metta · May 1, 2015 6:20 PM · 1,527 views
जनता रोहिरहेका बेला सरकार बैठकमै मस्त प्रकाश ढकाल/उज्यालो । काठमाडौं, वैशाख १७ - शनिबार र आइतबार आएको भूकम्पबाट पीडित जनता उद्धार र राहतको पर्खाइमा चिच्याई रहेका छन् । विपद् आएको ६ दिन बितिसक्दा पनि एक तिहाई पीडितले पनि राहत पाएका छैनन् । जतातत्तै त्रिपालको हाहाकार छ । राजधानीभित्रै पनि सरकार पुग्न सकेको छैन । नागरिक पानी परेका बेला खुला आकाशमुनि बस्न बाध्य छन् । तर, सरकार भने बैठक बसेरै समय कटाइ रहेको छ । पीडित समक्ष छिटोभन्दा छिटो उद्धार तथा राहत पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्रीहरु आपसमा झगडा गरेर दिन कटाइ रहका छन् । उद्धार तथा राहतको घोषणा गर्न बिहीबार दिउँसो ३ बजे बसेको मन्त्रिपरिषद् बैठकले चार घण्टाभन्दा बढी बसेर विवादकै बीच केही निर्णय भने गरेको छ । पीडितलाई तत्काल आर्थिक राहत दिने कि नदिने भन्ने विवादमै मन्त्रीहरु चार पाँच घण्टा बैठक गरेर समय बिताइ रहेका छन् । घर भत्केका परिवारलाईसमेत तत्काल आर्थिक सहायता दिनु पर्नेमा अधिकांश मन्त्रीहरुले आवाज उठाए पनि अर्थमन्त्री रामशरण महतले असहमति जनाएपछि विवादमै बैठक लामो समय बसेको स्रोतले जनायो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा पनि राहत दिने विषयमा गृहमन्त्री वामदेव गौतम र महतबीच विवाद हुँदा विना निर्णय सकिएको थियो । बिहीबार पनि अर्थमन्त्री महत र अन्यमन्त्रीहरुबीच विवाद हुँदा बैठक लम्बिएको स्रोतले जनाएको हो । सरकारी ढिला सुस्ती र जुँगाको लडाईंका कारण राहत दिन आएका व्यक्ति तथा संस्था अलमलमा परिरहेका छन् । कहाँ कसरी सहयोग पु¥याउने भन्नेमै सरकारी निकायसँग प्रस्ट कार्य योजना छैन । स्रोतका अनुसार बिहानै मन्त्रिपरिषद् बैठकका लागि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह ८ बजे नै सिंहदरबारमा पुग्नुभएको थियो । तर, के निर्णय गर्ने भन्ने विषयमा कुरा मिल्न नसकेपछि १ बजेसम्म अनौपचारिक छलफलमै समय बिताउनुभएको थियो । http://ujyaaloonline.com/news/...
metta · May 1, 2015 6:22 PM
राहतका नाममा मुलुकको सार्वभौमसत्तामाथि विदेशी शक्तिहरूबाट खतरा पुगेको भन्दै त्यसबारे सचेत हुन प्रतिपक्षी नेताहरूले प्रधानमन्त्रीलाई सचेत गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको सर्वदलीय बैठकमा प्रतिपक्षी नेता पुष्पकमल दाहाल, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण'ले त्यस्तो खतरा मडारिन थालेको खबर आजको अन्नपूर्ण पोष्टमा चिरञ्जीवी ढुंगानाले खबर लेखेका छन्। बिजुक्छे र किरणले खासगरी भारतबाट उद्धारका नाममा त्यस्तो खतरा आएको किटान गरे भने दाहालले उद्धारका नाममा आएको सीमा सुरक्षा बलले नेपाल सरकारको नियन्त्रणबाहिर गई स्वतन्त्रपूर्वक काम गर्नू गम्भीर भएको आरोप लगाए। वैदेशिक सहयोगको प्राथमिकताका क्षेत्र तोकिनुपर्ने जिकिर दाहालले गरे। उनले भने, 'धेरैले सहयोग गर्ने भनेका छन्। हामीले केकस्तो सहयोग लिने वा सबै सहयोग लिने हो भन्ने निर्धारण गर्न जरुरी छ।' सत्तासीन एमाले अध्यक्ष केपी ओलीले पनि वैदेशिक राहत वितरणमा आशंका गर्दै सरकारको नियन्त्रणमा मात्र त्यस्तो राहत वितरण हुनुपर्ने बिहीबार सार्वजनिक कार्यक्रममा व्यक्त गरेका थिए। बैठकमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले महाभूकम्पमा राहत दिने नाममा भारतीय हस्तक्षेप बढेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरे। उनलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'अन्तर्राष्ट्रिय विमानस्थल र उत्तरी सीमालाई मात्र केन्द्रबिन्दु बनाउने भारतीय सेनाको रणनीति गलत छ। यसले चीनसँगको हाम्रो सम्बन्धमा समेत गम्भीर असर पर्न सक्छ।' नेमकिपा अध्यक्ष बिजुक्छे रोहितले एकजना भारतीय ब्रिगेडियरकी पत्नीले पाँच परिवारलाई आफैंले राहत दिन चाहेको र अन्यथा नेपालका लागि भारतीय राजदूतको फोन गराउने धम्की मन्त्रालयका सचिव र केही प्रमुख जिल्ला अधिकारीहरू दिनुको उद्देश्य के हो भन्ने प्रश्न गरेका थिए। उनले पटकपटक यस विषयमा सपष्ट गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। प्रधानमन्त्री कोइरालाले सबै दललाई भूकम्पपीडितको घरदैलोमा हातेमालो गर्दै जानुपर्ने बताएका थिए। प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'यो महाविपत्तिका समयमा पीडितका घरदैलोमा दलहरूको एकता, सहमति र सहकार्यको सन्देशका साथ पुगौं। हजारौं मृतक, घाइते र लाखौं घरबारविहीन भएको अवस्थामा दलीय स्वार्थमा सत्ता र विपक्षी नभएर 'राष्ट्र र जनता' मात्र हुनुपर्नेमा उनले जोड दिएका थिए। प्रधानमन्त्रीलाई अचानक लामो खोकी आएकाले उनले आफ्नो भनाइ छोट्ट्याएका थिए। प्रकाशित मिति: शनिबार, बैशाख १९, २०७२ ०५:११:०० http://setopati.com/chapa-bata...
metta · May 1, 2015 7:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion