भारतबाट ल्याएको राहतको त्रिपाल निजी गोदाममा भेटियो, एक पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतबाट ल्याएको राहतको त्रिपाल निजी गोदाममा भेटियो, एक पक्राउ २०७२ वैशाख ३० गते १८:१४ मा प्रकाशित ३० वैशाख, काठमाडौं । भूकम्प प्रभावितहरूका लागि भारतबाट ल्याएका त्रिपाल निजी गोदाममा राख्ने आङकाजी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक थकनी-८ का तामाङलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको हो । प्रहरीले उनको गोदामबाट ३ सय ७१ थान त्रिपाल बरामद गरेको छ । सरकारले भारतस्थित नेपाली दूताबासबाट खरिद गरी एक ट्रकमा ४ सय ७३ प्याकेटमा राखी ल्याएका ५ हजार थान राहतका त्रिपालहरु तामाङले जिल्ला प्रशासन कार्यालय रुपन्देही वा केन्द्रीय राहत कोषमा दाखिला गर्नुपर्नेमा जोरपाटीस्थित आफ्नै नीजि गोदाममा भण्डारण गरेको पाइएको छ । साथै नेपाल भारत सम्पर्क मञ्चले सिन्धुपाल्चोकको लागि पठाएको राहत सामाग्री पनि तामाङको गोदाममा भेटिएको छ । बरामद राहतका त्रिपालहरु प्रहरीले केन्द्रीय राहत कोषमा दाखिला गरेको छ । फेला नपरेका सय २ थान त्रिपालको खोजी भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ । - See more at: http://www.onlinekhabar.com/20...

_____ · May 13, 2015 8:16 AM · 1,110 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all