कलाकार महोदय ! राहतका नाममा विदेशमा रमिते नबन्नुहोस् ! एक मुठ्ठी श्वासका लागि कसैको अगाडि भिख नमाग्ने जनता हुन् नेपाली । आफ्नै बलले आफूलाई सिर्जित गर्न सक्ने र उभ्याउने साहस छ नेपालीमा । यसैले, नेपालीहरु गरिब होलान्, तर आफ्नो इज्जत बेच्दैनन् । स्वाभिमानी छन्, सडकमा मागेर हिँड्दैनन् । अहिले महाभूकम्पका कारण नेपालीको शरीर दुखेको छ, तर हिम्मत हारेको छैन । धरहरा भाँच्चिएको छ, तर साहस ढलेको छैन । महाभूकम्प आएपछि विश्वबाट नै सहयोगका राशी आइरहेका छन् । तर, महाभूकम्पको रकम संकलन गर्ने र राहत वितरण गर्ने नाममा चर्चाको लोभ पनि देखिएको छ । अमेरिकामा बस्ने केही नेपाली कलाकारले राहतका नाममा सडकमा हात फैलाए । भलै, उनीहरुले सहयोगका लागि हात फैलाउँदा रकम पनि जुट्यो होला । तर, त्यसले नेपालीको इज्जत र सम्मान कहाँ पुग्यो, त्यो सोच्ने कि नसोच्ने ? नेपालीसँग खानका लागि १ डलर पनि छैन, नेपालीहरु गरिब छन् भन्ने सन्देश विश्वसामु किन छर्दैछौं हामी ? बाकस बोकेर सडकमा आउनु पहिले के कुनै कलाकारले १ रुपैयाा गोजीबाट झिके ? अरुसँग हात फैलाउनु अघि हामीले आफैले आफ्नो गोजीबाट कटाएर कति रकम सहयोग गर्यौं त ? आजसम्म हेर्ने हो भने विश्वमा बस्ने कुनै पनि नेपाली कलाकारले आफ्नै गोजीबाट १ डलर निकालेका छैनन् । अरुले गरेको सहयोगलाई यति गरे र उती गरे भनेर प्रचारवाजी मात्र गरिरहेका छन् । हो, नेपालीलाई यतिबेला सहयोग चाहिएको छ । तर, सहयोग माग्ने नाममा आफ्नो स्वाभिमान नबेचौं । नेपालीसँग पैसा छैन भन्ने भ्रम विश्वलाई नछरौं । नेपालीहरु यस्ता विपत्तमा खान नपाएर भोक भोकै मर्दा रहेछन् भन्ने सन्देश के हाम्रो स्वाभिमानका लागि स्वीकार्य छ र ? बरु कुनै कार्यक्रम गर्नुहोस्, रेष्टुरेन्ट वा हलमा मानिसहरुलाई कुनै न कुनै तवरले आकर्षित गरेर रकम संकलन गर्नुहोस् । तर, विश्वका विभिन्न सडकमा बाकस बोकेर रमिते नबन्नुहोस् । पहिले आफूले के दिएँ भन्ने सोच्नुहोस् । देशलाई मगन्ते नबनाउनोस् । http://www.onlinekhabar.com/20...
metta · May 5, 2015 11:48 AM · 5,988 views
सञ्चारमन्त्री रिजाल भन्छन्, ‘मलाइ प्रचार चाहिएको छैन, म किन भूकम्पपीडितलाई पैसा दिउँ’ (भिडियो सहित) भूकम्पपीडितलाई सहयोग गर्ने बाँकी सबै प्रचारका लालची हुन् त ? काठमाण्डु, २२ वैशाख– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकप्रियताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा आफूले पैसा नदिने बताएका छन् । आहतमा राहत नामक टेलिभिजन कार्यक्रममा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै उनले सो कोषमा पैसा नदिने स्पष्ट पारेका हुन् । कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘ म खान्दानी धनी हुँ, तर पपुलिस्ट हुन भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा पैसा दिन्न ।’ सञ्चारमन्त्री रिजालको यो भनाइले तरंग ल्याउन निश्चित छ । किनभने अहिले भूकम्पपीडितका लागि मूलुकभित्र र बाहिरबाट धेरैले पैसा जम्मा गरिरहेका छन् । मन्त्री रिजालको भनाइ विश्लेषण गर्ने हो भने त्यसरी पैसा जम्मा गर्नेहरु सबै सस्तो लोकप्रियताका लालची हुन् । उनीहरुले मानवीयताको कारण सहयोग गरेका हैनन् । गरिब देशका धनी मन्त्रीमा रिजाल पनि पर्छन् । तर उनले भूकम्पपीडितका लागि व्यक्तिगत कुनै सहयोग गरेका छैनन् । मन्त्रीहरुले एक महिनाको तलब दिने भन्ने निर्णय सामूहिक थियो । उद्धारको वहानामा नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा बलका सुरक्षाकर्मीहरु काठमाण्डुमा घुमिरहेका छन् । तर मन्त्री रिजालले यो विषय आफूलाई थाह नभएको जवाफ दिएका छन् । भिडियो फुटेज नै देखाएर मन्त्री रिजाललाई प्रश्न सोधिएपछि उनले लाइभमा बोलाएर अफ्ठयारो पार्न खोजेको प्रतिक्रिया दिएका थिए । मन्त्री रिजालले भूकम्पमा घर गुमाएकाहरुका लागि नयाँ आवास क्षेत्र घोषणा गर्ने पनि बताएका छन् ।(मन्त्री रिजालको अन्तर्वार्ता हेर्न तलको लिंकमा जानुहोस्) http://kathmandutoday.com/2015... Minendra Rijal's Facebook: I deplore the misreporting about my interview done by a so called online news. It reports just the opposite of what I said in the interview. I said the organisation I am associated with will donate. I added that we have donated in past, will donate soon enough this time. I also asked to check within a month to find out we would have donated to the relief fund. And also the account on my answer about Indian BSF presence is fabricated. I would like to request everyone to watch the interview posted as link in the portal to verify the facts. Even if you do not have a lot of free time, please watch the last 15 minutes of interview. That will clarify the wrong allegation. The link to the interview in YouTube is as below: https://www.youtube.com/watch?...
metta · May 5, 2015 11:54 AM
एक मुठ्ठी श्वासका लागि कसैको अगाडि भिख नमाग्ने जनता हुन् नेपाली । आफ्नै बलले आफूलाई सिर्जित गर्न सक्ने र उभ्याउने साहस छ नेपालीमा । यसैले, नेपालीहरु गरिब होलान्, तर आफ्नो इज्जत बेच्दैनन् । स्वाभिमानी छन्, सडकमा मागेर हिँड्दैनन् । अहिले महाभूकम्पका कारण नेपालीको शरीर दुखेको छ, तर हिम्मत हारेको छैन । धरहरा भाँच्चिएको छ, तर साहस ढलेको छैन Really? then who are the ones who sell their women and daughters in india and middle east?who are the ones who decieve and loot the poor labourers in malasiya and saudi?which nation fights for foreign nations political agendas for whole 2 centuries and still takes pride on that?who are the ones who sell their land and homes to work as loaders and coolies for less than 100 bucks a month leaving far better job options at home?where do those illegal immigrants come who make fake cases of being gay/royalist/christian and thus descriminted? which folk trades his culture/religion for a sack of rice and tin roofs? these are just emotional bs, we are not a great lot of people,and we are getting leaders from among us ,so they are also shit
shiva_linga · May 5, 2015 8:26 PM
but i think Nepalese are begging for help rt now, every Facebook has a relief fund asking money, every streets people are telling others to donate, toy bhig namageko bahye k ho ta?
divorceguy · May 6, 2015 7:02 PM
I have begged with each one that I know of and glad that I could help some of my people in need..i wouldn't be hesitant to do that again if needed..
JaiPashupatinath · May 6, 2015 11:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion