भूकम्प गएर मुलुकमा महाविनास निम्तिए लगतै नेपालको ब्यवसायिक घराना खेतान ग्रुपले १० करोड रुपैयाँ भूकम्प पीडितका लागि छुट्टयायो । त्यसपछि अस्ट्रेलियाका नेपाली अर्बपति ब्यवसायी शेष घलेले २ करोड दिने घोषणा गरे । मनकारी करोडपतिहरुको यो सूचीमा थपिए, अजय सुमार्गी । भूकम्प पीडितका लागि उनले ५ करोड रुपैयाँ खर्चने घोषणा गरे । उसो त मनकारी नेपालीहरुमा सधैं चर्चाको केन्द्रमा रहन्छ, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको नाम । रसियाका यी दानी नेपाली मुलुकको विपत्तिका बेला झन कसरी पछाडि पर्न सक्थे । उनले राहत र पुर्ननिर्माणको लागि १५ करोड पुननिर्माण र राहतका लागि खर्चने घोषणा गरे । भकाभक राहत र पुनर्निर्माणका लागि सहयोग घोषणा भइरहँदा लामो समयसम्म पनि नेपालकै एकमात्र डलर अर्बपति भनेर चिनिने विनोद चौधरीको चौधरी ग्रुपले निकै दिनसम्म चाउचाउ बाँडेको प्रचार ग¥यो । उनले भूकम्प पीडितका लागि कुनै देखिने काम नगरेपछि सामाजिक सञ्जालमै उनको चर्को आलोचना भयो । लगतै चौधरीले ग्रुपले १० हजार घर बनाइदिने बन्दैं २५ करोडको राहत प्याकेज घोषणा ग¥यो । यस्तै, बुद्ध एयरले बुढानिलकण्ठका पूर्व विद्यार्थीहरुमार्फत ५० लाख रुपैयाँ सहयोग दियो । तर, मनकारी नेपालीहरु भत्किएको घर र ध्वस्त भएका सम्पदा ठड्याउन जुर्मुराइरहेका बेला कहलिएका ब्यवसायिक घराना भने चाउचाउ बाँड्नमै केन्द्रित छन् । मुलुक महासंकटमा फसिरहेका बेला अर्बौमा कारोबार गर्ने र करोडौ नाफा कमाउने नेपालका अधिकांश ठूला र चर्चित ब्यवसायिक घरानाहरु भने चाउचाउ, विस्कुट र केही थान त्रिपाल बाड्न नै सिमित देखिएका छन् । ‘कर्पोरेट सोसल रेस्पोन्सविलिटी’का नाममा दैनिक दर्जनौं विज्ञप्तीहरु मिडियामा पठाउने ती ब्यवसायिक समूहरुको देशलाई चाहिरहेको पूननिर्माण र राहतको ठूलो प्याकेजमा कुनै भूमिका देखिएका छैन् । ध्वंस भएको देश पूननिर्माणमा जुट्नुपर्ने बेला वर्षमा अर्बौको कारोवार गरेर करोडौ मुनाफा कमाउने यी व्यवसायिक घरानाहरुले राहत र पूर्ननिर्माणका कुनै उल्लेख्य प्याकेजको घोषणा गरेका छैनन् । बरु, संस्थागत सामाजिक उत्तरदायित्वको नाममा भूकम्प गएको तीन सातासम्म चाउचाउ र विस्कुटजस्ता रेडिमेड सामग्री बाडेर सस्तो लोकप्रियताका लागि बनाइएका विज्ञप्तीहरुले मिडियाका इमेल भरिएका छन् । यी हुन्, भूकम्प पीडितलाई चाउचाउ बाडेर सस्तो लोकप्रियता बटुल्न लालायित नेपालका केही व्यवसायीक घराना । १. गोल्छा अर्गनाइजेशन नेपालको पूरानो र ठूलो ब्यवसायिक घराना हो गोल्छा ग्रुप ।हुलास, फोर्ड, बजाज, बैकिङ, मोबाइल डिलर लगायत एक दर्जन क्षेत्रमा यो समूहको लगानी रहेको छ ।अहिलेको यसको नेतृत्व शेखर गोल्छाले गरिरहेका छन् । वर्षमा करोडौंको ब्यापार गर्ने यो ब्यवसायिक घरानाले भूकम्प पीडितका नाममा कुनै राहत प्याकेजको घोषणा गरेको छैन । २.सिप्रदी ग्रुप विश्वप्रसिद्ध कम्पनी टाटा मोटर्सको नेपाली बजारको आधिकारिक विक्रेताका साथै नेपालको एक नम्बर होटल सोल्टीमा सिप्रदीका मालिकको स्वामित्व छ । नेपालकै पूरानो र प्रभावशाली ब्यापारिक घराना हो सिप्रदी ग्रुप । यसको लगानी भोटेकोशी हाइड्रो र अन्य विभिन्न क्षेत्रमा पनि छ । प्रभाकर समशेर राणाको अगुवाईमा रहेको यो समूहले पनि कुनै उल्लेख्य र ठूलो राहत प्याकेजको घोषणा गरेको छैन् । यो समूहले पनि भूकम्प पीडितलाई केही ड्राई फूड र त्रिपाल वितरणमा आफूलाई सीमित राखेको छ । जानकारहरु भन्छन्, ‘यो समूहसँग विनोद चौधरीसँग भन्दा बढी पैसा छ । तर, पनि भूकम्पले ध्वस्त भएको देश पूर्ननिर्माणमा यो समूहले पनि कुनै चासो देखाएको छैन् ।’३.मुरारकका अर्गनाइजेशन मुरारकका अर्गनाइजेशनको अर्घाखाची सिमेन्ट, माइक्रोम्याक्स मोबाइललगायतका कम्पनी, हाउजिङ र एनएमबी बैंकमा लगानी छ । वर्षमा करोडौको कारोबार गर्ने मुरारका अर्गनाइजेशन पनि नेपालको सफल र ठूलो ब्यवसायिक समूह हो । उसो त नेपालका उधोगीहरुको साझा संगठन नेपाल उद्योग वाणिज्य संघको कार्यकारी अध्यक्ष पदमा पनि यही समूहका कमाण्डर पशुपति मुरारका विराजमान छन् । अहिलेसम्म मुरारकका ग्रुपले पनि नेपालमा भत्किएका गाउँ र पीडामा परेका नेपालीहरुका लागि कुनै पनि सहयोगको घोषणा गरेको छैन् । गरेको छ त केही कार्टुन चाउचाउ, विस्कुट र त्रिपाल वितरणको काम । यद्यपी, मुरारका कार्यावाहक अध्यक्ष रहेको उद्योग वाणिज्य महासंघले भने देशभरका संघहरु र केही व्यवसायीको सहयोगमा १० करोड रुपैयाँ बराबरको राहत वितरण जारी राखेको संघले बताएको छ । ४. ज्योति समूह हिमाल स्टील जस्तो चर्चित ब्राण्डको स्टीलको उत्पादन गर्छ, ज्योति समूह । होण्डा र हिरो मोटरसाइकलको पनि नेपालको बजार ज्योती समूहले नै सम्हालेको छ । भाजु रत्न फाइनान्स र फिलिप्सको नेपालको बजार हेर्ने पनि ज्योती समूह नै हो । नेपालको व्यवसायिक घरानामा निकै प्रतिष्ठित व्यवसायिक घराना हो यो ।यस समूहका नेतृत्वकर्ता पद्म ज्योति सभासद् समेत भइसकेका छन । यस्तो प्रतिष्ठित र सफल मानिएको ज्योती समूहले पनि ध्वस्त देशको पुर्ननिर्माणमा कुनै चासो देखाएको छैन । ५. वैद्य अर्गनाइजेशन नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन्, सुरज वैद्य । उनले नै वैद्य अर्गनाइजेशनको नेतृत्व गरिरहेका छन् । नेपाली बजारमा जापानिज ब्राण्ड टोयटा मोटर्सको आधिकारिक विक्रेता पनि हो वैद्य अर्गनाइजेशन । यसबाहेक उसको शिक्षा, कृषि, निर्माण र चिया व्यवसायमा समेत लगानी छ ।कहलिएको व्यवसायिक घराना वैद्य अर्गनाइजेशनले पनि भूकम्प पीडितलाई न त कुनै गतिलो राहत प्याकेज छुट्टयायो न त भत्किएका पुरातात्विक सम्पदाको पूर्ननिर्माणमा योगदान नै गर्न चाह्यो । ६. पञ्चकन्या ग्रुप स्टील, प्लास्टिक, रेडिमिक्स कंक्रिट, एलपी ग्यासको सिलिण्डर, बिटुमिन एण्ड ब्यारेल, स्टेनलेस स्टील वाटर टंयाकलगायतका क्षेत्रमा लगानी छ पञ्चकन्या समूहको ।यो समूहले नेपालको निर्माण सामग्रीको बजार ओगटेको छ । यसका अगुवा तथा उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, दक्षिण अफ्रिकाको मानार्थ बाणिज्य दुत पनि हुन् ।यो समूहले पनि मुलुकलाई ठूलो संकट आइपरेको बेला देशलाई सघाउन कुनै पहलकदमी लिएन ।७. एमएडब्ल्यु इन्टरप्राइजेज यामाहा, स्कोडा र जेसिबीको नेपालको सबै बजार एमएडब्ल्यु इन्टरप्राइजेजको प्रभुत्वमा छ । विष्णु अग्रवालको नेतृत्वमा रहेको यो व्यवसायिक घराना पनि नेपालको ठूलो व्यवसायिक घराना मध्येमा पर्छ ।तर, अहिलेसम्म पनि एमएडब्ल्युले भूकम्पले दिएको पीडासँग पौठेजोरी खेलिरहेको देशका लागि कुनै पूननिर्माण तथा राहत प्याकेज ल्याएको छैन् । ८. इन्टरनेशनल मोबिलिटी सोलुसन पछिल्लो समयमा सर्वाधिक लोकप्रिय मोबाइल सामसुङको नेपाली बजार प्रवद्र्धक हो इन्टरनेशल मोबिलिटी सोलुुसन । यसबाहेक यसको लगानी सुन ब्यवसायमा पनि छ । दीपक मल्होत्राको इन्टरनेशल मोबिलिटी सोलुुसनको पनि वर्षमा करोडौको कारोबार गर्छ । मुलुकमा भुइचालो कहर हुँदा पनि यो ठूलो व्यवसायिक घराना भूकम्पले बनाएको घाउमा मलम लगाउन ठूलो मन गर्न सकेको छैन् । ९. दुगड ग्रुप नेपालका पूराना र ठूला ब्यवसायिक घरानाहरुमा पर्छ, दुगड ग्रुप । यसको पनि करोडौको पूँजी छ । नेपाली बजारमा पेय पदार्थ (जुस), हाइड्रो पावर, गोदाम घर, खाद्य सामाग्री, कोल्याटर मेटेरियल, अटोमोबाइल्स, रियल स्टेटमा यो समूहको लगानी छ ।यसका साथै बैकिङ र फाइनान्समा पनि यसको लगानी छ । भूकम्प गएको झण्डै तीन साता बितिसक्दा पनि यो समूहसँग पनि देशलाई सहयोग गर्ने कुनै योजना छैन् । १०. केडिया अर्गनाइजेशन यति कार्पेटको उत्पादक हो केडिया अर्गनाइजेशन । हिरालाल केडिया नेतृत्वको यो व्यापारिक समूहले शिक्षा, कृषि, बैकिङ, फाइनान्स, सिमेन्ट, आइरन एण्ड स्टील, ट्रेडिङ, डेरी तथा खाद्य प्रशोधनलगायतका २ दर्जन क्षेत्रमा लगानी गरेको छ ।यतिधेरै क्षेत्रमा लगानी गरेको केडिया ग्रुप यो दुःखद् घडिमा पनि मुलुकको पूननिर्माण तथा राहतमा दिल खोलेर प्रस्तुत हुन सकेको छैन् । ११. यति ग्रुपनेपालको पर्यटन ब्यवसायको सबैभन्दा ठूला स्टेक होल्डर मध्येको हो यति ग्रुप । आन्तरिक उडानमा दोस्रो ठूलो बर्चश्व छ यसको । साथै, हस्पिटालिटीमा पनि यति समूहको ठूलो लगानी छ ।आङछिरिङ शेर्पाले नेतृत्वको गरेको यो समूहले पनि खासै ठूलो राहत तथा पूननिर्माण प्याकेजको घोषणा गरेको छैन् ।<br style="box-sizing: border-box; color: rgb(102, 102, 102)
cybernepali · May 13, 2015 8:29 AM · 3,402 views
nepal has become financial colony of india through the marwaris,almost all of the big business houses in nepal are run by marwaris.these are the same people whe were fetched with special indian planes to india after the april 25 quake. DO YOU GUYS KNOW MORE THAN 12%(about $2.5 Billion) OF NEPALESE GDP IS SENT TO INDIA AS FOREIGN REMITTANCE ?FOR A POOR COUNTRY LIKE NEPAL ITS REALLY HUGE. nepali haru kaam napayera arab ma cement ko bara bokdai chan bhane indians are earnig and making a good life from jobs in nepal.when will we learn to respect work and start working as roadside vendors, kabadiwala, hajams,kirana pasalwala, vegetable vendors and so on. ya, we dont have the capital to compete the marwari businessmen in opening shops in new road or resorts in chitwan/pokhara but we can stat from small for now at least. as of today, the marwari businessmen have become the kingmkers of nepl and carry parties and their leaders in their pockets.if this continues we ll be an indian colony or even an indian federal state in our lifetime.
shiva_linga · May 13, 2015 11:13 AM
Do not expect anything from Jyoti Group. Since the new generation took over this office, it has been going down hill pretty rapidly. They are holding off all the money they need to pay to all those Bike workshops for their services to new bikes as well as comission they provide to all the shops. When people go and demand money they make various excuses to not to give money. And when they finally do, they take extra 15% off saying you did not take this money in time so that is penalty. WTF is that. They are not paying the people they are supposed to pay and forcing so many small business out of market, how can you expect them to donate. They are fuc##d up shit right now. Last edited: 13-May-15 02:04 PM
cybro · May 13, 2015 1:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion