भगवानको पुजा गर्ने साइत कुर्दै गर्दा परिवारका १७ जना एकै चिहान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गोपीकृष्ण ढुंगाना | २०७२ बैशाख २१ सोमबार काठमाडौं : अघिल्लो शनिबार ११ बजेर ५७ मिनेटमा देउता बिछ्याउने साइत थियो। स्वयम्भू छेउ शोभाभगवतीका भरतमान प्रधान आफ्नै घरमा सप्ताहको पूर्वांग साइतमै देउता पुज्ने तरखरमा थिए। ब्राह्मणले भने, 'ल अरू कुरा गर्दै गरौंला, साइत आउन एकदुई मिनेटमात्र बाँकी छ, पूजा सामग्री ल्याउनोस् सुरु गरिहालौं।'   भरतकी पत्नी ६९ वर्षीया चन्द्रवदन पूजा सामग्री ल्याउन माथिल्लो तलामा चढिन्। सटर भएकाले भरत भने भित्र जान तल ओर्लिए। छेवैमा रहेको आफ्नै ग्यारेजमा ह्याम्मर र हँसिया देखे उनले। यिनलाई पनि भित्रै लैजान्छु भन्ने सोच्दै अघिमात्र बढेका थिए, ठूलो आवाज आयो। सबै भुइँचालो... भुइँचालो... भन्दै चिच्याए।   काकाका छोरा कमलबहादुर श्रेष्ठले उनलाई पाखुरामा च्याप्प समातेर बाटोतर्फ ताने। 'हुत्तिँदै अघि बढ्दा जमिन फुट्यो, अब म यहीँ त पर्दिनँ भनेर भागें', शोभाभगवती मन्दिर परिसरमा आइतबार मध्याह्न कपाल खौरिइरहेका भरतले अन्नपूर्णसँग भने, 'घरभरि मान्छे भएकाले यसो पछाडि फर्किएर हेर्दा साढे चारतले आफ्नो घर आफैंतिर लड्दै थियो।'उत्तरतर्फ चार मिटर र पूर्वतर्फ तीन मिटर सडक रहेको उक्त घर पूर्वतर्फ लड्दा जहाँसम्म पुग्यो त्यसको सिमानासम्म पुग्न भ्याएका भरत भने सकुशल रहे। उनी त बाँचे तर आधा मिनेटअघिसम्म सँगै रहेकी पत्नीले भने 'ऐय्या' सम्म भन्न भ्याइनन्।    पत्नीमात्र होइन, सप्ताहमा सघाउन आएका साली रत्ना श्रेष्ठ, पद्मा अमात्य र केशवदन गुरुवाचार्यको पनि सोही घरभित्रै ज्यान गयो। घरायसी कामले ढिलो आउँछु भनेकी कान्छी साली भने बचिन्।   सालीहरूसँगै भरतले ८३ वर्षीय ससुरा हरिप्रसाद श्रेष्ठ र सासू ठकुलक्ष्मीलाई पनि गुमाए। अघिल्लो शनिबार ११:५६ बजे गएको ७.६ रेक्टर स्केलको भूकम्पले भरतको परिवारका जेठी छोरी ४३ वर्षीया हेमलता प्रधान र जेठा छोरा ४२ वर्षीय सुन्दरमानलाई पनि सधैंका लागि लग्यो।   जेठी बुहारी सरस्वती र उनका छोरीहरू सफलता र अनुराधा संयोगले बाँचे। पूजा लगाउने ठाउँमै रहेकाले कान्छी छोरी पुष्पलता पनि भाग्न सफल भइन्। भरतको घरमा सुरु हुन लागेको सप्ताहका लागि धेरै आफन्त, छिमेकी र पाहुना आउन बाँकी नै थियो।    'सुरुआत भएकाले पूजामा व्यस्त १७ जनाको मात्रै ज्यान गयो, नत्र कतिको ज्यान जान्थ्यो भन्न सकिन्न', भरतका भतिज कमलले भने, 'कतैबाट पनि मन बुझाउने ठाउँ रहेन काकाको।'   उनका अनुसार नजानू भनेको नमानी सुन्दरमान लिभिङ रुममा खेलिरहेका केटाकेटी बचाउन भित्र छिर्दा ज्यान गएको थियो। भरतले भतिजी दुर्गा प्रधान, सुन्दरका सालाकी पत्नी विनिता श्रेष्ठ, सुन्दरकै जेठानकी पत्नी एलिस राजभण्डारी र एलिसकै तीन वर्षीय छोरा आर्जनलाई पनि आफ्नै घरमा निधन भएको हेर्नुपर्‍यो।   कान्छी छोरीपट्टिकी पाँच वर्षीया नातिनी पूर्वानी श्रेष्ठ, काका पर्ने ६० वर्षीय उत्तम श्रेष्ठ र सप्ताहभरि खाना पकाएर खुवाउन सघाउन बोलाइएकी रामकोटकी ५२ वर्षीया लक्ष्मी सुवेदीले पनि एकै चिहान हुनुपर्‍यो।    कमलले भूकम्पपछि सुरक्षाकर्मीको टोलीबिनै २१ जनाको उद्धार गरेको बताए। उनका अनुसार उद्धार गरी भरतकी सम्धिनी चञ्चलादेवी श्रेष्ठलाई छाउनीस्थित सैनिक अस्पताल र भरतकी पत्नी चन्द्रवदन र नातिनी पूर्वानी श्रेष्ठलाई सोह्रखुट्टेस्थित मनमोहन अस्पताल पु:याएपछि निधन भएको थियो।    भरतले शास्त्रीय मान्यता सुनेका थिए, 'एउटाले राम्रोसँग सप्ताह गर्दिए २७ कुलको उद्धार हुन्छ।' सोहीअनुसार उनले बुबा, आमा, बाजेबज्यैलगायत पितृको उद्धार, मावली र ससुरालीका साथै सन्तान खलकमा अगति परेर निधन भएकाहरूका नाममा सप्ताह लगाउन सुरु गरेका थिए।    'के सोचेंको थिएँ, के भयो अहिले! क ल्पनासम्म नगरेको जनधनको क्षति भयो', भरतले भने, 'मभन्दा भाग्यमानी कोही छैनजस्तो लाग्थ्यो तर अहिले मभन्दा अभागी कोही रहेन भन्ने लागिरहेको छ।'   नेपालमा महाभूकम्प जाँदा भरतका कान्छा छोरा विष्णुको तीनजनाको परिवार अमेरिकाको न्युयोर्कमा थियो। 'अमेरिकामा रात परेको थियो।    फेसबुकमा नेपालमा भूकम्प गएको खबर छ्याप्छ्याप्ती भयो', मंगलबार काठमाडौं आएका विष्णुले भने, 'बुबालाई फोन गरें लागेन, दाजुलाई गरें उठेन। त्यसपछि फेसबुकमा आई कुड नट कन्ट्याक्ट विथ माई फेमिली लेखें र सुतें।'   केही सीप नलागेपछि आइतबार बिहान ससुरालीबाट बुझ्न पठाए उनले। उनले थपे, 'नेपालबाट गएको फोनले मलाई स्तब्ध बनायो। के गरौं कसो गरौं, कसलाई के भनौं भएँ। केही सोच्नै सकिनँ।' - See more at: http://www.annapurnapost.com/N...

shahi baba · May 5, 2015 8:38 PM · 2,987 views

3 Replies

How can people be so clueless to keep going after God? If you believe in God how do you explain such a calamity? Did God plan this? Did god save you because you are special and killed everyone else?

shahi baba · May 6, 2015 8:49 AM

Everything is pre planned my friend (by god) . Take it easy.

facebook · May 6, 2015 11:05 AM

आयो टप्प टिप्यो मिती पुग्यो टारेर टर्दैन न् त्यो । लाखौं बिन्ती गरौ ------------ यो कबिता पढ्नु भएको छ ? कबिले प्रकृतिको व्याख्या गर्नु भएको छ प्रकृतिले आफ्नो धर्म निभायो | अनी भगवान सँग एस्को केही सरोकार छैन | Rather I will like to point out the location of the house as well the use of materials. काम चली हाल्छ र चलाइेको कारण्का नतिजा हुन। You can see the rod size shrieked to pinky size, Valley has been using sand with soil for a long time, (people are trying to wash away it is almost impossible lack of water ) and the combination of cement are the major factors of collapsing houses. Those two house on the corner of Ring-road and Tokha were built on the bank of stream which has very soft land and moved down on EQ. Houses built under such situation were always vulnerable. And you can not blame anybody but the god inside you. Another story: a house between two tall RCC building was built 5 stories without pillars, it was down to ground , You want to blame god again?  The collapsed pillars houses were running Lodging business, owner is not living there and compromised on every angle it should not be.    Last edited: 06-May-15 06:15 PM

MaGorkhe1 · May 6, 2015 6:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all