नेपाल मा केहि नया कुरा देख्यो कि सरकार निषेध गर्ने अघि सरि हाल्छ. सरकारसित यसरी निषेध गर्ने अधिकार कसरी आयो भन्ने चाही कसैले सोध्दैन. http://nagariknews.com/technol... बिनाअनुमति 'ड्रोन' उडाउन निषेध काठमाडौं-सकारले बिनाअनुमति मानवरहित यन्त्र 'ड्रोन' उडाउन निषेध गरेको छ। महाभूकम्पपछि केही दिनयता अनधिकृत रूपमा यस्ता यन्त्र उडाएको पाइएपछि निषेध गरिएको हो। महाभूकम्पपछि नेपाली आकासमा अनधिकृत रूपमा यस्ता यन्त्र उडाइ बहुमूल्य सम्पदाको तस्बिर लिने, निषेधित क्षेत्रको सूचना/तथ्यांक संकलन गर्ने र नेपालबारे गलत सन्देश प्रवाहित हुने गरेको सूचना विभिन्न स्रोतबाट प्राप्त भएपछि ड्रोन उडाउन निषेध गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले अध्ययन/अनुसन्धान प्रयोजनका लागि सरकारको सम्वन्धित निकायको स्वीकृति लिएर भने ड्रोन उडान अनुमति लिन सकिने जनाएको छ। तर, राज्यले निषेधित भनी तोकिदिएको क्षेत्र र विमानस्थल क्षेत्र बाहेक प्राधिकरणले तोकिदिएको हवाई क्षेत्र र निर्धारण गरेका सर्तभित्र रहेरमात्र उडान गर्न पाइने छ। प्राधिकरणको नागरिक उड्डयन नियमावली २०५८ बमोजिम ड्रोन उडान निषेध गरिएको हो। 'कसैले अनुमति बेगर अनधिकृत रूपमा ड्रोन उडान गरे वा गराएको पाइए प्राधिकरण ऐन २०५३ को दफा (२५) को उपदफा (३) बमोजिम कारबाही हुने छ,' प्राधिकरणले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।
cardinal · May 6, 2015 12:09 PM · 9,391 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion