ट्विटरमा भारतीय मिडियाको चर्को आलोचना 03 May 2015 | 13:39pm आइतबार २० बैशाख, २०७२ नागरिक 0 Comments 1 2 3 4 5 (1 Vote) काठमाडौं– भूकम्पपछि नेपाल ओइरिएका भारतीय मिडियाले संवेदनाहीन समाचार सम्प्रेषण गरेको भन्दै ट्विटरमा चर्को विरोध भइरहेको छ। #GoHomeIndianMedia ह्यासट्याग राखेर नेपाललीलगायत विश्वभरिबाट ट्विट हुने क्रम जारी छ। ट्विटर प्रयोगकर्ताहरुले भारतीय मिडियाकर्मीकै कारण हेलिकोप्टरबाट चाहिनेमात्रामा उद्धार हुन नसकेको उल्लेख गरेका छन्। भारतीय मिडियाले मानवता बिर्सेर समाचार सम्प्रेषण गरिरहेको भन्दै ट्विटर प्रयोगकर्ताहरुले चर्को आलोचनासमेत गरेका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय मिडिया आजतक, टाइम्स अफ इन्डिया, जीन्युज, एबिपिन्युज, एनडिटिभी र भारतीय पत्रकारहरुलाई मेन्सन गर्दे ट्विट गरिरहेका छन्। यो ह्यासट्यागमा भारतीय ट्विटर प्रयोगकर्ताले समेत समर्थन जनाएका छन्। अहिले यो ह्यासट्याग भारतमा ट्विटर ट्रेन्डिङको पहिलो नम्बरमा छ। यो समाचार तयार पर्दासम्म वल्डवाइड यो ह्यासट्याग चौथो नम्बरमा छ। भारतीय पत्रकारहरुको हर्कतलाई लिएर नेपाली अधिकारीसमेत हैरान भएको अवस्थामा सोसल मिडियामा उनीहरुविरुद्ध आवाज चुलिएको हो। - See more at: http://nagariknews.com/society...
_____ · May 3, 2015 7:32 AM · 1,385 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion