागोता र सरकारी कर्मचारीले पाल लिएकाले अभाव देखिएको छ।   सरकारको चुस्त व्यवस्थापन नहुँदा मनसुनको मुखमा पीडितहरू खुला आकाशमा बस्न बाध्य छन् भने कतिपयले स्थानीय स्रोतसाधन प्रयोग गरेर टहरा बनाउन थालेका छन्।   राहतको पाल जोरपाटी गोदामबाट बरामद काठमाडौं : राहतका लागि भारतबाट ल्याएका त्रिपाल जोरपाटीस्थित एक गोदाममा भण्डारण गरिएको अवस्थामा प्रहरीले बरामद गरेको छ।  सरकारले भारतस्थित नेपाली दूतावासबाट खरिद गरी ल्याएको पाँच हजार थान राहतका त्रिपालसहितका सामान प्रहरीले गोदामबाट बरामद गरेको हो।    प्रहरीले राहत समाग्रीसँगै सिन्धुपाल्चोक थकनीका आङकाजी तामाङलाई पक्राउ गरेको छ। तामाङले ती सामग्री जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक वा केन्द्रीय राहत कोषमा दाखिला गर्नुपर्नेमा त्यसो नगरी गोदाममा राखेका थिए।    महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार तामाङले नेपाल-भारत सम्पर्क मञ्चसँगको समन्वयमा गोदाममा राखेका थिए।   प्रहरीले उक्त गोदामबाट तीन सय ७१ प्याकेट बरामद गरेको छ भने कोषमा दाखिला नभएका एक सय दुई प्याकेटको खोजी भइरहेको महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी उत्तम कार्कीले बताए। http://annapurnapost.com/News.... पाल बोकेर मुस्कुराउँदै बाहिर आए सभासद् दिउँसो एक बजेका लागि बोलाइएको संसद् बैठकमा सभासद् पुग्नुअगावै सिंहदरबारबाट पाल पुर्‍याइएका थिए । सचिवालयले हाजिर गर्दै सभासद्लाई पाल वितरण गर्न थाल्यो । खुरुक्क मान्नेले एक–एकवटा र कचकच गर्नेले दुई–तीनवटासम्म पाल हात पारे । उनीहरू तत्काल पाल बोकेर मुस्कुराउँदै बाहिर आउन थाले । कसैले ड्राइभर तथा कसैले पिएलाई पाल जिम्मा लगाएर फेरि बैठकका लागि हलभित्र पसे ।  http://www.enayapatrika.com/20...

metta · May 14, 2015 6:54 AM · 3,187 views

5 Replies

त्यो चाकडी बाज को हो जसले पाल वितरण गर्यो ?

Biruwa · May 14, 2015 12:27 PM

It's not like they can't take it, but those mofo upasashib or f**ing sachib or officer can't they buy the self . Why they have take it from govt or which cane for poor victims. As*holes, that's why we need complete wiping out of all leaderships, say it political or burocratic.

Yaaku · May 14, 2015 1:28 PM

How the fawk they can smile when the whole country is crying? Fawking I dont see anyone being serious towards citizen. Fawk this system.

atomic · May 14, 2015 1:33 PM

metta · May 14, 2015 4:52 PM

metta · May 14, 2015 5:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all