भारतीय सेनाका पूर्वअधिकृत भन्छन्, ‘भारतीय मिडियाले नेपाललाई भारतको प्रान्तको रुपमा प्रस्तुत गरिरहेको छ’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भारतीय सेनाका पूर्वअधिकृत भन्छन्, ‘भारतीय मिडियाले नेपाललाई भारतको प्रान्तको रुपमा प्रस्तुत गरिरहेको छ’   प्रकाशित मिति: 2:35:34 pm, May 03, 2015  काठमाडौं, वैशाख २० – भारतीय मिडियाले नेपालको विनाशकारी भूकम्पबारे गलत प्रचार गरिरहेको र अनावश्यक हस्तक्षेप गरिरहेको कुरा उठिरहेको छ । यही बेला भारतीय सेनाका पूर्वअधिकृतले समेत भारतीय मिडिया नेपालमा असफल भएको टिप्पणी गरेका छन् । इन्डियन डिफेन्स रिभ्युका एसोसिएट इडिटर तथा पूर्व कमान्डिङ अफिसर दानवीर सिंहले भारतीय मिडियाले भारतीय सेनाले नेपालमा गरिरहेको उद्धार र राहत अपरेसनलाई भारतको कुनै प्रान्तमा गरिरहेकोजस्तो गरी प्रचार गरिरहेको टिप्पणी गरेका हुन् । ‘नेपालको विनाशकारी भूकम्पमा भारतीय टेलिभिजनका पत्रकार त्यहाँको हरेक दिनको त्रासदिलाई क्यामरामा कैद गरिरहेका छन् । भारतीय सेनाले आफ्नो छिमेकी राष्ट्रमा गरिरहेको सहयोग हरेक पल देखाइरहेका छन् । यसले उनीहरुको टेलिभिजन रेटिङ बढेको छ । तर, यसरी समाचार संकलन गरिरहँदा उनीहरुले आफूहरु भारतमा नभएर अर्कै देशमा रहेको भन्ने कुरा भुलिरहेका छन्,’ उनले लेखेका छन् । उनले भारतीय सेनाले नेपालमा सञ्चालन गरिरहेको अपरेसनलाई भारतकै कुनै प्रान्तमा गरिरहेको जसरी प्रस्तुत गरेकोमा आपत्ति समेत प्रकट गरेका छन् । ‘यसलाई नियन्त्रण गर्न भारतीय सरकारले तुरुन्त कुनै कदम चाल्न आवश्यक छ,’ उनले लेखेका छन् । त्यस्तै, उनले भारतीय सेनाले त्यहाँ अनावश्यक हस्तक्षेप गरेर आफैँ नेतृत्व लिनुभन्दा पनि नेपाली सेनाको सहयोगीको रुपमा काम गर्नुपर्ने सुझाव समेत दिएका छन् । नेपालको स्वाधिनता र संवदेनशीलतालाई ख्यालमा राखेर भारतीय मिडिया र सेनाले काम गर्नुपर्ने उनको धराणा रहेको छ । - See more at: http://www.ratopati.com/2015/0...

_____ · May 3, 2015 5:16 AM · 1,512 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all