Having technical issue? Need urgent help? Get 24 x 7 help by certified technicians. Call our toll free number 1 800-863-0840 now and get rid of your email problems. gmail customer service chat gmail customer service email Gmail Customer Care Support Service Number Gmail Customer Care Number gmail customer care support number gmail customer support phone number call phones from gmail gmail contact number how to contact gmail how to contact gmail customer service Contact Gmail Customer Service customer service number for gmail gmail customer support phone number usa Gmail account forgot password recovery gmail password recovery customer care gmail forgot password recovery gmail recovery phone number For more details visit: http://customer--service-numbe...
saniarunge · May 11, 2015 6:06 AM · 3,359 views
चरिकोट, वैशाख २२/सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौँ भनेर सोध्दा गाउँमा विद्यालय भवनको आवश्यकता छ भने । त्यसैको फलस्वरुप पछि जर्जले उपहारको रुपमा सिमिगाउँमा विद्यालय भवन निर्माण गर्न लगाएका थिए । विदेशी नागरिक जर्जले आफ्नो कुक गुणालाई भगवानका रुपमा मान्दा रहेछन् । विदेशी दातासहित गाउँमा पक्की विद्यालय भवनको उद्घाटन हुने खुसियालीमा पूरै गाउँ उद्घाटन समारोहमा ओइरिएको थियो । विद्यालय भवन उद्घाटन गर्न लक्जेमवर्गका दाता जर्ज, क्षेत्र नं १ का सभासद् पार्वत गुरुङ, जिविसका सामाजिक विकास अधिकृत नारायण सेढाईं र सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्मा संयुक्त रिबन काट्नै लाग्दा आयो विनाशकारी भूकम्प । ‘दाता जर्जसहित अतिथिकै आँखा अगाडि ढल्यो रु ६५ लाखको नवनिर्मित भवन’ दोलखाको उत्तरी गौरीशङ्कर–३, सिमिगाउँका आङदोर्जे शेर्पाले भने । रिबन काट्ने अतिथि विवादका बीच चार जनाले संयुक्त रिबन काटी उद्घाटन गर्ने सहमतिमा पुग्न ढिला हुँदा विदेशी दाताले बनाई दिएको भवन उद्घाटन हुन नपाउँदै भत्कियो अर्का स्थानीय कोछिरी शेर्पाले बताए । “विद्यालयको भौतिक संरचना थपिँदा खुसी थियौँ । भवनकै कारण झन्डै मरेनौँ” सहायक जिशिअ माधवप्रसाद शर्माले अनुभव भन्नुभयो । “अब त अन्य भौतिक संरचना पनि ध्वस्त भयो कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता छ,” उनले दुखेसो पोखे । दोलखा सिन्धु कन्स्ट्रक्सनका गोकर्ण जोशी, लाक्पा शेर्पा र मेघराज शाहीले निर्माण गरेको सिमिगाउँ प्राविको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन कार्यक्रममा लक्जेमवर्गका २५ अन्य पर्यटक पनि उपस्थित भएका थिए । जर्जले भने भरिया र कुकको सपना अधुरो रहेकोमा दुखेसो गरे । जर्ज भन्छन् भरिया र कुकले काठमाडौँमा घर माग्लान् भनेको गाउँमा विद्यालय मागे । एक सय ३१ घरधुरी रहेको गौरीशङ्कर–२, ३, ४ का ४२ विद्यार्थीका लागि बनेको भवन निर्माणको नेतृत्व म्याकफड नेपाल भन्ने गैरसरकारी संस्थाले गरेको थियो । म्याकफड नेपालका प्रतिनिधि वसन्त पण्डितले भने, “हेर्दा राम्रो भवन थियो, आँखै अगाडि भत्कियो ।” रासस
cybernepali · May 11, 2015 7:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion