मलेसियाबाट आएको राहत दोकानबाट बरामद सुबास/ज्ञानेन्द्र |२०७२ बैशाख २७ आईतवार5423 पटक पढिए को 1858 6 फोटो :फाइल फोटो काठमाडौं : भूकम्पपीडितका लागि मलेसियन सरकारले पठाएको ठूलो परिमाणको राहत सामाग्री नयाँ बानेश्वरको एक स्टोरबाट प्रहरीले बरामद गरेको छ । आइतबारै मलेसियन जहाजबाट कार्गोमार्फत काठमाडौं आइपुगेको राहत सामग्री काठमाडौंको नयाँ बानेश्वर चोकस्थित पसाराए केके स्टोरबाट प्रहरीले बरामद गरेको हो । स्थानीयबासीले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले ६८ कार्टुन बिस्कुट, ३३ कार्टुन तन्ना, टेन्ट, ब्लांकेट र अन्य राहत सामग्री बरादम गरेको बृत्तका डिएसपी दानबहादुर कार्कीले अन्नपूर्ण पोस्ट् लाई बताए । ‘भूकम्पपीडितको राहत सामाग्री दोकानमा राखिएको सूचना पाएपछि चेकजाँच गर्दा मलेसियन व्यापारीकै दोकानमा फेला पारेका हौं’, डिएसपी कार्कीले भने, ‘साँखु र भक्तपुरका भूकम्पपीडितलाई सोमबार बाँड्ने गरी ल्याइएको राहत बदनियतपूर्वक सरकारी निकायलाई थाहै नदिई दोकानमा लगेको पाइयो ।’ दोकानमा राखेको राहत सामाग्री बरामद गर्न प्रहरी पुगेको सूचना पाएपछि नेपालका मलेसियन राजदूत फद्ली अदिल्हा आफैं केके मार्टमा पुगेका थिए । प्रहरी आएको खबर पाएर केके स्टोरका सञ्चालक पनि राजदूतसँगै दोकानमा आएका थिए । दोकानमा राखिएको राहत सामाग्रीबारे प्रहरीले कडिकडाउ गरेर सोधेपछि राजदूत फद्ली नाजवाफ बनेको प्रत्यक्षदर्शीले बताएका छन् । आइतबार साँझमात्रै काठमाडौं ल्याइ पु¥याएको राहत सामग्री दोकानमा भेटिएपछि राजदूतले त्यसको बचाउको प्रयास गरेका थिए । ‘हामीले राहत सामग्री दोकानमा राख्नुको कारणबारे सोधीखोजी गर्दा राजदूतले समेत जवाफ दिन सक्नुभएन । पानी परेकाले सडकमा नराखी दोकानमा ल्याएको जवाफ दिनुभयो’, डिएसपी कार्कीले भने, ‘दोकानमा राखिएको सामाग्री भन्सारमा प्रज्ञापनपत्र समेत नबुझाई ल्याएको पाइयो ।’ दोकानमा राखिएको राहत सामग्री बरामद गर्न प्रहरी पुगेपछि केके स्टोर अगाडि सयौं मानिस जम्मा भएका थिए । प्रहरी र राजदूतबीच भनाभन भएको दृश्य हेर्न मानिसको रमिता नै लागेको एक प्रत्यक्षदर्शीले बताए । दोकानमा राखिएको राहत सामग्रीबारे प्रहरीले अफ्ठेरो पार्ने बुझेपछि राजदूतले आफ्नो गाडीमै आएर कुरा गर्न डिएसपी कार्कीलाई प्रस्ताव गरेका थिए ।‘दोकानमा राहत सामग्री भेटिएपछि राजदूतले मलाई उहाँकै गाडीमा बसेर कुरा गर्न प्रस्ताव गर्नुभयो’, डिएसपी कार्कीले भने, ‘मैले कडिकडाउ गरेर सडकै या सामान राखिएको स्थानमै कुरा गर्ने भनेपछि शुरुमा झोक्किनुभएका उहाँले अन्तिममा गल्ती स्वीकारेर भोलि राहत बाँड्ने शर्तमा जानुभयो ।’ राहत सामाग्री दूतावास या सरकारले तोकेको राहत संकलन केन्द्रमा नराखी सरकारी निकायको समेत आँखा छलेर सिधै दोकानमा राखेको पाइएपछि प्रहरीले स्टोर नै बन्द गराएर प्रज्ञापनत्र लिएर पीडितलाई बाँड्न भनेको छ । दोकानमा राहत सामाग्री भेटिएपछि राजदूत अदिल्हाले हतारमा थन्क्याउने क्रममा गल्ती भएको भन्दै प्रहरी टोलीसँग माफी मागेका थिए । प्रहरीले राहत सामग्रीको प्रज्ञापनपत्र बुझाई जिल्ला प्रशासनबाट अनुमति लिएरमात्र उठाउने शर्तमा स्टोरमा ताला लगाइएको छ । - See more at: http://www.annapurnapost.com/N...
_____ · May 10, 2015 4:18 PM · 1,872 views
khopadi tod saaleka
Hydrogen Sulphide · May 11, 2015 5:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion