काठमाडौं, वैशाख १६ - प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । बुधबार विभिन्न अस्पतालमा पुगेर घाइतेको अवस्था बुझ्दै उहाँले ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत दिने घोषणा गर्नुभएको हो । उहाँले शिक्षण अस्पताल महाराजगंज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र ट्रमा सेन्टरमा पुगेर घाइतेलाई भेट्नुभएको हो । उहाँले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण र उद्धार कार्यको बारेमा स्थलगत अवलोकन गरी जानकारी समेत लिनुभएको छ । उद्धारका लागि अझै केहि दिन लाग्ने सरकारले भूकम्प पीडितको उद्धारका लागि अझै केही दिन लाग्ने जनाएको छ । सिंहदरबारमा उद्धार तथा राहत वितरणमा भइरहको कामबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल उद्धारका लागि अझै केही दिन लाग्ने बताउनुभएको हो । उद्धारमा नेपाली सेना ६५ हजार, प्रहरी ३१ हजार र सशस्त्र प्रहरी १७ हजार परिचालन गरिएको सरकारको भनाइ छ । त्यस्तै, विभिन्न देशका उद्धारकर्ताले काम गरिरहेको छ । धेरै पाल माग भएपनि त्यसलाई पुर्याउन नसकिएको सरकारका प्रवक्ता रिजालले जानकारी दिनुभयो । भूकम्प प्रभावित १८ जिल्लामा ६ हजार घाइतेले उपचार गराइरहेको सरकारको दाबी छ । अहिलेसम्म ४१ वटा शव पहिचान हुन सकेको छैन । http://tajanewsonline.blogspot... Last edited: 29-Apr-15 12:37 PM
cybernepali · Apr 29, 2015 12:34 PM · 2,722 views
PM koirala happens to read "PM Koirala looks like an illiterate dumb ass!!!" post from sajha.com
satrianic · Apr 29, 2015 12:47 PM
@wonton 1 lack is about $1000 dollars so assuming 20000 lost their lives its $20 million, supposed they spent additional $30 dollar on human and resources also i am assuming they recived more than $100 million donation.....ani baki ko $50 million dollar 50 jana thula neta haru lai....equation is balanced...nth to worry abt. I would be glad even if 50% of the whole donation is utilized....corruption has no cure
satrianic · Apr 29, 2015 1:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion