फ्लोइड मेवेदरले म्यानी प्याकियाओलाई हराए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा वाशिंगटन डिसी अमेरिकाका अपराजित प्रसिद्ध बक्सिङ्ग (मुडकी)का सम्राट फ्लोइड मेवेदरले फिलिपिन्सका बिश्व प्रख्यात म्यानी प्याकियाओलाई पराजित गरेका छन् l अमेरिकाको लस भेगासको एमजीएम ग्रान्ड गार्डनमा भएको ईतिहास कै सबै भन्दा महँगो खेल बक्सिङ्गमा मेवेदरले अंकको आधारमा म्यानी प्याकियाओलाई हराएका हुन् l उक्त भिडन्तमा मेवेदरले दुई वटा निर्णायकबाट क्रमश ११६– ११२ अंक प्राप्त गरेका थिए भने तेश्रो निर्णायकबाट ११८–११० अंक प्राप्त गरेका थिए । २००९ देखि नै दुई खेलाडी बिच भिडन्त गराउन अथक प्रयास गरिएता पनि अन्तत्वगत्वा २०१५ मा ब्रम्हाण्ड कै घगडान दुई बीच भिडेका थिए l अहिले सम्म कै ईतिहासको सबै भन्दा ठुलो राशि भएको खेलमा मेवेदरले म्यानी प्याकियाओलेलाई पराजित गर्दै डब्लुबिए वेल्टरवेट तौल समुहको प्रतिस्प्रधामा विजय हासिल गरेका छन् l प्रतिरक्षाका उस्ताद मेवेदरले लगातार ४८ पटक बिजयी गर्दै यो शताब्दी कै सर्बोकृष्ठ मुडकीवाज बनेका छन् l फिलिपिन्सका म्यानी प्याकियाओ २०१२ मा लगातार दुई पटक पराजित भए पनि २०१३ देखि लगातार ३ पटक बिजयी भएका थिए l तेज तथा कडा मुड्कीको प्रहार गर्न सिपालु प्याकियाओले अनुमान गरे अनुसार मेवेदर संग खेल देखाउन सकेनन l अहिले सम्मको ईतिहासमा म्यानी प्याकियाओले फ्लोइड मेवेदर जस्ता प्रख्यात खेलाडी संग कहिले पनि भिडेका थिएनन् भने फ्लोइड मेवेदरले पनि म्यानी प्याकियाओ जस्ता उत्कृस्ट खेलाडी कहिले पनि सामना गरेका थिएनन l विश्वका प्रख्यात पूर्व बक्सिङ्ग खेलाडीहरु महमद अलि ,जर्ज फोरम्यान ,माइक टाइसन ,होलिफिल्ड ,सुगर रे ,मिगल कोटो ,टिमोथी ब्राडली,क्रिस अल्जेरी ,अस्कर दे ला होया ले म्यानी प्याकियाओको जित्ने भबिष्य वाणी गरेका थिए l प्रशंसकहरुको लागि आफुले खेलेको भन्दै आएका म्यानी प्याकियाओको हारले खेल प्रेमी ,उनका प्रशंसक तथा बिश्व भर दुखि भएका छन् l फ्लोइड मेवेदरले यो खेल पछि अवकास लिने मनस्थितिमा रहेका थिए भने उनको जित पछि उनका प्रशंसक ज्यादै हर्षित भएका छन् l भिडन्त हुनु भन्दा अगाडी प्रतक्ष्य प्रसारणमा बिश्व भर गरिएको मत सर्वेक्षणमा म्यानी प्याकियाओको पक्षमा ५८ प्रतिसत र मे वेदरको पक्षमा ४२ प्रतिसत मतले जित्ने मतदानले देखाएको थियो l ट्वीटरमा ६७ प्रतिसतले प्याकियाओले जित्ने भनि मतदान गरेका थिए भने ३२ प्रतिसतले मात्र मे वेदरले खेल जित्ने छन् भनि मतदान गरेका थिए l पराजित भएका म्यानी प्याकियाओले नेपालमा गएको विनासकारी भूकम्पले जनधनको ठुलो क्षति भएकोमा तालिमलाई थाती राख्दै दुख व्यक्त गरेका थिए l प्याकियाओले यस दुखद घडीमा धैर्य धारण गर्न सक्ने आत्मबल नेपाली जनतालाई मिलोस भनि अनुहार किताब मार्फत लेखेका थिए l जित हार जे भएता पनि यो खेल पुन खेलाइने भनि सम्झौता नगरिएको जनाईएको थियो l खेल समाप्त हुन साथ मे वेदरले आफुले जितेको महसुस गर्दै खुशियाली मनाउन सुरु गरेका थिए भने म्यानी प्याकियाओले आफुले जितेको होला भन्ने ठानेको बताएका थिए l

mahoday · May 3, 2015 6:49 AM · 12,205 views

4 Replies

को हुन् यी मुजीहरु | तातो न छारो !!

stallon · May 3, 2015 11:11 AM

It is clear that you translated this from some other news source. That makes you a translator, more than a reporter. If you had watched it yourself, you'll not miss to write them talking about Nepal earthquake tragedy before they started the match.

metta · May 4, 2015 6:32 PM

@mahoday: Bitch, what's the point of your post?

supernova_nepal · May 4, 2015 6:40 PM

Bitch plzzz....arghhhhhh that fcking game was ....

stallon · May 4, 2015 8:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all