Can any one verify this news??

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रचण्डपुत्री रेणुको इशारामा लुटियो गोरखालाई आएको राहत काठमाडौँ, २३ वैशाख । गोरखाका भूकम्पपीडितका लागि भारतले पठाएको दुई बस राहत सामग्री एकीकृत नेकपा माओवादीका अध्यक्ष छविलाल दाहाल प्रचण्डको छोरी रेणु दाहालको इशारामा लुटिएको खुलासा भएको छ । आइतबार सप्तरीको भारदहमा एमाओवादीले भारतबाट आएको राहत गोरखा नलगी सिधा काठमाडौँ ल्याएको भन्दै राहत पठाउनेहरु खोजीका लागि काठमाडौँ आइपुगेका छन् । दाँत माझ्ने मञ्जनदेखि एउटा परिवारलाई आवश्यक राहतको साम्रगी भएको २ सय ५० प्याकेट राहत भारतको केयर इन्डियाले गोरखाका लागि केयर नेपाललाई पठाएको हो । भारतको भारदहबाट पठाइएको सामग्री त्यहाँबाट ट्रकमा ल्याइएपछि नेपालमा बसमा लोड गरेर गोरखा पठाउँदा गोरखा जाने बसलाई सीधा काठमाडौँ ल्याएर बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छेउमा अनलोड गराइएको भन्दै पीडितहरु काठमाडौँ आइपुगेका हुन् ।सामान खोज्न आएकामध्ये एकले हिन्दीमा भने, ‘हामीले सबै प्रक्रिया पूरा गरेर दुईसय ५० परिवारलाई १० लाख रुपैयाँको सामान पठाएका थियौँ, सप्तरीको भारदहबाट बस नियन्त्रणमा लिएर काठमाडौँमा सामान झार्ने काम भयो ।’ उनले भने, ‘त्यहाँ एमाओवादी कार्यकर्ता ज्योति झाले यो काम गरेको पाइयो र कसका लागि काम गरेको भन्दा अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालको इशारामा यो काम भएको भन्ने थाहा पाएपछि काठमाडौँ आएका हौँ ।’आइतबार गोरखाका लागि हिँडेको बस गन्तव्यमा नपुगेपछि केयर इन्डियाले खोजी सुरु गरेको थियो । खोजी क्रममा सप्तरीको भारदहबाटै राहत बोकेको बस गोरखा नपुगी काठमाडौँ आएको पाइएपछि उनीहरुले खोजी बढाएका थिए । सप्तरीका एमाओवादी नेता ज्योति झाले नै यो घटनामा प्रचण्डपुत्री रेणु दाहालको हात रहेको भनेपछि टोली खोजीमा काठमाडौँ आएर राजनीतिक दलका नेतासँग छलफलमा जुटेको हो ।राहत फिर्ताको पहलका लागि आएका टोलीका सदस्यलाई प्रचण्ड पुत्री रेणु दाहालले घटना सामसुम पार्दै पैसा लिएर जान दबाब दिएको बताइएको छ । टोलीका एक सदस्यले भने, ‘हामीलाई आजै १० बजे बोलाएका छन्, दुई घण्टा कुर्नुस् न डिटेलमा भन्छौँ ।’ उनीहरु १० बजे प्रचण्डपुत्री रेणुसँग भेटका लागि काठमाडौँमा बसिरहेका छन् ।भारतबाट आएको राहत यसरी बाटोमै गायव पारिएको यो पहिलो घटना हो । एमाओवादीका दुई बलशाली नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको  गृहजिल्लाका लागि एउटा सामाजिक संस्थाले पठाएको राहत पार्टी अध्यक्षकै परिवारका सदस्यबाट लुटिएको घटना राम्रो होइन । यसले एमाओवादीलाई विवादमा ल्याएको छ भने वास्तविक पीडितलाई राहत नपुग्ने पनि देखिएको छ ।प्रचण्डले कसरी बाँड्छन् राहत ? एमाओवादी नेता डा. भट्टराई गोरखामा राहत नपुगेको विषयमा लबिङ गरिरहेका छन् । उनी यो मुलुकमा शक्तिशाली पद प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । आफ्नो गृहजिल्लाका लागि उनले गरेको लबिङ अन्यथा होइन तर सामाजिक सञ्जालमा उनको आलोचना उस्तै भइरहेको छ । यद्यपि उनी आफ्ना नागरिकका लागि अहोरात्र खटिएका छन् ।यस्तै, अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश संविधानसभाको निर्वाचनमा उम्मेदवार भएको मकवानपुरको क्षेत्र नम्बर २ पुगेर गाउँमा राहत बाँड्दैछन् ।  पार्टी अध्यक्ष छविलाल दाहाल प्रचण्ड पनि हरिसिद्धि, सिन्धुपाल्चोक पुगेर राहत बाँडेर फर्किए । तर उनले बाँडेको राहतको स्रोत के हो ? भारतबाट आएको राहत सामग्री लुटिएपछि नागरिकले प्रश्न सोध्ने नै भए । कतै यस्तै लुटिएको राहत बाँडेर पो उनी लोकप्रिय हुन खोज्दैछन् कि ?उसो त उनका व्यापारिक साझेदार अजेयराज सुमार्गी पराजुलीले घोषणा गरेको पाँचकरोड रुपैयाँको राहत प्याकेजकै राहत बाँडिरहेको आरोप पनि लागेको छ । ‘प्रचण्डले जहाँ राहत बाँडेका छन्, त्यहाँ सुमार्गी समूहले राहत बाँड्ने घोषणा गरेको थियो,’ सुमार्गी समूहका एक पूर्व कर्मचारीले भने, ‘प्रचण्डले बाँडेको राहत विवादास्पद छ, उनले सुमार्गीले घोषणा गरेको प्याकेजको राहत बाँडेको हो होइन भन्नुपर्छ ।’यता, उनकै छोरीको इशारामा भारतबाट आएको राहत समेत लुटिएको र यसलाई नउचाली पैसा लिएर जान भन्दै छलफलका लागि बोलाइएको घटनाले पनि प्रचण्डले बाँडेको राहत थप विवादमा आएको छ ।                                                          –शोभित थपलियाhttp://edainikonlinekhabar.blo...

shahi baba · May 6, 2015 1:32 PM · 3,053 views

2 Replies

yesto kahte prachand ra tesko chor achori lai kian kasaile kehi angareko hola, US ma bhaye macnhe le k k agrisakthyo, sarkar sanga rustha huda.

divorceguy · May 6, 2015 6:51 PM

This is 100% true.

collegefootballrocks · May 7, 2015 7:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all