निलो देश । एउटा घर्- छानो,भित्तो झ्याल्, ढोका पिढिं आगन इंटा माटो | एउटा मनिस- हाड छाला रगत मासु आमा बाउ दिदी बहिनी दाजु भाई | एउटा सम्बन्ध -- जन्म मृत्यु बिहे भोज काज कृया औंसी पुर्णे दशै तिहार सुख: दुख:| एउटा गाउँ- मठ मन्दिर चोक गल्ली बर पिपल तल्लो घर माथ्लो घर फलनो डिस्कानो खेत बारी अन्न पानी | एउटा देश- डाँडा काँढा तराई हिमाल खोला नाला ढुङ्गा माटो गाँउ शहर | घर भात्कियो, मानिस मरे, देश मर्यो | आज अर्को घर छ अर्को गाँउ छ निलो आकाश मुनी नीलो टेन्ट्भित्र त्यही मान्छे छ्न कोही मोरेका छन, कोही बाँचेका छ्न कोही मोरेर बाचेका छन, कोही बाँची बाँची मरीरहेका छन तर एउटा कुरा, सबै मिलेर एउटा अर्को देश बनाएका छन ------निलो देश !! हो...... त्यो खुला आकश मुनी आजकल एउटा निलो देश छ !!
jhaukiri · Apr 29, 2015 10:32 PM · 13,540 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion