अमेरिकामा यी कामहरु गर्नु पूर्व होसियार रहनुहोला Posted by admin Date: May 07, 2015 in: Article Leave a comment 28001 Views अमेरिकामा यी कामहरु गर्नु पूर्व ३ पटक सोच्न सम्पुर्ण दाजु भाइ दिदिबहिनीहरु र महानुभाबहरुमा मेरो अनुरोध छ । नत्र तपाइ लाई बर्बाद पनि बनाइदिन सक्छन् । घर भाडाको सम्झौता, बिजुलिपानी, टेलिफोन,इन्टर्नेट्,जिबन बिमा, स्वास्थ बिमा, सम्पती बिमा, गाडी बिमा,भैपरी बिमा,अन्य सम्झौता, सर्तनामा र कागजात गर्दा नबुझी हस्ताक्षर्, स्विकृती वा हुन्छ नभन्नुहोला । नत्र तपाइलाई आर्थीक ठुलो नोक्सानी त पुग्छ्नै यस्ले तपाइको उठिबास र क्रेडिट ध्वस्त बनाइदिन्छ जसले तपाइको आमेरिका बसाइ लाई क्षणभर मा नै अस्तब्य्स्त बनाइदिन्छ । यी तपाइका गोप्य सुचनाहरु कदापी फोन र इन्टर्नेट मा नदिनु र नभन्नुहोला । तपाइको जन्म मिति, बसेको ठेगाना, सम्पार्क फोन, सोसियल कार्ड नम्बुर्,सवारी चालक नम्बर्,क्रेडिट्, डेबिट कार्ड । जसले तपाइको आइडेन्टिटी चोरी गरी तपाइलाई भुसुक्कै डुबाइदिन सक्छन् । बर्षमा ब्यक्तिगत १५ हजार डलर र पारिवारिक १९ हजार भन्दा बढी कमाउनु भएको छ र यसै आधारमा कर बुझाउनु भएको छ भने कृपया फुड्स्ट्याम्प, विक्, मेडिकिअर सुबिधा नताक्नु होला या त्यो सुबिधा झुक्कियर पनि नलिनु होला नत्र अमेरिकि सरकारले चाल पायो भने तपाइलाई कानुनि कारबाहि हुनेछ । र जेल पनि जानु पर्ने हुन सक्छ डाक्टर्, वकिल र बिमा कम्पनी मा गरिने खर्च कहिले पनि फर्किने छैन । यी ३ क्षेत्रमा खर्च गर्नु र बिस्वास गर्नु पुर्ब होसियार रहनुहोला । यी ३ अमेरिकाका सेता हात्ती हुन । अमेरिकामा रहनु हुने नेपालि दाजु भाइ दिदि बहिनिहरु होसियार रहनुहोला । तपाइहरुले आर्थिक कारोबार गर्दा वा आर्थिक सहयोग गरिरहनु भयको छ भने याद गर्नु होला। ९ सय ९९ डलर भन्दा बढिको चेक काट्नु, डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि चन्दा दान वा सहयोग कसैलाइ वा कुनै सस्थालाइ गर्नु भएको छ भने दान गरेको प्रमाण प्रत्र लिन नभुल्नु होला । नगद २ हजार डलर भन्दा बढि खल्तिमा बोकेर नहिड्नुहोला। ९ हजार ९ सय ९९ डलर भन्दा बढिको कारोबार, बैक बाट निकाल्दै हुनुहुन्छ भने, कसैलाइ सापटि वा सहयोग १० हजार वा बढि गर्नु भएको छ भने, कुनै सस्थाको खातामा १ हजार डलर भन्दा बढि कर नतिरेको रकम फेला परेमा सहयोग गर्ने मात्रै होइन खाता सन्चालन गर्ने ब्यक्ति वा समुह अमेरिकाको आन्तरिक राजस्व बिभागको कार्वाहिमा पर्नु होला । नियम कडा छ, ११ बर्ष पछि पनि समातिने हुन्छ। अमेरिकामा कागज हेर्छ, भनसुन र क्रोधनको कुनै सुनुवाइ हुने छैन्। ९ हजार ९ सय ९९ डलर भन्दा बढिको कारोबार गर्दा बडो साबधानि पुर्बक गर्नु होला। सुनिदैछ भुकम्प पिडितका नाममा सस्था मार्फत हजारौ डलर खातामा जम्मा भएको छ। जुन रकम ब्यक्ति पिच्छे बोकेर नेपालमा नेता बन्ने सुर कसैले गरिरहनु भएको छ भने अमेरिकाको आर्थिक ऐन मुद्रा कारोबारको कडा कानुनको फन्दामा पर्नु होला। अर्को कुरा अमेरिकाको सङ सस्था ५०१ सि को ३ अन्तर्गत दर्ता नभएका सस्थाहरुले चन्दा र सह्योग रकम उठाउन पाउदैनन्। सहयोग लिनेहरुले यहाको कानुन पालना नगरिदिदा सह्योग दिनेहरु पनि फस्ने हुदा मनलाग्दि ढङ्ले नहिड्नु होला। यी मेरा सुझाब हरु मात्र हुन । मान्ने नमान्ने, सुन्ने नसुन्ने तपाइहरु को आफ्नो स्वतन्त्राता हो । सुने तपाइहरु कै लागि फाइदाजनक र जिवन सहज हुनेछ । सानुबाबु सिलवाल http://uskhabar.com/?p=3717
cybernepali · May 9, 2015 5:31 AM · 47,160 views
@Writer...your intentions seems good but scare people, some of your comments are not what people do day to day life. Like people needs to know bill amt and service they get, but who the hell reads all the service contract. Not using ss , credit card no , over phone and Internet is not practical. Personal fund raising is not illegal, it's not true that only 501 c can raise fund, but those doners can have tax advantages. If you intent to write such article , write it clearly or don't write it. No info is better then , wrong one, at least they will be motivated to research and find correct one
Yaaku · May 9, 2015 6:47 AM
(बर्षमा ब्यक्तिगत १५ हजार डलर र पारिवारिक १९ हजार भन्दा बढी कमाउनु भएको छ र यसै आधारमा कर बुझाउनु भएको छ भने कृपया फुड्स्ट्याम्प, विक्, मेडिकिअर सुबिधा नताक्नु होला या त्यो सुबिधा झुक्कियर पनि नलिनु होला नत्र अमेरिकि सरकारले चाल पायो भने तपाइलाई कानुनि कारबाहि हुनेछ । र जेल पनि जानु पर्ने हुन सक्छ ) wtf this?? Last edited: 09-May-15 07:41 AM
stopwar · May 9, 2015 7:41 AM
"नगद २ हजार डलर भन्दा बढि खल्तिमा बोकेर नहिड्नुहोला" मैले बेलाबेलामा नगद २ हजार भन्दा बढी खल्तीमा बोकेर हिंड्ने गरेको थिएँ. येस्मा राजस्व बिभागबाट किन डर हुने ? कृपया प्रस्ट पारिदिनु हुन्छ कि ?
RebelCMX · May 9, 2015 12:44 PM
कस्तो खोकंते रहेछ यो | "घर भाडाको सम्झौता, बिजुलिपानी, टेलिफोन,इन्टर्नेट्,जिबन बिमा, स्वास्थ बिमा, सम्पती बिमा, गाडी बिमा,भैपरी बिमा,अन्य सम्झौता, सर्तनामा र कागजात गर्दा नबुझी हस्ताक्षर्, स्विकृती वा हुन्छ नभन्नुहोला । नत्र तपाइलाई आर्थीक ठुलो नोक्सानी त पुग्छ्नै यस्ले तपाइको उठिबास र क्रेडिट ध्वस्त बनाइदिन्छ जसले तपाइको आमेरिका बसाइ लाई क्षणभर मा नै अस्तब्य्स्त बनाइदिन्छ ।" के भन्न खोज्य हो यो | हस्तछर नगरी यो देशमा कुनै काम नै हुदैन | बरु के मा हस्तछर गरेको त्यो चाही पढ्नु पढ्छ | "बर्षमा ब्यक्तिगत १५ हजार डलर र पारिवारिक १९ हजार भन्दा बढी कमाउनु भएको छ र यसै आधारमा कर बुझाउनु भएको छ भने कृपया फुड्स्ट्याम्प, विक्, मेडिकिअर सुबिधा नताक्नु होला या त्यो सुबिधा झुक्कियर पनि नलिनु होला नत्र अमेरिकि सरकारले चाल पायो भने तपाइलाई कानुनि कारबाहि हुनेछ । र जेल पनि जानु पर्ने हुन सक्छ" एसले फुड्स्ट्याम्प फ्रौद भन्या होला | फुड्स्ट्याम्प भनेकै कमौना नसक्ने , परिवार पालना धौ धौ हुनेहरुको लागि हो , तेस्तै मेदिकयेर पनि हो | १५ हजार कमौनी हरु अति निम्न गरिबीको रेखा मुनि पर्छ , तेस्ताहरुले सुबिधा नलिए कसले लिनी | "नगद २ हजार डलर भन्दा बढि खल्तिमा बोकेर नहिड्नुहोला। ९ हजार ९ सय ९९ डलर भन्दा बढिको कारोबार, बैक बाट निकाल्दै हुनुहुन्छ भने, कसैलाइ सापटि वा सहयोग १० हजार वा बढि गर्नु भएको छ भने, कुनै सस्थाको खातामा १ हजार डलर भन्दा बढि कर नतिरेको रकम फेला परेमा सहयोग गर्ने मात्रै होइन खाता सन्चालन गर्ने ब्यक्ति वा समुह अमेरिकाको आन्तरिक राजस्व बिभागको कार्वाहिमा पर्नु होला । " यो भन्दा बढी कति हास्नु | २ हजार बोकौला र हराउला ठिकै हो , कारबाही गर्ने रे ? कुन चाही अमेरिका देख्या हो कुन्नि | १० हजार भन्दा बढी को कारोबार मा CTR (Currency Transaction Report )फाइल गर्नु पर्छ | बोलेतो IRS लै tax तिर्नु पर्छ र CTR पैसा दिने ले भरनी हो फेरि , लिने ले होइन | नेपाली हरुले नेपाली पारा देखाउनु भएन अमेरिकामा | Frachise tax board ले हद्दै गरे ब्याज माथि स्याज लगाउला , तर एस्तो अतिरन्जित कुरो गर्नी | लोंग स्टोरी शर्त , अमेरिकामा नेपाली पारा देखाउनु भएन | Last edited: 09-May-15 01:36 PM
bittertruth · May 9, 2015 1:36 PM
real talented students and h1bs struggle for years where as tori laurehas like this get dv lottery. Aba yeslay aru tore laurehas layee dhak dekhauna khojayko jasto cha. read the comment below left by him on that website: Sanu Babu Silwal · Corporate/advisor member at U.S. Chamber of Commerce Sandhaya Jee, Wic and food stamp and other financial benefitsdepends on income , they emphasis for low income and poor people. If you are making enoughmoney to make a live more than what government has income limit And you filetax, they will see everything under your social security number. yourpay stubs payroll is main basis to figure out your income level unless u get paid under the table Imean cash Money. U.S. A government does notlike anyone taking advantage from the government. You take benefit even though youmake enough money more than they allocated you will be trouble. That's how American system work. Thank you again for your concerned.
loperthapa · May 9, 2015 3:28 PM
Can someone ask him why in the world was he carrying 45K with him..:) http://www.observernewsonline....
himalaya178 · May 10, 2015 6:48 AM
Can someone ask him why in the world was he carrying 45K with him..:) http://www.observernewsonline....
himalaya178 · May 10, 2015 6:48 AM
lol Himalaya, I knew it there was something wrong in this article. Coaching people not to carry 2k and then he's himself on the news for carrying 45,000 dollars in cash. What a hypocrite !
stallon · May 10, 2015 9:32 AM
That news was from 2010, maybe he learned his lesson and is trying to share it with people like you who think they know everything.
shahi baba · May 10, 2015 9:52 AM
oh look who found it is from 2010 .. lol
stallon · May 10, 2015 10:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion