विमानस्थलमा भारतीय पत्रकारको यस्तो दादागिरी, ‘हमे रोक्ने वाला तु कौन हे ?’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पोखरा विमानस्थलमा भारतीय पत्रकारको यस्तो दादागिरी, ‘हमे रोक्ने वाला तु कौन हे ?’ शनिबार बिहान पोखरा विमानस्थलमा अचम्मको दृष्य देखियो, जुन दृष्य आम नेपालीका लागि अपाच्यनै थियो । दुई जना भारतीय सञ्चारकर्मीहरुले नेपालका सुरक्षाकर्मीमाथि धावा बोले । भारतीय सञ्चारकर्मिहरुले उनीहरुमाथि शक्ति प्रदर्शन गर्दा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलका जवानहरु मुकदर्शक मात्रै बनिरहे । ‘भारतीय सञ्चार माध्यममा काम गर्छौ’ भन्ने दुई जना पत्रकार शनिबार विहान ८ बजे पोखरा विमानस्थलको भित्रि गेटबाट प्रवेश गर्न खोज्दा उनीहरुलाई नेपाली सुरक्षाकर्मिले रोके । ‘आज शनिबार हो, कुनै आदेश विना सञ्चाकर्मिहरुलाई भित्र प्रवेश गर्न नदिनु भन्ने आदेश छ’ भन्दै नेपाल प्रहरीका एक जवानले उनीहरुलाई त्यहाँ रोकेका थिए । उनले ति सञ्चारकर्मिहरुलाई यति मात्रै के भनेका थिए, उनीहरुले एकाएक ति प्रहरी जवानमाथि हातपात गर्दै ‘हमे रोक्ने वाला तु कौन हे ?’ भन्दै थर्काए । उनीहरुले विभिन्न धम्कि दिदै थर्काएपनि ति जवान भने पछि हटेनन् । उनले तिनिहरुलाई प्रवेशमा रोक लगाइरहे । डिउटीमा रहेका आफ्ना जवानमाथि हातपात भएको देखेपछि गेटको जिम्मेवारी सम्हालेका सई आइपुगे । भारतीयहरुले गरेको ज्यादती देखेर उनको रगत तातिसकेको थियो । उनले ति दुवैजना भारतीय सञ्चारकर्मिहरुलाई पछाडी हट्न आदेश दिए । तर उनीहरु मानेनन् । र उनलाई पनि औला ठड्याँउदै भने– ‘तु हमे पहेचानता नहि, हमारा पहुँच उपर तक हे । हम चाहे तो यहाँ कुछ भि कर सकते हे, हमे रोकने वाला तु भला कौन हे ?’ उनीहरुको यस्तो कुराले डिउटी इन्चार्ज सइको पनि रिसको सिमा रहेन । उनले पनि भारतीयहरुलाई उनीहरुकै भाषामा जवाफ दिए ‘ ए हमारा नेपाल हे, यहाँका सुरक्षा जिम्मा हमारा हे, तुम भारतिय बर्दि वाला पुलिसको हातपात करहे हो और हमे हि धम्कि दे ते हो रु तुम वापस जाओ’ भन्दै पछाडी धकेले । उनले तिनिहरुलाई धकेलेपछि भने बल्ल नेपाली सेना र सशस्त्र प्रहरीका जवानपनि अगाडी आए र उनीहरुलाई गेटै सम्म पुर्याए । नेपालका सुरक्षाकर्मिहरुले भित्र जानका लागि अनुमति छैन भन्दै बल्ल बल्ल बाहिर निकालेका भारतिय सञ्चारकर्मिहरु एकै फोन कलमा भित्र पुगे । उनीहरुलाई लिन गेटमै उनीहरुका मान्छे आए । त्यतिबेला केहि नेपाली सञ्चारकर्मिहरुपनि भित्र प्रवेशका लागि गेटमै थिए । नेपाली सञ्चारकर्मिहरुले भित्र प्रवेश पाएनन् तर उनीहरुकै अगाडी भारतियहरु हेलिकोप्टरमा उडिहाले । उनीहरु काठमाण्डौ जान लागेको बताउँदै थिए । तर पोखरा विमानस्थलबाट हेलिकोप्टरहरु गोरखाका लागि उडिरहेका छन् । ‘या त उनीहरु गोरखा गएको हुन पर्यो नत्र गोरखामा राहत पुर्याएपछि त्यो हेलिकोप्टर काठमाण्डौ पुग्न पर्यो’ पोखरा विमानस्थलमा भेटिएका एक सञ्चारकर्मिको यस्तो अनुमान रहेको थियो । विशेषगरि गोरखामा राहत तथा उद्धारका लागि पोखरा विमानस्थलमा अहिले दुई ठूला सहित पाँचवटा भारतिय सेनाका हेलिकोप्टरहरुले राहत तथा उद्धारको काम गरिरहेका छन् । उद्धारका लागि भन्दै पोखरा विमानस्थलभित्र छिरेका उनीहरुको व्यवहारले पुरै विमानस्थलनै आफुहरुले कब्जा गरिसकेको जस्तो देखाउँछन् । नेपालमा महाशक्तिशालि भुकम्प गएपछि भारतले उदार मन देखाउँदै नेपाललाई आर्थिक तथा अन्य सहयोग गरेको छ । ‘नेपाल और भारतका विच रोटी बेटिका सम्बन्ध हे, बडे भाई होनेका नाता ए सहयोग बन्ते हे’ भन्दै भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीले सहयोगको बाढि नै बगाइदिए । तर यहाँ उद्धारका लागि आएकाहरुको आरचण तथा समाचार सम्प्रेशणका लागि आएका भारतिय सञ्चारमाध्यमहरुले सम्प्रेशण गरेका समाचार हर्दा उनीहरुको नियतमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । http://www.nepalreports.com/ne... - समाचार/तस्विर सौजन्य: विनोद लामिछानेबाट

cybernepali · May 2, 2015 11:23 PM · 1,559 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all