उद्धारभन्दा प्रचार बढी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उद्धारभन्दा प्रचार बढी सरोजराज अधिकारी काठमाडौं, वैशाख १६ - भुकम्पपीडित नेपालीको खोज, उद्धार र राहतको लागि सबैभन्दा ठूलो उद्धार टोली पठाएको छ, दक्षिणी छिमेकी भारतले । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार भुकम्प गएको एक घण्टाभित्रै आपतकालीन बैठक राखेर तत्काल उद्धारका लागि ४ वटा नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) टोली नेपाल पठाउने निर्णय गरेका थिए । त्यसयता मंगलबारसम्म हेलिकप्टर, आवश्यक सामाग्रीसहित एक हजारभन्दा बढीको संख्यामा भारतीय उद्धारकर्ता नेपाल आइसकेका छन् । तर जुन रुपमा खोजी तथा उद्धार हुनुपर्ने हो, त्यो हुन नसेको नेपाली सैनिक स्रोतले बतायो । भारतीय टोलीले जुन परिमाणमा उद्धार कार्य गरेको छ, त्योभन्दा बढी प्रचारबाजी गरेकोमा नेपाली पक्ष पनि असन्तुष्ट बनेको छ । उच्च सैनिक स्रोतका अनुसार दुई साताअघि सगरमाथा आरोहणमा आएका आफ्नो ३९ जनाको सैन्य टोलीको उद्धारका लागि पनि भारतीय पक्षको चासो चुलिएको हो । त्यसैले उसले ठूलो संख्यामा फौज तथा ६ वटा एमआई–१७ हेलिकप्टर तत्कालै पठायो । यसअघि नेपाली सेनासंग सयुक्त रुपमा सगरमाथा आरोहण गर्थे भारतीय सैनिकले, यसपटक उनीहरु ‘नागरिक’ को हैसियतमा आरोहणका लागि आएका थिए । तीमध्ये कतिपय सम्पर्कबाहिर रहेकाले उद्धारका लागि आएको ६ मध्ये ३ हेलिकप्टर उनीहरुकै खोजीमा सगरमाथा आधार शिविरतर्फ उडाइएको छ। भारतीय पक्ष सगरमाथा आहोरणमा गएका आफ्ना सैनिकबारे खासै बोल्न चाहेन । के आरोहणमा गएका सैनिक सम्पर्कविहीन रहेका हुन् भनेर पटकपटक जिज्ञासा राखेपछि नेपालस्थित दूतावासका प्रवक्ता अभय कुमारले छोटो प्रतिक्रिया दिादै भने, ‘जानकारी गराईएअनुसार उनीहरु सुरक्षित छन् ।’ आफ्ना सैनिकको उद्धारमा बढी ध्यान केन्द्रित गर्दा भारतीय टोलीले आफ्नो क्षमता र बन्दोबस्तीअनुरुप अपेक्षाकृत काम गर्न नसकेको नेपाली पक्षको बुझाई छ ।   भुकम्पपीडितको उद्धारका क्रममा पनि भारतीय सेनाले आफ्ना सन्चारमाध्यमका प्रतिनिधि बढी बोक्दा क्षमताअनुसार प्रभावकारी रुपमा काम गर्न सकेको छैन । भुकम्पको समाचार संकलनका लागि विभिन्न भारतीय सन्चारमाध्यमबाट करिव डेढ सय सन्चारकर्मी काठमाडौं आएका छन् । उनीहरु भारतीय हेलिकप्टर चढेर विभिन्न जिल्लामा पुगी प्रत्यक्ष प्रशारण गर्ने, फुटेज र समाचार संकलन गर्ने गरिरहेका छन् । स्रोतका अनुसार प्रत्येक हेलिकप्टरमा ६/७ जनासम्म भारतीय सन्चारकर्मी समाचार संकलनका लागि उड्ने गरेका छन् । ‘बोकेर लगेका सन्चारकर्मीलाई समाचार संकलनका लागि केही समय दिनुपर्ने हुादा उडान संख्या नै कम हुने गरेको छ,’ स्रोतले भन्यो, ‘अर्कोतर्फ आधा जति सिट सन्चारकर्मीले ओगट्ने भएकाले कम संख्यामा मात्र घाइतेको उद्धार भइरहेको छ ।’  त्यहीकारण नेपाली सेनाले ४ वटा हेलिकप्टरबाट सोमबार ६५६ जनाको उद्धार गर्दा भारतीय सेनाको ३ हेलिकप्टरले जम्मा ११८ जनाको मात्र उद्धार गर्योर । मंगलबार पनि भारतीय सेनाको हेलिकप्टरले ३२ जनाको मात्र उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ । कति संख्यामा भारतीय सैनिक आए भन्ने तथ्यांक पनि सरकारसंग छैन । अन्तर्राष्ट्रिय विमानस्थलस्रोतका अनुसार हवाई मार्गबाट मात्रै एक हजारभन्दा बढी भारतीय सैनिक काठमाडौं ओर्लिएका छन् । सडकमार्गबाट पनि ५ वटा ट्रक र ४ वटा बोलेरो जिपमा करिव सय जना भारतीय सैनिक भित्रिएका छन् । ‘कति जना,कसरी आयौ भनेर उनीहरुलाई कसले सोध्ने ?’ एक सुरक्षा अधिकृतले भने । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले भने ६५० को संख्यामा मात्र भारतीय सैनिक आएको तथ्यांक आफूहरुसंग रहेको बताए । विमानस्थल सुरक्षास्रोतले त त्योभन्दा धेरै आएको बताएको छ त भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘कुनै टोलीलाई प्रतिस्थापन गर्न आएको हो कि ?’ विमानस्थल सुरक्षास्रोतका अनुसार भारतीय सेनाको विशेष विमानले शनिबारबाटै हरेक दिन ४ वटा उडान भर्ने गरेको छ । ती विमानले उताबाट आउादा सन्चारकर्मी र यताबाट फर्किदा नेपालस्थित भारतीय नागरिकलाई लाने गरेको छ । भारतीय सन्चारमाध्यमले नेपालको भुकम्पबारे व्यापक कभरज गरिरहेका छन् । ती कभरेजमा भारतले मात्र खोजी, उद्धार र राहतको सबै जिम्मेवारी बहन गरेको प्रस्तुति दिने गरिएको छ । ‘नेपालके दर्दमे भारत बना हमदर्द’ जस्ता विशेष कार्यक्रम तथा समाचार सामाग्री बनाइने गरेको छ ।   यता भुकम्पको चौथो दिन मंगलबारसम्म भारतका साथै चीन, पाकिस्तान, इजरायल, टर्की, नेदरल्याण्ड, श्रीलंका, रुस, बंगलादेश, स्पेन, पोल्याण्ड, सिंगापुर, थाइल्याण्ड, अमेरिका, जापान, मलेसिया, कतारसहितका २० भन्दा बढी मुलुकबाट ४ हजारभन्दा बढी उद्धारकर्ता र राहत सामाग्री आएका छन । तर उचित समन्वय र प्रभावकारी परिचालन हुन सकेको छैन । कतिपय टोली उपत्यका र आसपासमात्र सीमित छन् । त्यसैले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, गोरखा, धादिङ, रसुवा, दोलखाका विकट बस्तीमा उद्धार टोली र राहत सामाग्री पुग्न सकेको छैन । प्रहरी उच्चस्रोतका अनुसार आन्तरिक समन्वय पनि ठोस् रुपमा हुन सकेको छैन । विदेशी सम्मिलित उद्धार टोलीलाई सघाउन जाादा सेनाले फकाईदिने गरेको प्रहरी र सशस्त्र प्रहरीको गुनासो छ । तर सैनिक प्रवक्ता पोखरेलले भने प्रक्रियाका कारण सुरुमा विदेशी उद्धारकर्तासंगको समन्वयमा केही समस्या देखिए पनि हाल त्यो पूर्णरुपमा समाधान भएको बताए । आन्तरिक समन्वयको हकमा उनले भने, ‘स्थानीय तहमा बुझाईको फरकले एकाध स्थानमा केही समस्या देखिएको होला, अधिकांश स्थानमा त्यस्तो छैन ।’    प्रकाशित मिति: २०७२ वैशाख १६ ०९:२६ 

_____ · Apr 29, 2015 5:07 AM · 1,151 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all