महाभूकम्पमा जोगिएको घर अमेरिकी विमानले उडाइदियो Published: May 6, 2015 बुधबार, 23 बैशाख, 2072 5:10 AM (GMT) काठमाडौं–बैशाख १२ गते गएको महाभूकम्पमा पनि केही नभएको दोलखाको जिल्ला विकास समितिको पुरानो भवन अमेरिकी लडाकु विमान ओस्प्रेले भत्काइदिएको छ । राहत सामग्री लिएर दोलखाको सदरमुकाम चरिकोटस्थित टुँडिखेलमा अवतरण गर्ने क्रममा उक्त विमानले विध्वंश मच्चाएको हो । उक्त विमान टुडिखेलमा अवतरण गर्ने क्रममा त्यस वपरपरका घरहरु भूकम्प आएजत्तिकै हल्लिएर भत्किएका थिए । सोमबार र मंगलबार गरी २ पटक चरिकोटमा अवतरण गरेको उक्त विमानले ठूलै क्षति पु¥यायो । सोमबार विमान अवतरणको क्रममा जिल्ला प्रशासन कार्यालयको सुरक्षा गार्ड पोस्ट नै ढल्यो । घरहरु हल्लिँदा जिल्ला प्रशासन कार्यालयका झ्यालका सिसा फुटे । दोस्रो दिन मंगलबार ओस्प्रे चरिकोटमा अवतरण हुँदा जिल्ला प्रशासन कर्मचारी भवनको छानो नै उडायो । राहत लिएर गएको ओस्प्रेको वितण्डाबाट आजित भएका जिल्ला प्रशासनका कर्मचारीले विमान तेस्रो पटक अवतरण नहोस भनेर टुँडिखेलमा मोटर र मोटरसाइकल लगेर राखे । तर पनि तेस्रो पटक विमान अवतरणको प्रयास गरेको थियो । अन्तिममा अवतरण नगरी फर्कियो ।‘विमानले २ पटकमा करीब ३ सय केजी पाल ल्याएको छ । हजारको सामान ल्याएर लाखको क्षति गराइदियो’ दोलखाका स्थानीय विकास अधिकारी रशेमलाल कँडेलले भने ।विमान अवतरणकाे क्रममा थप क्षति पुग्ने भएपछि अमेरिकी विमान ओस्प्रेलाई अवतरण गर्न दोलखा प्रशासनले रोक लगाएको छ। भारतीय हेलिकोप्टरले राहत सामग्री कम बोकेको र सम्बन्धित स्थानमा नगएको भन्दै रोक लगाइरहेका बेला अमेरिकाबाट आएको विमानलाई पनि रोक लगाइएको हो । सामान थोरै ल्याउने र अवतरण गर्दा धेरै विनाश गर्ने उल्लेख गर्दै दोलखामा उक्त विमान अवतरण गर्न उपयुक्त स्थान नभएकाले नआउन आग्रह गरिएको प्रजिअ प्रेमलाल लामिछानेले जानकारी दिए। उनले अमेरिकाको सहयोग अतुलनीय भएको भन्दै साना हेलिकोप्टरमार्फत सामान ल्याइदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । भूकम्पबाट चर्किएको जिल्लाका धेरै घर अमेरिकी विमान अवतरण हुँदा हल्लिने र झ्यालका सिसा फुटेको भन्दै स्थानीयले विरोध जनाएका थिए । सोमबार बेलुकी पहिलोपटक आएको उक्त विमान अवतरण हुँदा जिल्ला प्रशासनको सेक्युरेटी गार्डको पोस्टको छानो उडाउनुको साथै प्रशासनको सिसासमेत फुटेको थियो।जिविसको पर्खाल र जिल्ला प्रशासनको एउटा भवनको छानो उडाएपछि अवतरणका लागि रोक लगाइएको प्रजिअ लामिछानेले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । http://www.nepalipatra.com/new...
cybernepali · May 6, 2015 7:58 AM · 13,191 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion